इन्डिजिनियस भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहमा ‘नो’ पक्षलाई अस्ट्रेलियाको भोट

अस्ट्रेलियामा दुई दशकभन्दा बढी समयपछि भएको पहिलो जनमत सङ्ग्रहमा ‘भोइस टु पार्लियामेन्ट’ प्रस्ताव पराजित भएको छ।

VOICE REFERENDUM COUNTING

AEC staff count the ballots at a counting centre in Melbourne on Saturday, 14 October, 2023. Source: AAP / CON CHRONIS/AAPIMAGE

मुख्य बुँदाहरू:

  • इन्डिजिनियस भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहमा ‘येस‘ पक्ष हारेको छ।
  • छ वटा राज्य र नर्दर्न टेरिट्रीले ‘नो’ पक्षमा भोट गरे, भने केवल एसीटीले मात्र ‘येस’ पक्षलाई भोट गर्‍यो।
  • प्रधानमन्त्री एन्थोनी आल्बनिजीले अस्ट्रेलियनहरूलाई एकजुट रहन आग्रह गरेका छन्।

आदिवासीहरूको आवाजलाई संसद्मा समावेश गर्ने एक संविधान परिवर्तनको प्रस्तावलाई अस्ट्रेलियन मतदाताहरूले अस्वीकार गरेका छन्।

शनिवार, १४ अक्टोबरमा भएको ऐतिहासिक जनमत सङ्ग्रहमा सबै छ वटा राज्य र नर्दर्न टेरिट्रीमा ‘नो’ पक्ष बहुमतमा परेको थियो

योसँगै समग्र राष्ट्रिय मतगणनामा पनि ‘नो’ पक्षले अग्रता लिएको छ।

‘येस’ पक्षमा भोट रेकर्ड गर्ने एसीटी देशको एक मात्र अधिकार क्षेत्र भएको छ।

नतिजाबाट निराश बनेका प्रधानमन्त्री एन्थोनी आल्बनिजीले देशवासीलाई आग्रह गर्दै भने कि जनमत सङ्ग्रहको परिणामले “हामीलाई परिभाषित गर्दैन, र यसले हामीमा विभाजन ल्याउँदैन।”

“अब हामी सबै एकै जुट भएर मेलमिलापको बाटोमा कसरी अगाडी बढ्ने भन्ने कुरा हामी आफैँमा निर्भर छ।”

PM Anthony Albanese .jpg
Australian Prime Minister Anthony Albanese delivers a statement on the outcome of the Voice Referendum at Parliament House.

विपक्षी नेता पिटर डटनले भने जनमत सङ्ग्रहलाई अस्ट्रेलियाको लागि एक अनावश्यक अभ्यास बताउँदै देशवासीलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

“प्रस्ताव र प्रक्रिया अस्ट्रेलियनहरूलाई एकताबद्ध गर्ने किसिमले बनेको हुनुपर्थ्यो, हामीलाई विभाजित गर्ने किसिमले होइन,” उनले भने।

PETER DUTTON VOICE REFERENDUM ADDRESS
Opposition Leader Peter Dutton and Shadow Minister for Indigenous Australians Senator Jacinta Price address the media following the referendum. Source: AAP / JONO SEARLE/AAPIMAGE

यता केही आदिवासी अस्ट्रेलियनहरू मतदानको नतिजा पछि ‘मौन सप्ताह’मा छन् भने अन्य चाहिँ अब के हुन्छ भनेर हेरिरहेका छन्।

आदिवासी अस्ट्रेलियन मन्त्री र येस पक्षकी एक प्रमुख अभियन्ता लिन्डा बर्नीले मतदानपछि आदिवासी नेताहरूको नयाँ पुस्ता देखा पर्नेमा आफू विश्वस्त रहेको बताइन्।

‘नो’ पक्षका प्रबुद्ध अभियानकर्ता न्युङगाई वारेन मन्डिनका अनुसार जनमत सङ्ग्रहको नतिजाले अस्ट्रेलियनहरू आदिवासी समुदायले सामना गर्नुपरिरहेका समस्याहरू समाधान गर्न कदम चाल्न बढी इच्छित देखाएको बताउँछन्।

“मानिसहरूले केही आदिवासी समुदायहरूमा हुने हिंसा, दुर्व्यवहार, जबरजस्ती नियन्त्रण र विनाशकारी व्यवहारहरू बारे आँखा चिम्लिन बन्द गर्नुपर्छ,” उनले भने।

एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्।

नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट  ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।


Share

2 min read

Published

Updated

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now