SKIP TO MAIN CONTENT

इरानको जेलमा बन्दी बनाइएका अस्ट्रेलियाली ब्लगर जोडी रिहा

जासुसी गरेको आरोपमा इरानको कारागारमा बन्दी बनाइएका अस्ट्रेलियाली जोडी जोली किङ्ग र मार्क फर्किनलाई रिहा गरिएको छ।

Jolie King and Mark Firkin were released from an Iranian prison and have returned to Australia.
Jolie King and Mark Firkin were released from an Iranian prison and have returned to Australia. Source: Facebook

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

इरानको तेहरानमा अवस्थित कुख्यात एभिन कारागारमा जासुसी गरेको आरोपमा बन्दी बनाइएका उक्त अस्ट्रेलियाली जोडीलाई शनिवार मुक्त गरिएको विदेश मन्त्री मारिस पाइन् ले बताएकी छन्।

उक्त कारागार राजनीतिक बन्दीहरूमाथि गरिने व्यवहारलाई लिएर निकै कुख्यात रहेको छ।

मन्त्री पाइन् ले रिहा गरिएका जोडी स्वस्थ र मानसिक रूपमा पनि राम्रो अवस्थामा रहेको बताएकी छन्।

दुई ब्रिटिस पृष्ठभूमिका अस्ट्रेलियाली महिला र एक अस्ट्रेलियाली पुरुषलाई इरानमा बन्दी बनाइएकोमा दुई जना भने रिहा भएका हुन्।

Travel bloggers Jolie King and Mark Firkin.
Travel bloggers Jolie King and Mark Firkin. Source: Instagram

जोली किङ्ग र मार्क फर्किन नाम गरेका ब्लगर जोडी विश्व भ्रमण गर्ने उद्देश्यका साथ २०१७ मा पर्थबाट हिँडेका थिए।

विभिन्न स्थानमा गरेको भ्रमण सम्बन्धी ब्लग सञ्चालन गर्ने सो जोडीका साथ एक विश्वविद्यालयकी शिक्षकलाई इरान सरकारले बन्दी बनाएको थियो।

जोली  र मार्कले भ्रमण सम्बन्धी भिडियो बनाउने क्रममा इरानमा कानुन बाहिर रहेर ड्रोन प्रयोग गरेको हुन सक्ने एक पर्सिएन भाषाको मनोटो टेलिभिजनको दाबी रहेको थियो।

इरानमा ड्रोन प्रयोग गर्न उपयुक्त अनुमति पत्र लिनु पर्ने कानुन रहेको छ।

तर बन्दी बनाइएको विश्वविद्यालयको प्राध्यापक भनिएकी तेस्रो व्यक्ति भने अझै पनि हिरासतमा नै रहेकी छन्।

मेलबर्न विश्वविद्यालय अध्यापन गराउँदै आएकी काएली मूर् -गिल्बर्टलाई २०१८ को अक्टोबरदेखि जासुसीको आरोपमा पक्राउ गरिएको थियो।

Dr Kylie Moore-Gilbert remains behind bars in Iran.
Australian Kylie Moore-Gilbert remains behind bars in Iran. Source: Supplied

विदेश मन्त्री मारिस पाइन् ले उनलाई १० वर्षको कारावास सजाय सुनाइएकाले यो मुद्दा भने 'धेरै जटिल' भएको बताएकी छन्।

पक्राउ परेका तिनजना अस्ट्रेलियाली नागरिक भएको खुलेपछि अस्ट्रेलियाली सरकारले लगातार इरान सँग उनीहरूको रिहाइको लागी कूटनीतिक पहल सुरु गरेको थियो।

मन्त्री पाइन् ले काएलीलाई छुटाउन पनि इरानी सरकारसँग लगातार वार्ता भइरहेको बताएकी छन्।

marise payne_ Jolie King and Mark Firkin_ Australian couple have been released from Iranian prison_
Foreign Minister Marise Payne confirmed the Australian couple have been released from Iranian prison. Source: SBS

"हामीले इरानी सरकारसँगको छलफललाई निरन्तरता दिने छौँ, उनी माथि जुन मुद्दा लगाएर दोषी ठहर गरिएको छ त्यो हामीलाई स्वीकार्य छैन र हामी उनलाई अस्ट्रेलिया फिर्ता ल्याउन प्रयास गरी रहने छौँ।"

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now