SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका महान् क्रिकेट खेलाडी एन्ड्रु साइमन्ड्सको कार दुर्घटनामा मृत्यु

अस्ट्रेलियाका महान् क्रिकेट खेलाडी एन्ड्रु साइमन्ड्सको ४६ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ।

Tributes for Symonds have been flowing in from the global cricket community.
Cricket world is mourning the loss of former Australian cricketer Andrew Symonds and Tributes have been flowing in from the global cricket community. Source: cricket Australia

1 min read

Published

By SBS Nepali

Source: SBS



Skip to article content

क्वीन्सल्याण्ड प्रहरीका अनुसार साइमन्ड्स सवार रहेको कार शनिवार मे १४ मा टाउन्सभिल बन्द बाहिर राति १०:३० बजे तिर दुर्घटनाग्रस्त भएको हो। 

 

उनी एलिस रिभर ब्रिज नजिकै हर्वी रेन्ज रोडमा  कार चलाइरहेको समयमा कार सडकबाट बाहिरिएर पल्टिएको विश्वास गरिएको छ। 

 

दुर्घटना स्थलमा पारामेडीक्स्हरू पुगे पनि उनलाई बचाउन सकिएको थिएन। 

 

साइमन्ड्सले अस्ट्रेलियाका लागी २६ टेस्ट क्रिकेट खेलेका छन्।  

 

त्यस्तै सन् २०१२ मा खेलबाट अवकाश लिनु पूर्व १९८ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र १४ ट्वेन्टी ट्वेन्टी खेलिसकेका छन्। 

 

यो वर्ष एक्कासि मृत्यु हुने महान् अस्ट्रेलियाली क्रिकेट खेलाडीहरू उनी तेस्रो बनेका छन्। यस अघि  मार्च महिनामा शेन वार्न र रड मार्शको मृत्यु भएको थियो। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now