अस्ट्रेलियाका वयस्क उमेरका युवति र महिलाहरू संसारमै सबैभन्दा बढी अनलाइन दुर्व्यवहार सिकार हुने एक अध्ययनले देखाएको छ । यी मध्ये २० प्रतिशतलाई आफ्नो शारीरिक सुरक्षा प्रति चासो र डर पैदा गराएको छ । महामारीको समयमा यस्ता घटनामा झनै वृद्धि भइरहेको अस्ट्रेलियाका इन्टर नेट सुरक्षा विदहरुले बताएका छन्।
२१ बर्सिया मधुरा प्रकाश आफ्नो फुर्सदको अधिक समय अनलाइनमा बिताउँछिन् । फुर्सदको समय सोसियल मिडिया फेसबुक टुइटर, इन्सटाग्राम र टिकटक चलाएर बिताउने उनको बानी छ । तर यसरी अनलाइनमा बस्दा आफू सुरक्षित भएको महसुस भने गर्दिनन् ।
अश्लील भाषा प्रयोग गर्ने वा अश्लील सामाग्री पठाउने जस्ता साइबर अपराध दिन दिनै जस्तो भइरहेका छन्
तर यो कुरा उनका लागि मात्रै दुर्लभ भने होइन । प्लान इन्टरनेशनलले गरेको एक अध्ययनले २२ राष्ट्रका करिब ५८ प्रतिशत वयस्क उमेर समूहका युवति र महिलाहरू अनलाइन दुर्व्यवहारको सिकार भएको देखाउछ । तर अस्ट्रेलियामा चाही सबैभन्दा बढी अर्थात् ६५ प्रतिशत १२ देखि १६ वर्ष उमेर समूहका किशोरीहरू यसको सिकार भएको देखिन्छ ।

सुजेन लेगइना अस्ट्रेलिया स्थित प्लान इन्टरनेशनल कि प्रमुख हुन् । उनी पछिल्लो समय आएको विश्वव्यापी सर्वेक्षणका नतिजाबाट स्तब्ध छिन् ।
उनी भन्छिन् “अश्लील भाषा प्रयोग गर्ने वा अश्लील सामाग्री पठाउने जस्ता साइबर अपराध दिन दिनै जस्तो भइरहेका छन् ”
अनलाइन प्लाटफर्महरुमा सुव्यवस्थित रिपोर्टिङ प्रणाली हुन जरुरी छ जसले अनलाई उत्पीडन बारे कार्य गर्दछ र तुरुन्तै गर्दछ ।
सर्वेक्षणमा भाग लिएका २० प्रतिशत युवतिहरूले आफ्नो शारीरिक सुरक्षा प्रति पनि चासो र डर व्यक्त गरेका छन् । अस्ट्रेलियाको इन्टरनेट सेफ्टी कमिसनर जुली इन्मान ग्रान्ट लिङ्ग लक्षित अनलाइन दुरुपयोग र अपराधमा व्यापक वृद्धि भएको देख्छिन् ।
“फ्री टु बि अनालाईन ” नामक संस्थाले गरेको सर्वेक्षणमा सहभागी आधा भन्दा बढी सहभागीहरूले सोसल मिडिया कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको सुरक्षाका निम्ति अझ बढी पहल गर्नु पर्ने धारणा राखेका छन् ।
सिड्नीमा कार्यरत एक युवा अभियन्ता एन्जेलिका ओजिनआका केवल आफूलाई सुरक्षित राख्न महिलाहरू अफलाइन जानु पर्ने आशा राख्नु उपयुक्त नहुने धारणा राख्छिन् ।

उनी भन्छिन् “त्यस्ता अनलाइन प्लाटफर्महरुमा सुव्यवस्थित रिपोर्टिङ प्रणाली हुन जरुरी छ जसले अनलाई उत्पीडन बारे कार्य गर्दछ र तुरुन्तै गर्दछ ।”
प्लान इन्टरनेशनले विश्वव्यापीहरूमा अनलाइन याचिका सुरु गरेको छ जसले फेसबुक टुईटर,इन्सटाग्राम र टिकटक जस्ता अनलाई माध्यमलाई खुला पत्र सहित यस विषयमा छिटो र व्यवहारिक कारबाहीका लागि अनुरोध गर्नेछ । जसको परिणाम यस्ता आवाजहरूको सुनुवाइ हुने विश्वास गरेको छ ।
