विदेशमा रहेका अस्ट्रेलियालीहरूलाई 'सकेसम्म चाँडो' घर फर्कन सरकारको सल्लाह

अस्ट्रेलियाको परराष्ट्र मन्त्रालयले विदेशमा रहेका र घर फर्किन चाहने अस्ट्रेलियालीहरूलाई त्यस बारे तत्काल कदम चाल्न सुझाव दिएको छ।

Qantas self-serve check-in kiosks are seen at Sydney International Airport, in Sydney, Tuesday, March 17, 2020

Qantas self-serve check-in kiosks are seen at Sydney International Airport, in Sydney, Tuesday, March 17, 2020 Source: AAP

संसारभरका देशहरूले आ-आफ्ना सिमाना बन्द गरेर कोरोनाभाइरसको फैलावट माथि अङ्कुश लगाउन खोजिरहेको सन्दर्भमा अस्ट्रेलियाली परराष्ट्र मन्त्रालय (डिफ्याट)को उक्त भनाइ आएको हो।

डिफ्याटद्वारा मङ्गलवार राती जारी गरिएको यात्रा सम्बन्धी एक पछिल्लो सूचना अनुसार विश्वभरका अन्तर्राष्ट्रिय सिमानाहरू बन्द हुने क्रम चलिरहँदा अस्ट्रेलियालीहरू अलपत्र पर्न सक्ने बारे सचेत गराउँदै घर फर्किने चाँजोपाँजो सकेसम्म चाँडो मिलाउन सुझाव दिइएको छ।

Herd Immunity makes it hard for infectious disease to spread
Herd Immunity makes it hard for infectious disease to spread Source: AAP

"अब हामी सबै अस्ट्रेलियालीहरूलाई यस समयमा, विदेश यात्रा गर्नु पर्ने तपाईँको आवश्यकतामाथि पुनर्विचार गर्न सल्लाह दिन्छौँ", उक्त नयाँ सूचनामा भनिएको छ।

“यदि तपाईँ पहिले नै विदेशमा हुनुहुन्छ र अस्ट्रेलिया फर्कन चाहनुहुन्छ भने, हामी तपाईँलाई व्यावसायिक माध्यमबाट सकेसम्म चाँडो त्यसो गर्न सिफारिस गर्दछौँ।”

“जति धेरै देशहरूले आफ्नो सीमा बन्द वा यात्रामा प्रतिबन्ध लागू गर्छन्, विदेशी यात्रा त्यति नै बढी जटिल एवम् गाह्रो हुँदै गइरहेको छ। तपाईंले योजना बनाउनु भएको समयमा तपाईँ अस्ट्रेलिया फर्कन नमिल्ने पनि हुन सक्छ।”

मानिसहरू कोभिड-१९ बाट सङ्क्रमित हुने प्रबल सम्भावना तथा विश्वव्यापी रूपमै यात्रा अप्रत्याशित हुने डरका बिच उक्त अद्यावधिक सल्लाह जारी गरिएको हो।

"एयरपोर्टहरूमा भिडभाड हुँदा र आफ्नो यात्राको लामो अवधिमा तपाईँ सामान्य अवस्थामा भन्दा धेरै व्यक्तिहरूसँगको सम्पर्कमा आउन सक्नुहुन्छ ," डिफ्याटले अगाडी भनेको छ।

विदेशबाट अस्ट्रेलिया आउने सबै व्यक्तिहरूले १४ दिनको लागि अनिवार्य रूपमा अलग्गै वा सेल्फ आइसोलेसनमा बस्नुपर्ने प्रावधान हाल कायम छ।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Share

2 min read

Published

Updated

By Evan Young




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now