अस्ट्रेलियामा फेब्रुअरीदेखि कोभिड-१९ खोप वितरण सुरु, पर्थका एक बिरामीमा भाइरसको परिवर्तित रूप

चिकित्सा विज्ञ एवं नियामक संस्थाहरूको सुझाव पछि अब अस्ट्रेलियालीहरूले कोरोना भाइरसको पहिलो खोप आउँदो फेब्रुअरी महिनामा पाउने भएका छन्। बेलायतमा उत्पत्ति भएको कोभिड-१९ को परिवर्तित रूप, वेस्टर्न अस्ट्रेलियाका एक कोरोना भाइरस सङ्क्रमितमा फेला परेको छ, तर समुदायमा भने कुनै जोखिम नरहेको वेस्टर्न अस्ट्रेलियाली सरकारले बताएको छ।

Picture shows illustration for the coronavirus vaccine

A Covid-19 vaccine being developed by Pfizer and Germanys BioNTech has been found to be more than 90 per cent effective Source: Igor Kralj/PIXSELL/AAP

अस्ट्रेलियामा कोरोना भाइरसको खोप फेब्रुअरी महिनाको मध्य या अन्त्य तिर वितरण गरिने प्रधान मन्त्री स्कट मोरिसनले आज बिहीबार घोषणा गरेका छन्। 

अस्ट्रेलियाको थेराप्युटिक गुड्स एडमिनीस्ट्रेसनले यही जनवरी महिनाको मध्य सम्ममा खोप कम्पनी फाइजरबाट आवश्यक जानकारी पाउने र जनवरीको अन्त्य सम्ममा खोपको अनुमति प्रदान गरिने अनुमान रहेको मोरिसनले बताए।
Amharic News 07 January 2021
Prime Minister Scott Morrison speaks to the media during a press conference at Parliament House in Canberra. Source: AAP

'अरू सामान्य भ्याक्सिन अनुमति प्रक्रिया भन्दा यो छिटो अघि सरिरहेको छ - र कुनै चरणको पनि उल्लङ्घन गरिएको छैन।', उनले क्यानबेरामा रिपोर्टरहरू सँग कुरा गर्दै बताए।  

अर्को खोप एस्ट्राजेनेकालाई अनुमति दिने प्रक्रिया आउँदो फेब्रुअरीमा सम्पन्न हुने तोकिएको छ। 

फाइजर कम्पनीको नियम अनुसार खोपका लागि स्वीकृति दिइए पछि वितरण सुरु गर्न दुई हप्ता लाग्ने छ।

फाइजरको भ्याक्सिनलाई माइनस -७० डिग्री सेल्सियसमा भण्डारण गर्नु पर्ने भएर, त्यस सन्दर्भमा वितरणको क्रममा केही समस्याहरू आउन सक्ने प्रधान मन्त्री मोरिसनले अनुमान गरेका छन्।
भ्याक्सिन अस्ट्रेलियामा ल्याइए पछि, त्यसको डोजहरूको ब्याच परीक्षण गर्नका लागि एक हप्ता जति लाग्ने छ। 

फाइजर भ्याक्सिन एक पटक लगाए पछि त्यसको केही हप्तामा या एक महिना भित्र दोस्रो डोज लगाउनु पर्ने हुन्छ। 

सबै भन्दा पहिले, तोकिएका अस्पतालहरूको मार्फत यी वर्गहरूलाई खोप दिइने छ - क्वारेन्टिन क्षेत्र र सीमा क्षेत्रका कर्मचारीहरू, अग्र मोर्चामा कार्यरत स्वास्थ्य अधिकारीहरू, वृद्ध हेरचाह केन्द्र तथा अशक्त केन्द्रका कर्मचारीहरू र वृद्ध हेरचाह केन्द्रका निवासीहरू। 

एक हप्ताको अवधिमा ८०,००० जनालाई फाइजरको खोप दिइने योजना रहेको मोरिसनले बताए। र यही प्रक्रियालाई ४ देखि ६ हप्ताको समय भर अघि सार्दै, मार्च महिनाको अन्त्य सम्म ४० लाख जनालाई भ्याक्सिन दिई सक्ने योजना रहेको छ।

पर्थमा एक व्यक्तिमा कोभिड-१९ को परिवर्तित रूप फेला पर्‍यो

बेलायतमा उत्पत्ति भएको कोभिड-१९ को परिवर्तित रूप, वेस्टर्न अस्ट्रेलियाका एक कोरोना भाइरस सङ्क्रमितमा फेला परेको एबीसी न्युजले बताएको छ। 

उक्त ८० वर्षीय महिला वेस्टर्न अस्ट्रेलियामा जनवरी २ तारिखमा आएको थिइन्, र उनलाई मङ्गलबार होटेल क्वारेन्टिनबाट उपचारका लागि रोयल पर्थ अस्पतालमा सारिएको थियो।
WA Premier Mark McGowan
Western Australia Premier Mark McGowan speaks to the media during a press conference in Perth, Friday, May 1, 2020. (AAP Image/Richard Wainwright) NO ARCHIVING Source: AAP

त्यस क्रममा विमानस्थलका एक कर्मचारी, एक नर्स, र एक एम्बुलेन्स चालकले पीपीई प्रोटोकल अर्थात् कोभिड-१९ सुरक्षित नियमलाई तोडेको बताइएको छ। 

ती उल्लङ्घन भएका नियमहरूको बारेमा सम्पूर्ण अनुसन्धान गरिन वेस्टर्न अस्ट्रेलियाको सरकारले माग गरेको छ, र साथसाथै यसका कारण सर्वसाधारणमा भने कुनै जोखिम नरहेको बताइएको छ। 

नियमको पालना नगरेका ती नर्स र एम्बुलेन्स चालक होटेल क्वारेन्टिनमा जानु अघि कुनै व्यक्तिको नजिकी सम्पर्कमा नआएको हुनाले उनीहरूबाट सङ्क्रमण फैलन सक्ने सम्भावना कम भएको राज्यको स्वास्थ्यको विभागले बताएको छ।
ती कर्मचारीहरूमा सङ्क्रमण भए तापनि भाइरस शरीर आएको पहिलो दिनमा नसर्ने, र उनीहरू त्यस समय अवधि भित्र क्वारेन्टिनमा गइसकेको बताइएको छ। 

उल्लिखित विमान स्थल कर्मचारीमा भने कोभिड-१९ सङ्क्रमण नरहेको बताइएको छ। 

यस घटनाप्रति आफ्नो निराश व्यक्त गर्दै अग्र मोर्चामा काम गर्ने कर्मचारीहरूलाई सबै नियमहरूको पालना गरी उच्च सतर्कताका साथ रहन वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क म्याकगोवेनले आग्रह गरेका छन्। 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जानकार रहनुहोस् र सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्वीनस्ल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।
कोरोना भाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमै बसी सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
समाचार र जानकारीहरू sbs.com.au/coronavirus मा ६३ वटा भाषाहरूमा उपलब्ध छन्।


Share

Published

By SBS Nepali
Source: AAP, SBS, ABC Australia

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
अस्ट्रेलियामा फेब्रुअरीदेखि कोभिड-१९ खोप वितरण सुरु, पर्थका एक बिरामीमा भाइरसको परिवर्तित रूप | SBS Nepali