SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा कोरोनाका थप चार सङ्क्रमण, हटस्पट छेउका नेपाली भन्छन् हामी “सतर्क” छौ

न्यु साउथ वेल्समा बितेको २४ घण्टामा कोरोना सङ्क्रमणका ४ नयाँ मामला थपिएका छन् । बेरेलाको पछिल्लो सङ्क्रमण सँग जोडिएका दुई नयाँ मामला फेला परेका छन् ।

Acting Premier John Barilaro addresses the media in Sydney on Monday, 4 January, 2021.
Source: AAP

3 min read

Published

Updated

By SBS Nepali

Source: SBS News



Skip to article content

पछिल्लो समय सिड्नीको बेरेला सँग जोडिएर कोरोनाका मामला बढ्दै जाँदा  आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले पनि आफूलाई “उच्च सतर्कता” मा राखेको बताएका छन् ।

न्यु साउथ वेल्स राज्यमा बुधवार ४ नयाँ सामुदायिक सङ्क्रमणका मामला फेला परेका हुन् । विदेशबाट फर्किएर होटेल क्वरीनटीनमा रहेका अन्य एक व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नयाँ भेटिएका मामला मध्ये एक एभेलोन प्रकोप सँग जोडिएको र अन्य दुई भने बेरेलाको पछिल्लो सङ्क्रमण सँग जोडिएको बताइएको छ ।

बेरेलाको प्रकोप सँग जोडिएका थप मामला  सार्वजनिक हुँदै जाँदा अर्बन ,लिडकम नर्थ,रिजेन्टस् पार्क र रुकवुड क्षेत्रका मानिसहरूलाई राज्य सरकारले सर्तक भएर  बस्न र आफूमा लक्षण देखिए जाँच गराउन आग्रह  गरिरहेको समयमा नेपाली समुदायका सदस्यहरूले थप सर्तकता अपनाएको बताएका छन् ।

अर्बनमा क्याटमाण्डु मिक्स्ड बिजनेस नामको ग्रोसरी पसल सञ्चालन गरिरहेका अरुण भण्डारीले सामाजिक दुरीलाई मुख्य प्राथमिकतामा राखेर व्यापार सञ्चालन गरिरहेको बताउँछन् ।

“समाजीक दुरीका साथमा,निःशुल्क फेस मास्क र स्यानिटाइजरको व्यवस्था गरेका छौ ।” उनले भने ।

विशेष गरी साझको समय र सप्ताहन्नका बेला ग्राहकको सङ्ख्या अधिक हुने भएकाले यस्तो बेला अझ बढी सजक हुने गरेको उनले बताए ।

“अलि भिड भएका बेला,सीमित मानिसहरूलाई मात्र पसल भित्र छिर्न दिने नियम बनाएका छौ, ग्राहकले पनि सामाजिक दुरीको पालना गरी सहयोग गरिदिनु भएको छ । ” उनले भने ।

अर्वनमै बस्ने अर्का नेपाली लक्ष्मण बस्नेत पछिल्लो समय बेरेलामा बढेको सङ्क्रमण पछि थप सतर्कता अपनाउन थालेको बताउँछन् । 

“अस्ट्रेलियामा कोरोना सुरु हुँदा जस्तो सतर्कता अपनाइएको थियो अहिले त्यसै गरी आफूलाई सुरक्षित राख्न कोसिस गदैछौ, कोरोनाको दोस्रो लहर आएको जस्तै अनुभव भइरहेको छ । ” उनले भने ।

“दिन चर्यामा परिवर्तन आएको छ, सामाजिक जीवनलाई कम गरेका छौ, आवश्यक परे मात्र घर बाहिर जाने र बाहिर जाँदा मास्क अनिवार्य लगाउने गरेका छौ ।”

राज्य सरकार वा स्थानीय काउन्सिलबाट समुदाय लक्षित केही सूचना वा जानकारी नआएता पनि मूलधारका मिडिया मार्फत आफूहरू पछिल्ला गतिविधि बारे जानकार रहने गरेको उनीहरूले बताए ।

यसैबिच न्यु साउथ वेल्सका कार्यवाहक प्रिमीयर जोन बेरीलारोले न्यु साउथ वेल्स बासिन्दाले कोरोना जाँच गराउन देखाएको तत्परताको प्रशंसा गरेका छन्  । उनले ३० देखि ४० हजार मानिसहरूले दैनिक परीक्षण गरे राम्रो हुने बताए ।

पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय भन्दा बढी जाँच भएको अधिकारीहरूले बताएका छन् ।

प्रत्यक्ष क्रिकेट हेर्न बाट प्रतिबन्ध

राज्य सरकारका स्वास्थ्य मन्त्री ब्राड हार्जडले भोलि सिड्नी क्रिकेट ग्राउन्डमा हुन लागेको टेस्ट म्याचमा क्रिकेटमा बेरेला आसपासका क्षेत्रका मानिसहरूलाई प्रत्यक्ष हेर्न जान नदिइने बताएका छन् ।

पछिल्लो समय उक्त क्षेत्रमा बढेका सङ्क्रमणलाई ध्यानमा राख्दै यस्तो स्वास्थ्य आदेश जारी गर्न लागेको उनले बताए ।

तल उल्लेखित क्षेत्रका मानिसहरूले सिड्नी क्रिकेट ग्राउन्डमा गई प्रत्यक्ष खेल हेर्न पाउने छैनन् । 

  • अर्बन
  • बेरेला
  • लिडकम नर्थ
  • रिजेन्ट्स पार्क
  • रुकवुड
  • वेन्टवर्थभिल
  • बेलमोर

 

भिक्टोरियामा कोरोना

 

यसैबिच गएको २४ घण्टामा भिक्टोरियामा एक मात्र सामुदायिक सङ्क्रमणको मामला फेला परेको छ ।

विदेशबाट फर्किएका अन्य व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै राज्यमा रहेका सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ ।

गएको चौबिस घण्टामा ३७ हजार पाँच सय ९ जनामा कोरोना परीक्षण भएको अधिकारीहरूले बताएका छन् ।

यसैबिच सङ्क्रमित व्यक्तिले मेलर्वन क्रिकेट ग्राउन्डमा भएको अस्ट्रेलिया र भारतका बिचको क्रिकेट खेल र्हेन पुगेको अधिकारीहरूले बताएका छन् ।

३० वर्ष उमेर समूहको उक्त व्यक्तिले बक्सिङ डेका दिन च्याड्सस्टोन सपिङ सेन्टरमा पनि पुगेको बताइएको छ ।

अधिकारीहरूले ग्रेट साउर्दन स्टयाण्ड जोन ५ मा १२:३० देखि ३:३० को समयमा रहेका मानिसहरूलाई जाँच गराउन अनुरोध गरेका छन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now