‘कोरोनाभाईरसको थप अध्ययनमा चीनको असहयोग’

चीनको असहयोगले गर्दा कोरोनाभाईरको सम्बन्धमा विश्व स्वस्थ्य संगठन थप अनुसान्धान गर्न नपाएको उक्त संगठनले आरोप लगाएको छ।

Dr Tedros Adhanom Ghebreyesus, Director-General of the World Health Organization.

Dr Tedros Adhanom Ghebreyesus, Director-General of the World Health Organization. Source: AAP

उक्त संगठनले आफ्ना स्वस्थ्य अधिकारीहरु थप अनुसन्धानका लागि चीन जानु पर्ने बेलसम्म प्रवेशाज्ञा नपाएको उल्लेख गरेको छ।

चीनको वुहान शहरबाट शुरु भएको भनिएको यस भाईरसको थप अध्ययनका लागि, विश्व स्वस्थ्य  संगठनको नेतृत्वमा  यो हफ्ताको शुरुमा केहि स्वस्थ्यकर्मीहरु त्यसतर्फ प्रस्थान गर्ने योजना रहेको थियो।

तर अन्तिम समयसम्म केहि अधिकारिहरुलाई चीनले अहिलेसम्म भिषा प्रदान नगरेकोमा उक्त संगठनले असन्तुष्टि व्यक्त गरेको छ।

केहि समयअघि मात्र, स्विजरल्याण्डको जेनेभामा भएको एक पत्रकार सम्मेलनमा बोल्दै, संगठनका अध्यक्ष टेड्रोस एडह्याम गेब्रयसले चीनको यो पछिल्लो व्यवहार उचित नभएको बताए।

“समयमै भिषा नदिएकोमा हामीले चिनियाँ अधिकारीहरु समक्ष आफ्नो कुरा राखि सकेका छौ, अन्यथा यसले हाम्रो काममा ढिलाई हुनेछ,” उनले भने। पत्रकारहरुको प्रश्को जवाफ दिदैं, गेब्रयसले चीनबाट यससम्बन्धमा तिव्र गतिमा काम भईरहेको आश्वासन आफुले पाएको पनि जानकारी दिए।

“अहिलेको लागि यस कोरोनाभाईरसको थप अध्ययन हाम्रो कामको उच्च प्राथमिकतामा रहेको छ,” उनले भने। “छिटोभन्द छिटो हामी यो कामलाई टुङ्गयाउन चाहान्छौ।“

In a world first, Australian scientists and doctors from across disciplines are coming together to study the impact of coronavirus on immunocompromised people.
Australian scientists and doctors from across disciplines are coming together to study the impact of coronavirus on immunocompromised people. Source: AAP

कोरोनाभाईरस शुरु भएदेखि, विश्व स्वस्थ्य संगठनले सार्वजनिक रुपमा चीनको अहिलेसम्म आलोचना गरेको थिएन।

यसैबिच, संगठनको आपातकालिन सेवाका प्रमुख माईकल र्‍यानले पनि चीन सरकारकले भिषा र यस सम्बन्धमा काम अघि बढाउने अनुमति अहिलेसम्म नदिएको कुरा स्वीकार गर्छन्।

“हामीले चीन समक्ष प्रष्ट रुपमा यस कामको कत्तिको प्राथमिकता रहेको छ भन्ने तथ्यको जानकारी दिईसकेको छौ,” उनले भने। उनी चिनियाँ पक्षले संगठनको आग्रहलाई गम्भिरताका साथ लिई प्रशासनिक कामको फत्ते गर्छ भन्ने  कुरामा आशावादी भएको बताउछन्।

गत बर्ष, अस्ट्रेलियाले कोरोनाभाईरसको बारेमा थप अनुसन्धानको माग गरेपछि, चीन र अस्ट्रेलियाको दुई-पक्षिय सम्बन्ध अहिले निकै अमिलो रहेको छ।

संगठनका अध्यक्ष गेब्रयसले चीनका राष्ट्रपति चि जिङ्गपेङ्गसँग कोरोनाभाईरसको महामारी फैलिन थाले पछि गत बर्ष भेट-घाट गरेका थिए।

 सन् २०१९ मा चीनको वुहान शहरबाट शुरु भएको विश्वास गरिएको कोरोनाभाईरस, अहिलेसम्म २१० देशहरुमा फैलिसकेको छ।

 

आफ्नो राज्य या टेरिटोरीको पछिल्लो नियमका हेर्नुहोस्:


कोरोना भाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमै बसी सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 


Share

2 min read

Published

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now