SKIP TO MAIN CONTENT

कोइला विवादमा अस्ट्रेलियाले आफूलाई “पीडित” चित्रण गरेको चीनको आरोप

चीनले अस्ट्रेलियाको कोइलामाथिको कथित प्रतिबन्धलाई रक्षा गदै क्यानबेरा र बेइजिङका बिचको बढ्दो तनावपूर्ण अवस्थामा अस्ट्रेलियाले आफूलाई “पीडित”को भूमिकामा चित्रण गर्ने गरेको आरोप लगाएको छ ।

Chinese Foreign Ministry spokesman Wang Wenbin speaks during a daily media briefing at the Ministry of Foreign Affairs in Beijing, China, 18 September 2020.  EPA/WU HONG
Chinese Foreign Ministry spokesman Wang Wenbin Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel, SBS Nepali

Source: SBS News



Skip to article content

कोइलाको प्रतिबन्धका  विषयमा चीनको आधिकारिक रूपमा कुनै धारणा नआएता पनि चिनिया विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरू सँग बोल्ने क्रममा यसको अस्तित्वलाई भने इन्कार गरेनन् ।

 

उनले हालै अस्ट्रेलियाबाट केही आयातित उत्पादनहरूमा लगाइएका उपायहरू चीनको कानुन र अन्तर्राष्ट्रिय नियम अनुरूप “जिम्मेवार” कार्य भएको बताए । 

 

“भर्खरै हामीले केही रिर्पोटहरुमा अस्ट्रेलिया पीडितका रूपमा चित्रित गराइएको देख्यौ,जहाँ चीन माथि प्रत्यक्ष वा प्रभावमा परेर औला उठाइएको छ ” उनले भने ।

 

“यो कदम जनतालाई चकित तुल्याउने छ र यसलाई हामी कहिल्यै स्वीकार गदैनौ” उनले भने ।

यता प्रधानमन्त्री स्कट मोरीसनले कोइलामा प्रतिबन्ध लगाउँदा दुवै मुलुकका लागि घाटा हुने र विश्व व्यापार सङ्गठनको नियमहरूको स्पष्ट उल्लङ्घन हुने बताए । 

 

उनले चीनले अन्य मुलुकबाट सुस्त कोइला किनेर जलवायु परिवर्तनको महत्वकाक्षा जोखिममा पर्ने पनि बताए ।

 

संशोधन मन्त्री किथ पिटले बुधवार ए बि सी सँग कुरा गदै कोइलाको प्रतिबन्ध पुष्टि हुन नसकेको बताए  । 

 

“मिडियामा आए जस्तो हामीले आधिकारिक रूपमा चीनबाट यस विषयमा कुनै सूचना पाएका छैनौ ।”

 

यद्यपि कोइलाका धेरै थोक बाहकहरूलाई बन्दरगाहमा अवरुद्ध गरिएको छ जसले  आयातमा औपचारिक  प्रतिबन्धका रूपमा देखा परेको छ । 

 

चीनले अस्ट्रेलियाली सामाग्रीहरूको आयतमा व्यापार प्रतिबन्ध र ट्यारिफको श्रृखंला पनि थपेको छ  भने पछिल्ला केही महिनामा कूटनीतिक तनाव पनि बढ्दो अवस्थामा छ ।

 

यस वर्ष चीनले अस्ट्रेलियाली कपास,काठ,लब्स्टर,मासु,वाइन र जौ लगायतका निर्यात लक्षित औनपचारी प्रतिबन्ध लगाएको थियो । 

 

अस्ट्रेलियन नेशनल विश्वविद्यालय रणनीति र रक्षा सम्बन्धी अध्ययन केन्द्रका प्राध्यापक जोन ब्ल्याक्सल्याण्ड व्यापारको विवादमा शान्त भएर जवाफ दिइनु पर्ने बताउँछन् । 

 

“हामीले नियमहरूको पालना गर्नु पर्दछ,परिस्थतीमा रहनुपर्दछ र अत्यन्तै भावनात्मक पनि हुनु पदैन ।” उनले भने ।

 

कोइला निर्यातमा बाधा भएको खण्डमा अस्ट्रेलियाको १४ अर्बको निर्यातमा असर पर्ने देखिन्छ भने यसले आर्थिक रूपमा ठुलो चुनौती खडा गर्नेछ । 

 

चीनले भने गलत कार्य नगरेको बारम्बार दोहोर्‍याउँदै आएको छ । उसले अस्ट्रेलियाले आर्थिक,लगानी र प्रविधिलाई राजनीति गर्न खोजेको आरोप लगाएको छ । 

 

प्रवक्ता वाङले अस्ट्रेलियाले बजारको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लघंन गरेको भन्दै चिनिया कम्पनीहरूमाथि विभेद गरेको आरोप लगाए । 

 

उनले अस्ट्रेलियामा चिनिया लगानीमा रोकावट डालिएको भन्दै हुवाईको फाईभ जीको निर्माणमा रोक लगाइएको उदाहरण दिएका छन् । 

 

अस्ट्रेलियाले कोरोना भाइरस महामारीको विश्वव्यापी अनुसन्धानको आव्हान गरेपछि दुई देश बिचको तनाव बढ्दै गएको देखिन्छ । 

 

अस्ट्रेलियाले कुनै गल्ती नगरेको भन्दै  राष्ट्रिय हितमा काम गरेको बताउँदै आएको छ ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now