SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको "लक-डाउन" नियममा थप कडाइ - २ भन्दा बढी एकसाथ सार्वजनिक स्थल जान नपाउने

अस्ट्रेलियामा सार्वजनिक स्थलहरुमा एक साथ् भेला हुन तोकिएको १० जनाको सङ्ख्यालाई घटाएर २ जनामा झारिएको छ।

Prime Minister Scott Morrison.
Prime Minister Scott Morrison. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS News



Skip to article content

प्रधान मन्त्री स्कट मोरिशनले सार्वजनिक स्थलमा एकसाथ मानिसहरु भेला हुनपाउने सङ्ख्या २ जना मा झारिएको घोषणा गरेका छन्।

राज्य र प्रादेशिक सरकारहरुले उक्त नियमलाई पालना गराउन कस्तो कदम चाल्ने बारे निर्णय सम्वन्धित सरकार द्वारानै गरिने उनले बताए। केहिबेर आगाडी मात्र अन्त्य भएको राज्य र प्रादेशिक सरकारहरुसंगको वार्ता पछि प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।

तर २ जनाको नियम एकै परिवारका सदस्यहरु माथि चाहिं लागु नहुने पनि मोरिशनले बताए। यसको मतलब व्यायाम वा अन्य कार्यका लागि एकै परिवारका दुई भन्दा बढी सदस्यहरु एकसाथ सार्वजनिक स्थलमा भेला हुन पाउने छन्।

साथै बाल बालिकाले प्रयोग गर्ने प्लेग्राउण्ड र सार्वजनिक स्थलहरुमा आयोजना हुने शारीरिक प्रशिक्षण पनि बन्द हुनेछ।

७० वर्ष भन्दा भन्दा बढी उमेरकाहरु लगायत हाल बिरामी रहेका ६० वर्ष, र आदिवासी समुदायका ५० वर्ष भन्दा माथिका उमेरका मानिसहरुलाई घरमै बस्न प्रधानमन्त्रीले सल्लाह दिएका छन्।

घर भाँडा तिर्न नसक्नेहरुलाई घर बाट ६ महिनाको लागि निकाल्न नसकिनेबारे राज्य र प्रादेशिक सरकारहरुले नयाँ नियम लागु गर्नेबारे पनि स्कट मोरिशनले बताए।

यसका लागि घरधनि, भाँडामा बस्ने मानिसहरु र बैंकहरुले मिलेर काम गर्न जरुरी रहेको उनको भनाइ थियो।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन्:  https://www.sbs.com.au/language/nepali/coronavirus-updates


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now