SKIP TO MAIN CONTENT

जुलाईदेखि अस्ट्रेलियामा प्रति घण्टाको न्यूनतम तलब बढेर २३.२३ डलर हुने

आउँदो नयाँ आर्थिक वर्षदेखि अस्ट्रेलियाको न्यूनतम ज्याला दर ५.७५ प्रतिशतले बढ्ने फेयर वर्क कमिसनले घोषणा गरेको छ।

Australia's lowest-paid workers are set to get a pay rise of 5.75 per cent from July 1.
Australia's lowest-paid workers are set to get a pay rise of 5.75 per cent from July 1. Source: AAP

1 min read

Published

Updated

Source: SBS


Skip to article content

जुलाई १ देखि अस्ट्रेलियामा न्यूनतम ज्यालामा काम गर्ने मानिसहरूको प्रति घण्टाको तलब एक डलर ८५ सेन्टले बढ्ने छ।

यसको मतलब, एक घण्टामा २१ डलर ३८ सेन्ट पाउँदै आएका कर्मचारीहरूले जुलाईदेखि प्रति घण्टा २३ डलर २३ सेन्ट पाउने छन्।

साप्ताहिक तलब (३८ घण्टाको तलब) ८८२.८० डलर हुने भएको छ।

Fair Work Commission Building.
The Fair Work Ombudsman Building Source: AAP

सन् २०२३ को नयाँ आर्थिक वर्षमा देशको न्यूनतम ज्याला दरलाई ५.७५ प्रतिशतले बढाउने फेयर वर्क कमिसनले घोषणा गरेको हो।

त्यस्तै, कुनै अवार्ड अन्तर्गत काम गर्ने कर्मचारीहरूको तलब ५.७५ प्रतिशतले बढ्ने पनि कमिसनको भनाइ छ।

यस तलब वृद्धिले अस्ट्रेलियाका धेरै कर्मचारीहरूलाई वर्तमान आर्थिक कठिनाइमा मद्दत गर्ने अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनकी सेक्रेटरी स्याली मेकम्यानसले बताइन्।

हाल अस्ट्रेलियामा बाँच्न, भाडा तिर्न, ग्रोसरी किन्न र अरू सामान्य खर्चहरू पुराउन गाह्रो भइरहेका मानिसहरूका लागि यो [तलब] वृद्धि अत्यावश्यक छ। चाहे ती कर्मचारीहरू हुन्, या ग्राहकहरू - उनीहरूले गर्दा नै हाम्रो अर्थतन्त्र चलिरहेको छ।
स्याली मेकम्यानस, सेक्रेटरी, अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन

अप्रिल महिनासम्मका १२ महिनामा मुद्रास्फीति दर ६.८ प्रतिशत पुगेको थियो।

मुद्रास्फीतिले न्यूनतम ज्यालामा काम गर्ने मानिसहरूलाई पर्ने प्रभावलाई पनि ध्यान दिइएको फेयर वर्क कमिसनले बताएको छ।

न्यूनतम ज्याला दर र न्यूनतम अवार्ड दरमा हुने वृद्धिले २,६०,००० साना व्यवसायहरूलाई भने करिब १२ अर्ब ६० करोड डलर बढी खर्च हुने अस्ट्रेलियन चेम्बर अफ कमर्स र इन्डस्ट्रिजको भनाइ छ।

त्यस्तै, सुपरएनुवेसनलाई पनि १०.५ प्रतिशतबाट ११ प्रतिशतमा पुराइने बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now