SKIP TO MAIN CONTENT
SYDNEY AIRPORT DELAYS

This article is more than 3 years old

इस्टर छुट्टीको बेला नम्र रहनुहोस्, नत्र फेरी परिएला प्रहरी कारबाहीमा!

अस्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले मानिसहरूलाई आजदेखि सुरु भएको इस्टर छुट्टीका बेला राम्रो व्यवहारमा रहन चेतावनी जारी गरेको छ।

विशेष गरेर छुट्टीका बेला अस्ट्रेलियाली विमानस्थलहरू बढी व्यस्त हुने र यसले गर्दा यात्रुहरू चिढिँदै कर्मचारी वा अन्य सहयात्रीहरूमाथि खनिने गरेको भन्दै एएफपीले मानिसहरूलाई जिम्मेवारीपूर्ण व्यवहारमा रहन भनेको हो।

छुट्टीका बेला गोल्डकोस्ट, केअर्न्स, मेलबर्न, क्यान्बरा, सिड्नी, ब्रिसबेन, डार्विन, पर्थ र एडिलेडका एअरपोर्टहरूमा यात्रुहरूको सङ्ख्या बढ्ने अनुमानका बिच सङ्घीय प्रहरीले यी हवाई अड्डाहरूमा आफ्नो गस्ती पनि बढाउने बताएको छ।

EASTER SHOPPING
Shoppers purchase Easter treats in Sydney. (AAP Image/Paul Miller) Source: AAP / PAUL MILLER/AAPIMAGE

गएको क्रिसमस छुट्टीका बेला मात्र देशका प्रमुख नौ विमानस्थलहरूबाट एएफपीले ४९ जनामाथि ६९ घटनालाई लिएर विभिन्न आरोपहरू लगाएको थियो।

ती ४९ जनामाथि कथित रूपमा दुर्व्यवहार, लागू औषध ओसार प्रसार र हतियारहरू सम्बन्धी दोष लगाइएको प्रहरीको भनाई छ।

यसै गरी उक्त बेला थप २४ मानिसहरूले अत्यधिक मादक पदार्थ सेवन गरेको, अरूलाई दुःख दिएको, अभद्र व्यवहार गरेको आरोप लगाउँदै उनीहरूलाई जरिमानाको पुर्जी थमाएको थियो।

SYDNEY AIRPORT DELAYS
Travellers are seen at the domestic check-in area at Sydney Domestic Airport in Sydney Thursday, April 6, 2023. Passengers heading out of Sydney Airport are being warned they will face massive delays as holidaymakers jet off for the Easter Weekend. (AAP Image/Bianca De Marchi) Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

एएफपीको विशेष सुरक्षा कमान्डका सहायक कमिस्नर एलिसन वेग भन्छिन् कि छुट्टीको समय देशभरका विमानस्थलहरूका लागि निश्चय पनि निकै व्यस्त समय हो।

“र, हामी गैर-सामाजिक वा आपराधिक क्रियाकलाप प्रति शून्य सहनशीलता राख्छौँ,” उनले भनिन्।

सङ्घीय प्रहरी, आम मानिसहरूलाई अनपेक्षित ढिलासुस्ती भएमा धैर्य राख्न र विमान सेवाहरूको सल्लाह मान्न आग्रह गर्छौँ।
सहायक कमिस्नर एलिसन वेग

यसै गरी उनले मानिसहरूलाई यात्रा गर्दा अत्यधिक मात्रामा मादक पदार्थ सेवन नगर्न पनि प्रोत्साहन गरेकी छिन्।

सहायक कमिस्नर वेग भन्छिन् कि विगतमा मादक पदार्थको प्रभावका कारण केही यात्रुहरूले विमान सेवाका कर्मचारी र अन्य सहयात्रीहरू प्रति कुनै पनि सम्मान देखाउन नसकेका कारण उनीहरूमाथि कारबाही भएको थियो।

“हो, हाम्रा प्लेन र एअरपोर्टहरूमा रक्सीजन्य पेय पदार्थहरू पिउन कुनै कानूनले बन्देज लगाएको छैन, हामी के चाहन्छौँ भने मानिसहरू आफूले कति मात्रा पिउन सकिन्छ भन्ने कुरा ध्यानमा राखुन्,” उनले भनिन्।

कानून तोड्ने सबै यात्रुहरूमाथि तत्काल कारबाही गर्दै उनीहरूमाथि अदालतमा मुद्दा चलाइने छ।
सहायक कमिस्नर एलिसन वेग

अवाञ्छित वा शङ्कास्पद गतिविधि देखिए, आम मानिसहरूलाई १३१ २३७ मा फोन गर्न पनि सङ्घीय प्रहरीले आग्रह गरेको छ।

GOOD FRIDAY FISH SALES
Customers purchase seafood during Good Friday trade at the Sydney Fish Market in Sydney. (AAP Image/Bianca De Marchi) Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now