भिक्टोरियामा भोलि पुन: बस हड्ताल

CDc bus strike

Commuters suffer as bus drivers strike in parts of Melbourne, Ballarat and Geelong Source: Supplied

भिक्टोरियामा बस चालकहरु र एक बस सेवा संचालक बीचको खाडल अझ बढेको छ। अघिल्लो मंगलबार दिनभर हड्तालमा उत्रेका सीडीसी भिक्टोरियाका बस चालकहरुले भोलि पुन: बस नचलाउने भनी बताएका छन्।

यातायात कर्मचारी यूनियनमा आबद्ध ती चालकहरुले त्यसो भनिरहँदा पब्लिक ट्रान्सपोर्ट भिक्टोरिया (पीटीभी)ले भने यो हड्तालले बालाराट, जीलंग तथा पश्चिमी मेलबर्नका स्कुल बस-सेवाहरु बिना अवरोध चल्ने बताएको छ।
पीटीभीका प्रमुख कार्यकारी अधिकृत जेरोइन वेइमार भन्छन्, "यो विवादले स्कुल आउने-जाने बस-सेवामा असर पुर्याउनु हुँदैन। हामी चाहान्छौं यूनियन तथा सीडीसी भिक्टोरियाले एक आपसमा विश्वास राखी यथाशिघ्र यो समस्या हल् गरुन।"
भोलि, १७ जुलाई, मङ्गलबार हुने उक्त हड्ताल बिहान ९ बजे सुरु भई दिउँसो १ बजेसम्म कायम रहने छ। ९ बजे हड्ताल सुरु हुने भएकाले स्कुल आउने-जाने बस-सेवामा कुनै प्रभाव नपर्ने पीटीभीले जनाएको छ।

प्रभावित बस-सेवाहरुको सुची हेर्ने यहाँ जानुहोस्।

हड्तालले तपाईंलाई पनि असर पारेको छ भने फेसबुक अथवा ट्वीटरको माध्यमबाट हामीलाई सम्पर्क गर्नुहोस्।

Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand