भिक्टोरियामा भोलि पुन: बस हड्ताल

CDc bus strike

Commuters suffer as bus drivers strike in parts of Melbourne, Ballarat and Geelong Source: Supplied

भिक्टोरियामा बस चालकहरु र एक बस सेवा संचालक बीचको खाडल अझ बढेको छ। अघिल्लो मंगलबार दिनभर हड्तालमा उत्रेका सीडीसी भिक्टोरियाका बस चालकहरुले भोलि पुन: बस नचलाउने भनी बताएका छन्।

यातायात कर्मचारी यूनियनमा आबद्ध ती चालकहरुले त्यसो भनिरहँदा पब्लिक ट्रान्सपोर्ट भिक्टोरिया (पीटीभी)ले भने यो हड्तालले बालाराट, जीलंग तथा पश्चिमी मेलबर्नका स्कुल बस-सेवाहरु बिना अवरोध चल्ने बताएको छ।

पीटीभीका प्रमुख कार्यकारी अधिकृत जेरोइन वेइमार भन्छन्, "यो विवादले स्कुल आउने-जाने बस-सेवामा असर पुर्याउनु हुँदैन। हामी चाहान्छौं यूनियन तथा सीडीसी भिक्टोरियाले एक आपसमा विश्वास राखी यथाशिघ्र यो समस्या हल् गरुन।"

भोलि, १७ जुलाई, मङ्गलबार हुने उक्त हड्ताल बिहान ९ बजे सुरु भई दिउँसो १ बजेसम्म कायम रहने छ। ९ बजे हड्ताल सुरु हुने भएकाले स्कुल आउने-जाने बस-सेवामा कुनै प्रभाव नपर्ने पीटीभीले जनाएको छ।

प्रभावित बस-सेवाहरुको सुची हेर्ने यहाँ जानुहोस्।

हड्तालले तपाईंलाई पनि असर पारेको छ भने फेसबुक अथवा ट्वीटरको माध्यमबाट हामीलाई सम्पर्क गर्नुहोस्।


1 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now