भिक्टोरिया प्रहरीद्वारा व्यवसायिक माग्ने धन्दाको खुलासा

भिक्टोरिया प्रहरीले व्यवस्थित ढङ्गबाट सडकमा बसेर माग्ने भिखारीहरूको खुलासा गरेको बताएको छ।

Alleged professional beggars in Melbourne

Alleged professional beggars have been nabbed in Melbourne for duping generous Australians out of cash and sending it to China. Source: Reddit

प्रहरीका अनुसार चीनबाट पर्यटक भिसामा आएका ७ व्यक्तिहरूले मेलबर्न सिबिडीका सडकहरूमा बसेर भिख माग्ने गरेका थिए। 

घरबार विहीनहरूको वकालत गर्नेहरूले यो घटना सडकमा रात बिताउनु पर्ने र साच्चिकै कष्टकर जीवन यापन गर्न बाध्यहरू माथिको अपमान भएको बताएका छन्।

अघिल्लो हप्ता मात्र प्रहरीले मेलबर्न सिबिडीका सडकहरूमा छानबिन गर्दा उनीहरू कथित व्यावसायिक रूपमा झुटो भिखारीहरू भएको खुलासा गरेको थियो।

Melbourne CBD Beggar
Melbourne's 'fake' beggars

कार्यकारी प्रहरी निरीक्षक जिओभानी ट्राभाग्लिनी ती व्यक्तिहरूलाई  कुनै पनि सहायताको आवश्यकता नभएको पाएको बताउँछन्।

"उनीहरू जोखिममा रहेका मानिस होइनन् -आवासमा उनीहरूको पहुँच छ र उनीहरूले मेलबर्नका असल मानिसहरूलाई ठगेर फाइदा उठाई रहेका थिए।"

पक्राउ परेका सातै  जनालाई अदालत समक्ष उपस्थित  हुनु पर्ने गरी 'भिख माग्ने' र 'अपराध गरी आर्जन गरेको सम्पत्तिको मालिक भएको' मुद्दा लगाउन सक्ने अनुमान गरिएको छ।

कार्यकारी प्रहरी निरीक्षक ट्राभाग्लिनी भन्छन् उनीहरू सबै चीनका नागरिक हुन्।

"हामीले निश्चित रूपमा केही रकम जफत गरेका छौँ र विदेशी विनिमय गरिएको पर्चा पनि पाएका छौँ जसले के देखाउँछ भने मेलबर्नका असल मानिसहरूले दिएको रकम चिनिया मुद्रामा विनिमय गरिएको थियो।"

स्याल्भेशन आर्मीका मेजर ब्रेन्डन नोटल भन्छन् उनीहरू सशंकित भए जब केही वृद्ध चिनिया नागरिकहरूलाई सहयोगका लागी उनीहरू समक्ष पठाइयो।

A beggar's bowl in Melbourne
A beggar's bowl in Melbourne Source: SBS

"उनीहरू सबै एकै तरिकाबाट प्रस्तुत हुने गर्दथे।उनीहरूको लुगा लगाउने तरिका एउटै थियो भने उनीहरू बस्ने गरेको गद्दा छोपिएको कपडा पनि एकै किसिमको थियो। उनीहरूले माग्दा अपनाउने हाउभाउ पनि मिल्थ्यो।"

मेजर नोटल भन्छन् उनीहरूको क्रियाकलापले सम्पूर्ण मेलबर्न बासिहरूलाई आक्रोशित बनाएको छ।

तर उनी आस गर्छन् यो घटनाले गर्दा मेलबर्नका बासिन्दाले साच्चिकै सहयोगको आवश्यकता भएकाहरूलाई सहयोग नगर्ने अवस्था नहोस्।

भिक्टोरिया राज्यमा भिख माग्नु गैर कानुनी हो जसको लागी अधिकतम १२ महिना कारागार सजाय हुन सक्छ।

मेलबर्न सहरकी मेयर स्याली क्याप भन्छिन् कसैलाई सहयोग गर्ने उत्तम तरिका भनेको उनीहरूलाई सहायताका लागी सही ठाउँमा जान मार्ग निर्देश गर्नु हो।

"उनीहरूलाई सेवा प्रदायक कहाँ जान सुझाव दिनुस्, अथवा हामीलाई वा भिक्टोरिया प्रहरीलाई फोन गर्नुस् र हामी गएर त्यो व्यक्तिलाई सहयोग गर्छौँ तर पैसा दिनु सही उत्तर होइन।"

प्रहरीका अनुसार उक्त विषय अब सङ्घीय प्रहरी र सीमा बल समक्ष पठाइएको छ।


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now