SKIP TO MAIN CONTENT

एमएफसी कप २०१९ जित्यो ब्रिसबेन क्लब गोर्खा एफसीले

माछापुच्छ्रे फुटबल क्लब (एमएफसी) कप २०१९ मा चार राज्यबाट १६ वटा नेपाली फुटबल क्लबहरू मैदानमा उत्रिएका थिए।

MFC Cup 2019 winners Gurkha FC from Brisbane
MFC Cup 2019 winners Gurkha FC from Brisbane. Source: SBS Nepali

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

ब्रिसबेन स्थित नेपाली फुटबल क्लब गोर्खा एफसीले आफ्नो सिड्नी प्रतिद्वन्दी सेन्ट जर्ज नेप्लिज क्लबलाई १-० ले पराजित गर्दै यस वर्षको एमएफसी कप २०१९ को ट्रफी उठाएको छ।

उत्तरपश्चिमी सिड्नीको ग्लेनवूड रंगशालामा भएको उक्त खेलको पहिलो ९ मिनेटमा पेनाल्टी मार्फत वाङ्गेल लामाले म्याचको पहिलो गोल गर्न सफल भएका थिए।

तर त्यसको दुई मिनेट भित्रै सेन्ट जर्ज क्लबले पनि पेनाल्टी मार्फत खेललाई बराबरीमा ल्याउने मौका पाएता पनि उक्त मौकालाई गोलमा परिणत गर्न भने असफल रह्यो।  म्याचको दोस्रो हाल्फ़मा पनि फेरी दक्षिण सिड्नी टोलीले पेनाल्टी गुमाएको थियो।

दुवै पटक पेनाल्टी रोक्न सफल भएका गोर्खा एफसीका गोल किपर श्याम लामाले "म्यान अफ द म्याच' का साथै 'सर्वश्रेष्ठ किपर' को पनि उपाधि जितेका छन्।

MFC Cup 2019: Nepali football
MFC Cup 2019: Nepali football Source: SBS Nepali

तर सेन्ट जर्जको लागि सान्त्वना चाहिं प्रतियोगितामा ५ गोल गर्न सफल हुँदै उक्त क्लबका सुशन कुँवरले 'हाइ स्कोरर' पुरस्कार जितेका थिए। उनले उक्त पुरस्कार टीआरजीका सुनिल भण्डारीसंग बाड्नु परेको थियो।

रंगशालामा दक्षिण सिड्नी क्लब भन्दा ब्रिसबेन क्लबका समर्थकहरुको संख्या बढी रहेको थियो।

एमएफसी कपको चौथो संस्करणको लागि १६ भिन्न क्लबहरु बीच, हिजो शनिवार र आज, लीग र नक-आउट चरण अन्तर्गतका खेलहरु भएका थिए।

गोर्खा एफसीले यस प्रतियोगिताको पहिलो खेलमा गए वर्षका विजेता माछापुछ्रे एफसीसंग सामना गरेको थियो। तर दुवै टोली द्वारा एक गोल गर्न पनि असफल भए पछि उक्त खेल बराबरीमा अन्त्य भएको थियो।

उक्त खेल पछि बोल्दै गोर्खा एफसीका कप्तान पवन सोमईले शुक्रवार राति मात्र आफुहरु सिड्नी आइपुगेकोले थकित रहेको अवस्थामा आफ्ना खेलाडीहरु घाइते भएको आफुले हेर्न नचाहेको बताएका थिए।

गोर्खा एफसीका कप्तान पवन सोमाइसंगको हाम्रो कुराकानी यहाँ सुन्नुहोस्। 

MFC Cup 2019: nepali football,Pawan Somai, captain Gorkha FC
Pawan Somai, Captain Gurkha FC spoke to SBS Nepali. Source: sbs nepali

यसैक्रममा तेस्रो स्थानको लागि भएको खेलमा मेलबर्न क्लब येति एफसी लाई द राइजिङ्ग गोर्खाजले २ - १ ले पराजित गरेका छन्।

र येति एफसीका युकेश श्रेष्ठले प्रतियोगिताको 'म्यान अफ द सिरिज' उपाधि जितेका छन्।

साथै आइतबार नै ३५ वर्ष माथिका खेलाडीहरू सम्मिलित ६ वटा भेटेरन टोलीको खेल पनि सम्पन्न भएको छ। जसमा फाइनलमा प्यारामाटाको प्यारा पार्क क्लबलाई दुई सुन्नाले पराजित गर्दै माछापुछ्रे क्लब विजयी भएको छ।

यो पनि पढ्नुहोस्। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now