बाढीग्रस्त अस्ट्रेलियाली सहरहरूमा डँडेलोको खतरा

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

VICTORIAN EMERGENCY MANAGEMENT TRAINING CENTRE

Supplied image of firefighters at the $109 million Victorian Emergency Management Training Centre in Craigieburn, Melbourne, Thursday, September 9, 2022. Credit: FIRE RESCUE VICTORIA/PR IMAGE

मुख्य बुँदा

  • क्वीन्सल्याण्डमा बताससँगै भारी वर्षाको सम्भावना।
  • न्यु साउथ वेल्सका अधिकारीले बाढीमा एक शव फेला पारे।
  • साउथ अस्ट्रेलियामा बाढीका कारण ३,५०० देखि ४,००० सम्म घरहरू प्रभावित हुन सक्ने।

न्यु साउथ वेल्सका विभिन्न भित्री भागहरू बाढीको चपेटामा परिरहँदा, क्वीन्सल्यान्डमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम विभागले चेतावनी दिएको छ।

असिनासँगै आउने वर्षाले स्थानीय नदीहरूको बहाव बढाउने र यसले बाढी निम्त्याउन सक्ने बताइएको छ।

भिक्टोरियाका विभिन्न क्षेत्रमा साना एवम् ठुला बाढीहरू आइरहेका छन्।

साउथ अस्ट्रेलियाको रिभर ल्यान्ड क्षेत्रमा मर्रे नदिमा आएको बाढीका कारण आपत्काल चलिरहेको छ।

अस्ट्रेलिया र न्यु जिल्यान्ड आगलागी र आपत्काल सम्बन्धी संस्था द अस्ट्रेलियन एन्ड न्युजिल्यान्ड नेशनल काउन्सिल फर फायर एन्ड सेफ्टीले न्यु साउथ वेल्सका भित्री सहरहरूका साथै, वेस्टर्न अस्ट्रेलिया, टास्मेनिया र क्वीन्सल्याण्डमा पनि डँडेलोको सम्भावना रहेको भन्दै स्तरलाई बढाएको छ।

“यस वर्ष अत्यधिक पानी परेको र बाढी आएकाले नयाँ झाडी उम्रनलाई बल दिन्छ,” विज्ञप्तिमा भनिएको छ।

सन् २०२२ को गर्मीमा डँडेलोको खतराका बारेमा जान्न यहाँ जानुहोस्।

यता न्यु साउथ वेल्सको आपतकालिन सेवा विभागले टिल्पा क्षेत्रमा डिसेम्बरको सुरु वा मध्यमा बाढी आउने भन्दै चेतावनी जारी गरेको छ।

न्यु साउथ वेल्सको केन्द्रमा रहेको पूर्वी कन्डोबलिन, ल्याकलन नदिको जोखिममा रहेको बताइएको छ।

बाढी सम्बन्धी न्यु साउथ वेल्सका मन्त्री स्टेफ कुकले लिसमोरका बाढीग्रस्त पीडितले साउदर्न क्रम विश्वविद्यालयमा आश्रय लिन सक्ने बताए।

करीव २०० मानिसलाई उक्त स्थानमा बस्नका लागि मिलाउन सकिने मन्त्री कुकले बताएका छन्।

अस्थायी बसोबासका लागि एससीयु, इभान्स हेड, करोकी, पोट्सभिल, वार्डेल र उलङ्गबारमा पनि उपलब्ध गराइएको छ।

बाढीबाट आवास गुमाएका मानिसहरूले सर्भिस न्यु साउथ वेल्समा १३ ७७ ८८ मा समर्पक गर्नका लागि अनुरोध गरिएको छ।

यता न्यु साउथ वेल्सको दक्षिण पश्चिमी क्षेत्रबाट बाढीमा बगेका एक युवाको शव प्रहरीले बरामद गरेको छ। उक्त पुरुषको पहिचान भने हुन सकेको छैन।

यता भिक्टोरीयाको आपतकालिन विभागले निकोलास पोइन्ट, ब्रुसेस बेन्ड र वरपरका क्षेत्रमा चेतावनी जारी गरेको छ।

साउथ अस्ट्रेलियामा बाढीका कारण ३,५०० देखि ४,००० सम्म घरहरू बाढीमा प्रभावित हुन सक्ने बताइएको छ।

मर्रे नदिबाट करिब १७५ गिगालिटर पानी भित्रिए यसले धेरै स्थानहरूलाई जलमग्न बनाउने बताइएको छ।

प्रिमीयर पिटर मेलिनस्कसले अधिकारीहरूले बाढीबाट प्रभावित हुन सक्ने मानिसहरूलाई घरघरमा पुगी सतर्क गराइरहेका छन्।

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Share

3 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now