SKIP TO MAIN CONTENT

डढेलो खतरा: न्यु साउथ वेल्समा सङ्कटकाल घोषणा

बाहिरी सिड्नी र बृहत् हन्टर क्षेत्र लगायतका स्थानहरूमा मङ्गलवार "विनाशकारी" डढेलोको खतरा रहँदा न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले राज्य व्यापी रूपमै सङ्कटकालको घोषणा गरेकी छिन्।

A fire bombing helicopter works to contain a bushfire along Old Bar road in Old Bar, NSW,
A fire bombing helicopter works to contain a bushfire along Old Bar road in Old Bar, NSW. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

राज्यभर ६० वटा भन्दा बढी डढेलो तथा आगजनीका घटना जारी रहँदा प्रिमियर ग्लाडिस बेरिजिकलियनले आफ्नो राज्यभर सङ्कटकाल घोषणा गरेकी हुन्।

न्यु साउथ वेल्स दुर्गम दमकल सेवाका अनुसार "बढ्दो तापमान र कडा हावाहुरी"का कारण धनजनको क्षति हुने ठुलो खतरा रहेको चेतावनी जारी गरिएपछि प्रिमियरद्वारा उक्त घोषणा गरिएको हो।

सङ्कटकालको घोषणाका साथ दमकल कर्मीहरूको निर्देशन पालना गर्न र मानिसहरू उच्च सतर्कतामा रहन पनि जरुरी रहेको बेरेजिक्लीयनले जोड दिएकी छन्।

सिड्नीको पश्चिममा रहेको ब्लु माउन्टेनदेखि सेन्ट्रल कोस्ट र हन्टर क्षेत्रका बासिन्दाहरूले व्यक्तिगत सुरक्षाका लागि पनि कदम चाल्न जरुरी रहेको अधिकारीहरूको भनाइ छ।

साथै मानिसहरु कुनै शपिङ्ग सेन्टर वा सुरक्षित स्थान तर्फ जानेबारे पनि सोच्नुपर्ने बताइएको छ। डढेलोको समयमा सुरक्षित स्थानहरु बारे जानकारी दुर्गम दमकल सेवाको वेबसाइटमा सार्वजनिक गरिने पनि अधिकारीहरु बताउँछन्।

Prime Minister Scott Morrison and NSW Premier Gladys Berejiklian are briefed on the fires at Mid North Coast Fire Control Centre in Wauchope, New South Wales, Sunday, November 10, 2019. (AAP Image/Darren Pateman) NO ARCHIVING
Prime Minister Scott Morrison and NSW Premier Gladys Berejiklian are briefed on the fires. Source: AAP

भोलि राज्यका प्राय स्थानहरूमा तापमान मध्य ३० डिग्रीमा रहने र कडा हावाहुरी को अवस्थाले स्थितिलाई धेरै नै खतरनाक बनाएको न्यु साउथ वेल्स दुर्गम दमकल सेवा द्वारा चेतावनी जारी गरिएको छ।

न्यु साउथ वेल्स राज्यमा एक दशक यता पहिलो पटक “विनाशकारी” दर्जा दिइएको हाल जारी डढेलोको घटना मङ्गलवार अझै व्यापक हुने बताइएको छ।

सन् २००९ सालमा डढेलो खतराको स्तर अन्तर्गत पहिलो पटक "विनाशकारी" शब्दलाई पनि खतराको मापदण्डमा समावेश गरिएको थियो। तर त्यस समय देखि अहिले सम्म उक्त शब्दलाई प्रयोग गरिएको थिएन।

हालसम्म तीन जनाको ज्यान लिइसकेको ती आगजनीका घटनामा राज्यको उत्तरी तटीय इलाकामा १५० घरहरू पनि ध्वस्त भइसकेका छन्।

न्यु साउथ वेल्समा घोषणा गरिएको सङ्कटकाल सात दिनसम्मको लागि कायम रहने पनि प्रिमियरको भनाइ छ।

यसका साथै, आज सोमबार र भोलि मङ्गलवार राज्यभर खुला रूपमा आगो सल्काउन निषेधाज्ञा जारी भएको छ भने उक्त इलाकाका ४० भन्दा बढी स्कूलहरू आज खुलेका छैनन्।

न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवाका आयुक्त शेन फिट्ससिमन्सले मानिसहरूले ज्यान गुमाउने खतरा धेरै नै रहेको बताएका छन्।

 “भएभरका सबै घर अगाडी एउटा दमकल राख्ने क्षमता हाम्रो छैन। हरेक पल्ट आगो तपाईँको घर तर्फ बढ्दै गर्दा, हवाईजहाज (अग्नि नियन्त्रक) आउँछ भन्न हामी सक्दैनौ। हरेक पल्ट आगो नजिकै आइपुग्दा तपाईँको घरमा पुगेर ढोका ढक्ढाकाएर जानकारी दिन सक्छौँ भन्ने कबुल हामी गर्न सक्दैनौं,” उनले भने।

उता प्रिमियर ग्लाडिस बेरिजिकलियनले सबै जना सचेत भएर बस्नुपर्ने बताएकी छिन्।

“तपाईँ जहाँ भए पनि सतर्क अवस्थामा रहनुहोस्,” उनले भनिन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now