Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नीमा "विनाशकारी" डढेलोको खतरा; सोमवार र मङ्गलवारका लागि चेतावनी जारी

Bush fire in NSW

न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा डढेलोको "चरम" खतरा रहेको बताइदा, बाहिरी सिड्नी र हन्टर क्षेत्रमा भने नौ वर्षमै पहिलो पटक "विनाशकारी" डढेलोको चेतावनी जारी गरिएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा डढेलोको "चरम" खतरा रहेको बताइदा, बाहिरी सिड्नी र हन्टर क्षेत्रमा भने नौ वर्षमै पहिलो पटक "विनाशकारी" डढेलोको चेतावनी जारी गरिएको छ।


उत्तरी न्यु साउथ वेल्समा डढेलोका कारण कम्तिमा ३ जनाको मृत्यु र १५० घरहरु नष्ट भएको पुष्टि हुँदा आगामी मङ्गलवारको स्थिति झनै खतरनाक साबित हुनसक्ने चेतावनी अधिकारीहरुले दिएका छन्। 

न्यु साउथ वेल्स दुर्गम दमकल सेवाका अनुसार "बढ्दो तापमान र कडा हावाहुरी" का कारण धनजनको क्षति हुने ठुलो खतरा रहेको छ। 

सन् २००९ साल देखिनै पहिलो पटक सिड्नी क्षेत्रमा "विनाशकारी" डढेलोको चेतावनी जारी गरिएको हो। 

बाहिरी सिड्नी लगायत हन्टर क्षेत्रका लागि पनि उक्त चेतावनी रहेको आरएफएसको भनाइ छ। खतरा रहेका स्थानका बासिन्दाहरु ठुलो मात्रामा रुख वा झारपात रहेका स्थानहरु बाट ठुला बस्ति रहेका लगायतका शहरहरु तर्फ जान उपयुक्त हुने सल्लाह दमकल निकाय द्वारा दिइएको छ। 

साथै उच्च खतरामा रहेका स्कूलहरु पनि सोमवार र मङ्गलवार बन्द रहने छन्।

त्यस्तै आगामी मङ्गलवारका लागि न्यु साउथ वेल्सको उत्तरी तटीय क्षेत्र, इलावारा, शोलहेभेन, सेन्ट्रल रेञ्जर्स, नर्दर्न स्लोप्स र उत्तर-पश्चिमी क्षेत्रमा डढेलोकोको खतरा "चरम" रहेको आरएफएसले बताएको छ। 

त्यस्तै न्यु इंगलैंड, दक्षिणी तटीय क्षेत्र, दक्षिणी रेञ्जेस र तल्लो मध्य पश्चिमी क्षेत्रमा भने "गम्भीर" को दर्जा दिइएको छ। 

न्यु साउथ वेल्समा हाल जलिरहेका ७२ ओटा डढेलो मध्ये ३६ वटा दमकलकर्मीको नियन्त्रण बाहिर रहेको अधिकारीहरुको भनाइ छ।

A resident watches the progress of bushfires near houses in Old Bar, NSW, Saturday, November 9, 2019
A resident watches the progress of bushfires near houses in Old Bar, NSW, Saturday, November 9, 2019 Source: AAP

यस अन्तर्गत गए बिहिवार र शुक्रवारको डढेलोमा ग्लेन इनेस नामक स्थानमा २ जनाको र कफ्स हार्बर नजिक एक जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।  

मृत्यु हुनेहरुमा २ महिला र १ पुरुष रहेको बताइएता पनि आगामी दिनहरुमा उक्त संख्या बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। 

डढेलो खतराका कारण न्यु साउथ वेल्समा घर बाहिर आगो सल्काउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

क्वीन्सल्याण्ड संकट

क्वीन्सल्याण्डमा हाल ५१ ओटा डढेलो जलिरहेको अधिकारीहरुले बताएका छन्। हाल सनशाइन कोस्ट स्थित नूसामा डढेलोका कारण एक घर नष्ट भएको र एक दमकलकर्मी घाइते भएको समाचार आउदा आगामी दिनहरुमा अवस्था झनै बिग्रन सक्ने चिन्ता व्यक्त गरिएको छ। 

उक्त राज्य कि प्रिमियर एनास्तेसिया पालाशेले चाहिं राज्यमा हाल जारी डढेलो विरुद्ध लड्न ३५ विमान, ३५० सवारी साधान र ४०० दमकलकर्मी खटाइएका बताएकी छन्।

साथै गर्मी महिना सुरु हुनु अगाडीनै यतिको गम्भीर अवस्था देखिनु सामान्य नभएको भन्दै आगामी दिनहरुमा प्रभावित स्थानका बासिन्दाहरु सतर्क रहन र सुरक्षा चेतावनीहरुलाई ध्यान दिन पनि जरूरी रहेको बताएकी छन्।

Queensland Premier Annastacia Palaszczuk AAP
Queensland Premier Annastacia Palaszczuk Source: AAP

त्यस्तै उक्त राज्यका आगलागी र आपतकालीन सेवाका कार्यवाहक प्रमुख माइक वास्सिङ्गले चाहिं आगामी बुधबार लगायतका बाँकीका दिनहरुमा डढेलो खतरा जारी रहने बताउँछन्। 

क्वीन्सल्याण्डको ४२ स्थानहरुमा आगो सल्काउन पूर्ण प्रतिबन्ध लगाइएको छ। 

यसैक्रममा प्रधान मन्त्री स्कट मोरिशनले चाहिं न्यु साउथ वेल्स र क्वीन्सल्याण्डका डढेलो प्रभावित क्षेत्रका बासिन्दाहरुको सहयोगका लागि श्रोत, साधन खटाइएको बताएका छन्। 

साथै उक्त अवस्था विरुद्ध लड्न आफ्ना अस्ट्रेलियाली समकक्षीहरुको सहयोगका लागि न्यु जिल्याण्ड लगायतका राष्ट्रहरु बाट पनि दमकलकर्मीहरु आउने आफुले आशा गरेको मोरिशनले बताए।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now