SKIP TO MAIN CONTENT

के अस्ट्रेलियाको स्वास्थ्य प्रणालीले ओमिक्रन कोभिड संक्रमणको भारी वृद्धि झेल्न सक्ला ?

ओमिक्रन भेरीएन्टको कोभिड -१९ सङ्क्रमितहरूको सङ्ख्या अहिले सम्म कै उच्च रहँदा यो निकै छिटो फैलन्छ भन्ने कुरामा आशङ्का रहेन। तर अस्ट्रेलियाको स्वास्थ्य प्रणाली भारी सङ्ख्यामा भएको यो वृद्धि झेल्न सक्ने अवस्थामा छ त भन्ने प्रश्न धेरैको रहेको छ।

ICU staff caring for a COVID-19 patient at St Vincent’s Hospital in Sydney, Tuesday, July 13, 2021
ICU staff caring for a COVID-19 patient at St Vincent’s Hospital in Sydney, Tuesday, July 13, 2021 Source: Supplied/St Vincent’s Hospital

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

ओमिक्रन भेरीएन्टको कोभिड -१९  सङ्क्रमितहरूको सङ्ख्या हेर्दा यो द्रुत गतिमा फैलन्छ भन्ने देखिँदा यो सङ्क्रमण मानव स्वास्थ्यका लागी कति जोखिमयुक्त छ भन्ने बारेमा भने पर्याप्त जानकारी रहेको छैन।

न्यु साउथ वेल्समा सङ्क्रमित हुने हरूको सङ्ख्या प्रत्येक दुई देखि तिन दिनमा दोब्बर भएको देखिरहँदा राज्यका स्वास्थ्य मन्त्री ब्राड हाजार्डले उक्त सङ्क्रमण अस्ट्रेलियामा अहिले सम्म नदेखिएको सङ्ख्यामा हुने भन्दै सचेत गराएका छन्।

  

"हामीलाई के भनिएको छ भने हामीले दैनिक २५,००० सम्मको सङ्क्रमण सङ्ख्या हेर्नु पर्ने हुन सक्छ।" 

Covid-19 Hospital
Source: AAP

यदि सङ्क्रमण सङ्ख्या मन्त्री हाजार्डले भनेको जस्तै गतिमा बढ्ने हो भने प्रमुख प्रश्न के रहन्छ भने कति मानिसहरूलाई यसका कारण अस्पताल भर्ना गर्नु पर्छ र कतिलाई सघन उपचार कक्षमा उपचार गराउने अवस्था आउँछ।

ब्राड हाजार्ड भन्छन् राज्य सरकारले अस्पताल प्रणाली यो अवस्थाका लागी तयार रहेको सुनिश्चित गर्न राज्य सरकारले धेरै काम गरेको छ।

"न्यु साउथ वेल्स सरकारले हाम्रा सघन उपचार कक्षहरू सक्षम रहेको सुनिश्चित गर्न धेरै काम गरेको छ , र हाम्रा अस्पतालहरू पनि निकै सबल छन्।"

न्यु साउथ वेल्स को नर्स तथा मिडवाइफ एसोसिएसनका महासचिव ब्रेट होम्सले राज्यमा अस्पतालका बेड र आवश्यक सामाग्रीहरू पर्याप्त रहेको बताउँछन्- तर यसका लागी  सघन उपचार कक्षमा काम गर्ने नर्सहरूको भने अभाव छ।

A supplied image of ICU staff caring for COVID-19 positive patients in the ICU of St Vincent’s Hospital in Sydney
A supplied image of ICU staff caring for COVID-19 positive patients in the ICU of St Vincent’s Hospital in Sydney Source: AAP

ब्रेट होम्सले प्रत्येक सघन उपचार कक्षमा कम्तीमा पनि थप चार नर्सको आवश्यकता रहेको बताएका छन्।

"हामीलाई ४  देखि  ८ जनासम्म सघन उपचार कक्षमा काम गर्ने नर्सहरूको आवश्यकता छ, प्रत्येक सिफ्टमा ताकि भेन्टिलेसनमा रहेका बिरामीहरूलाई एक बिरामीलाई  एक नर्सले हेरुन्।"

नर्सहरूको सङ्ख्या कम रहेको सँग सँगै उनको अर्को चिन्ता भनेको दुई वर्ष भन्दा बढी महामारीसँग जुधिरहेको कार्यबल थकित भएकोबारे छ। उनले योजना बनाउने क्रममा यो विषयमा पनि ध्यान पुर्याउनु पर्ने बताएका छन्।

यस विषयमा तयार पारिएको रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिस्नर्सकी  अध्यक्ष डाक्टर क्यारन प्राइसले गर्मी सिजनमा कर्मचारीहरू परिचालन गर्न चुनौतीपूर्ण हुने बिचार राखेकी छन्।

उनी भन्छिन् जीपीहरू कोभिड-१९ बूस्टर खोप वितरणमा व्यस्त छन् र यसको माग आगामी महिनामा झन् वृद्धि हुन्छ जब ५ देखि ११ वर्षका बालबालिकाले पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थाल्छन्। जसको लागी खोप वितरण जनवरी १० तारिख बाट सुरु हुँदैछ।

डाक्टर प्राइस भन्छिन्  गर्मी मौसममा अस्पतालहरू प्राय भरिभराउ नै हुन्छन्।

"हाम्रा अस्पतालहरूमा निकै ठुलो चाप छ र हाम्रो जनरल प्राक्टिस त्यसको बोझ केही कम गराउन तत्पर रहेको छ तर सबै जना थकित भइसकेका छन् र यो कार्यबललाई लिएर भने थोरै चिन्ता रहेको छ।"

प्रतिबन्धहरू खुल्दै गर्दा न्यु साउथ वेल्समा सामान  खरिद गर्न जाँदा मास्क लगाउनै पर्ने व्यवस्था नभए पनि प्रमुख स्वास्थ्य अधिकारी डाक्टर केरी च्यान्ट भने मास्क लगाउन आग्रह गर्छिन्।

ओमिक्रन भेरिएन्ट देखिए सँगै भिक्टोरियामा पसलहरूमा जाँदा मास्क लगाउनु पर्ने नियमलाई राज्य सरकारले यथावतै राखेको छ।

र राज्यका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले राम्रो सँग वायु सञ्चार हुने स्थानमा बस्नु  र मास्क लगाउनुको महत्त्वमाथि जोड दिएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now