उनीहरूले मानिसहरूमा कोरोना भाइरस लागेको कुकुरले सुँघेर पत्ता लगाउन सक्छ कि भन्ने बारे अध्ययन गरिरहेका छन्।
विश्वका विभिन्न इन्स्टिच्युटहरूले मानिसहरूको असल मित्र मानिएको कुकुरले कोरोना भाइरस विरुद्धको लडाइमा पनि मानिसहरूको साथ दिन्छ कि भन्ने बारे खोजी गरिरहेका छन्।
औषधिहरू बारे पत्ता लगाउने कुकुरहरूलाई तालिम प्रदान गर्ने 'मेडिकल डिटेक्सन डग्स' ले ६ वटा कुकुरहरू उपलब्ध गराउने र उनीहरूलाई चाडै मानिसहरूमा कोभिड-१९ भएको पत्ता लगाउन तालिम दिइने बताइएको छ।
यसले गर्दा आगामी दिनहरूमा कोभिड-१९ महामारी फैलनबाट रोक्न सकिने विश्वास गरिएको छ।

Source: AAP
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र डरहम विश्वविद्यालयको टोलीहरूले उक्त प्रोजेक्टका लागी कुकुरहरू तयारी अवस्थामा रहेको बताएका छन्।
र उनीहरू ६ देखि ८ हप्ता सम्ममा उक्त रोगलाई सुँघेर थाहा पाउन सक्ने हुन्छन् ।
उक्त परोपकारी कदम कोरोना सङ्क्रमणलाई कुनै स्वास्थ्य प्रक्रिया बिना नै पत्ता लगाउने र यो महामारीको अन्त्य गर्ने मुख्य उद्देश्यका साथ अगाडी बढिरहेको छ।
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका डा जेम्स लोगनले मलेरियाका बिरामीहरूलाई पत्ता लगाउन कुकुरहरूको प्रयोग गर्ने कदम सही साबित हुँदा कोरोना भाइरस सङ्क्रमणका सम्बन्धमा पनि सोही अवधारणा ल्याइएको बताएका छन्।

An Indian doctor conducts a swab test for corona virus in Guwahati Medical College Hospital (GMCH) in Gauhati, India, Sunday, May 17, 2020. Source: AAP
डा. लोगनले डरहम विश्वविद्यालयको जैविक विज्ञान सङ्कायमा कार्यरत प्रोफेसर स्टिभ लिन्ज़ी सँग मिलेर काम गरिरहेका छन्।
र एक पटक कोभिड -१९ का बिरामीहरूको सङ्ख्या न्यून भइसके पछि सबैभन्दा ठुलो काम भनेको नयाँ सङ्क्रमणहरूलाई फैलन नदिनु भएको बताउँदै लिन्जी भन्छन् यसमा यस्ता तालिम प्राप्त कुकुरहरूको भूमिका महत्त्वपूर्ण हुन्छ।
पेरिस भन्दा केही पर मात्र पनि यस्तै किसिमको प्रयोग भइरहेको छ।
फ्रान्सको राष्ट्रिय भेटेनरी कलेजका अनुसन्धानकर्ताहरूले उनीहरूको खोज र उद्दारका लागी प्रयोग हुने कुकुरहरूलाई कोरोना भाइरस विरुद्धको लडाइमा पनि महत्त्वपूर्ण भूमिका दिन सकिने बारे अध्ययन गरिरहेका छन्।
फ्रान्सेली अग्नि सेवा कर्मचारीहरूलाई सहयोग पुर्याउन तालिम प्राप्त त्यस्ता कुकुरहरूलाई कोभीड-१९ सङ्क्रमण रोक्ने कार्यका लागी पनि प्रयोग गर्न सकिने बारे सोचिएको हो ।
उनीहरूको बेल्जियन सेफर्ड प्रजातिका कुकुरहरूलाई डडेलो लागेको र प्राकृतिक प्रकोप समयमा मानिसहरू खोज्न, र केहीलाई औषधि तथा विस्फोटक जन्य पदार्थहरू सुँघेर पत्ता लगाउन पनि प्रयोग गर्ने गरिएको छ।
तर उनीहरूले कोभिड-१९ सङ्क्रमितलाई सुँघेर पत्ता लगाउन सक्छन् भन्ने चाहिँ अहिले सम्म प्रमाणित भएको छैन।
फ्रान्सेली प्रयोगशालाका टोलीले बेल्जियम, कर्सिका, लेबनान र चाँडै ब्राजिलका टोलीसँग पनि सहकार्य गर्दै छन्।

Source: Reuters
पेरिसमा जारी काम संयुक्त राज्य अमेरिकाको पेन भेटस् वोर्किंग सेन्टरमा भइरहेको काम भन्दा फरक रहेको छ।
उक्त केन्द्रका निर्देशक डा. सिन्थिया ओट्टोले कुकुरहरूमा पाठेघरको क्यान्सर र जीवाणुहरूले लाग्ने रोगहरूसँग सम्बन्धित न्यून तहको जैविक मिश्रण पत्ता लगाउने क्षमता हुने बताएकी छन्।
उक्त जैविक मिश्रण रगत, खकार, पिसाब र श्वासमा पाइन्छ।
डा. ओट्टो विश्वास गर्छिन् कुकुरहरूको अत्यधिक संवेदनशील नाकले कोरोना भाइरसलाई लिएर पनि त्यस्तै काम गर्न सक्छ।
उक्त सिद्धान्तलाई प्रमाणित गर्न पेनका खोजकर्ताहरूले ८ वटा ल्याब्राडर प्रजातिका कुकुरहरू परिचालित गर्दै छन्।
केही हप्ताहरूको अन्तरालमा ती कुकुरहरूलाई कोरोना भाइरस रहेको र्याल र पिसाब भएको ठाउँमा लगिने छ।

Source: SBS
अमेरिकी अनुसन्धानकर्ताहरू यो प्रयोगको व्यवहारिक महत्त्व रहेको र यसले विद्युतीय सुँघ्ने क्षमता भएको नाकको विकास गर्न मद्दत पुर्याउने बताएका छन्।
डा. ओट्टोका लागि यो प्रक्रियामा एक बाधक भनेको यस्ता कामका लागी प्रयोग हुने कुकुरहरूको उपलब्धता हो।
प्रयोगशालाका लागी चाहिने कुकुर विशेष प्रकारको हुनु पर्दछ।
उनीहरूमा सही सिप र कला मात्र नभएर लामो समय सम्म प्रयोगकर्ताहरूलाई आफू माथि ध्यान दिन नरोक्ने संयमता पनि हुनुपर्दछ।
डा. नाथन हल टेक्सस टेक विश्वविद्यालयको एक प्रयोगशालाका निर्देशक हुन् र उनी पनि कुकुरहरूले भाइरस पत्ता लगाउन सक्ने क्षमता राख्ने विश्वास गर्छन्। तर साथै उनले धेरै आशा नराख्न पनि सचेत गराएका छन्।
यी प्रयोगहरू फलदायी हुन्छन् कि हुँदैनन् भन्ने कुरा आगामी दिनहरूमा प्रस्ट हुने नै छ।
यो पनि पढ्नुहोस्

सुँघ्ने क्षमतामा कमी पनि कोभीड-१९ को लक्षण ?