SKIP TO MAIN CONTENT

मेलबर्नमा बेचिएको अङ्गुरमा सियो भेटियो

पश्चिमी मेलबर्न स्थित एक पसलबाट बिक्री वितरण भएको भनिएको अङ्गुरमा सियो भेटिएको एक महिलाले दाबी गरेकी छिन्।

A photo of the grape uploaded to social media.
A photo of the grape uploaded to social media. Source: Facebook

1 min read

Published

Updated



Skip to article content

आइतबार क्यारोलाइन स्प्रिङ्ग्सको एल्डीबाट खरिद गरिएको भनिएको अङ्गुरको एक दानामा सियो भेटिए पछि प्रहरीकहाँ उजुरी परेको छ।

फेसबुकमा एक महिलाले आफूद्वारा खरिद गरिएको अङ्गुरमा सियो भेटिएको भन्दै फेसबुकमा पोस्ट गरेकी थिइन।

“अङ्गुरहरू खानु पूर्व एक चोटि अवश्य पनि निरीक्षण गर्नुहोस्…विशेष गरी आफ्ना बालबालिकालाई अङ्गुर खुवाउन लाग्नुभएको छ भने," उनले फेसबुकमा लेखेकी छिन्।

यसबारे भिक्टोरिया प्रहरीले आफूहरूबाट थप अनुसन्धान भइरहेको पुष्टि गरेको छ।

एल्डी अस्ट्रेलियाकी एक प्रवक्ताले खाद्य पदार्थमा मिसावट गर्नु गैरकानूनी कार्य रहेको बताएकी छिन्।

“उजुरी परेका सबै मामिलाहरूमा हामी अधिकारीहरूलाई सहयोग गर्छौँ,” उनले भनिन्।

दुई हप्ता अघि मात्र मेलबर्न कै एक पूर्वीय सबर्बमा बेच्न राखिएको स्ट्रबेरीमा भेटिएको भनिएको एक सियोले घोचेको भन्दै एक महिलाले अस्पताल भर्ना हुनुपरेको बताएकी थिइन्।

गत वर्ष, अस्ट्रेलिया भर बेचिएका स्ट्रबेरीहरूमा सियो र सुई जस्ता घातक वस्तुहरू भेटिएका भन्दै १०० भन्दा पनि बढी उजुरीहरू प्राप्त भएका थिए जसको प्रतिक्रिया स्वरूप सरकारले खाद्य सामाग्रीहरूमा मिसावट गर्नेहरूलाई हदैसम्मको कारबाही हुने बताएको थियो।

भिक्टोरिया प्रहरीका अनुसार उक्त राज्यमा बिक्री-वितरण हुने खानेकुरामा मिसावट गर्ने व्यक्तिहरूलाई जरिवाना सहित १० वर्षसम्मको जेल सजाय हुनसक्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now