फेरी भेटियो स्ट्रबेरीमा सियो, प्रहरीद्वारा छानबिन सुरु

मेलबर्नका उत्तरी सबर्बहरुमा बेचिएका स्ट्रबेरीहरूमा पुनः सियो भेटिएपछि स्थानीय प्रहरीले यसबारे आवश्यक छानबिन अगाडी बढाएको बताएको छ।

Needles in strawberries found

Needles found in Melbourne strawberries Source: 3AW / Pexels Suzy Hazelwood

भिक्टोरियाको प्रहरीका अनुसार उत्तरी मेलबर्नका दुई छुट्टाछुट्टै स्थानहरूमा बेचिएको स्ट्रबेरीमा फेरी सियो भेटिए पछि अनुसन्धान अगाडी बढाइएको छ।

यी मध्ये एउटा घटना फेयरफिल्ड स्थित एक पसलबाट किनिएको स्ट्रबेरीमा अगस्ट महिनाको २५ तारिखमा पाइएको थियो र प्रहरीलाई १० सेप्टेम्बरमा जानकारी दिइएको थियो।

पछिल्लो घटना भने आइतबार साँझ घटेको र प्रहरीलाई सोमबार खबर गरिएको बताइएको छ।

‘म एकदमै “लक्की” रहेछु’

Strawberry fields forever.
Consumers are rallying behind strawberry farmers. Source: SBS

एबीसीका अनुसार स्काई विल्सन-राइटले आफ्नो ३०औँ जन्मोत्सव मनाउने क्रममा आफ्नी एक साथीले बनाएको केकमा माथि पट्टि साजसज्जाका लागि राखिएको स्ट्रबेरीमा कथित रूपमा सियो भेटेकी थिइन्।

“मैले त स्ट्रबेरीको पात वा डाँठ होला भनी ठानेको थिएँ, तर जब मुखबाट निकालेर हेरेँ, त्यो त पिन पो रहेछ,” उनले घटना बारे खुलाउँदै भनिन्।

उनको साथीले उक्त केकमा प्रयोग भएका स्ट्रबेरीहरू एल्टह्यामको कोल्सबाट खरिद गरेको बताएको छ।

म त अक्क न बक्क परेँ, बुझ्नै सकिन के भई राखेको छ भनेर, मेरा दुई बच्चाहरूले पनि ती स्ट्रबेरीहरू मुखमा हाल्नै लागेका थिए, धन्य मैले मात्र त्यो नराम्रो स्ट्रबेरी पाएँ,” विल्सन-राइटले भनिन्।

विल्सन-राइटकी आमा लोरेल विल्सनले भने उनको छोरीले उक्त धातु निल्नबाट बचे पनि उनलाई घोचेको जस्तो निकै पिडादायक अनुभव भएपछि एक्सरेका लागि अस्टिन अस्पताल लगिएको थियो।

“हामीले त स्काईले अर्को सियो पनि निलिन कि भन्ने लागेको थियो,” विल्सनले भनिन्।

सरकारी प्रतिबद्धता र सजाय

Australia's Prime Minister Scott Morrison is seen during a visit to a strawberry farm in Chambers Flat in southeast Queensland, Monday, November 5, 2018. (AAP Image/Tim Marsden) NO ARCHIVING
"स्ट्रबेरी खान नडराउनुहोस्" भन्दै अघिल्लो बर्ष प्रधानमन्त्री स्कट मोरिसन एक स्ट्रबेरी फार्ममा Source: AAP

लगभग एक वर्ष अघि स्ट्रबेरीहरू लगायतका खाद्य सामाग्रीहरूमा सियो र सुई जस्ता वस्तुहरू नरहेको सुनिश्चित गर्न एक्स-रे वा धातु पहिचान गर्ने मेसिनको प्रयोग गर्न मोरिशन सरकारले आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको थियो।

कथित रूपमा मिसावट भएको भनिएको उक्त स्ट्रबेरी बेच बिखन गरेको कोल्सले भने आफ्नो आपूर्तिकर्ताले सबै फलहरू धातुको वस्तुहरू पत्ता लगाउने “मेटल डिटेक्टर”बाट जाँचेर मात्र आफूकहाँ पठाउने बताएको छ।

“कोल्सले बेच्ने सबै खाद्य सामाग्रीहरूको सुरक्षित छन् भन्ने कुरामा हामी एकदमै ध्यान दिन्छौँ र पछिल्लो घटनाका पीडित ग्राहकसँग उनले उजुरी दिएपछि हामीले संवाद सुरु गरिसकेका छौँ,” कोल्सकी एक प्रवक्ताले भनिन्।

गत वर्ष, अस्ट्रेलिया भर बेचिएका स्ट्रबेरीहरूमा सियो र सुई जस्ता घातक वस्तुहरू भेटिएका भन्दै १०० भन्दा पनि बढी उजुरीहरू प्राप्त भएका थिए जसको प्रतिक्रिया स्वरूप सरकारले खाद्य सामाग्रीहरूमा मिसावट गर्नेहरूलाई हदैसम्मको कारबाही हुने बताएको थियो।

“हामी समुदायका सदस्यहरूलाई स्मरण गराउँछौँ कि खानेकुरामा मिसावट गर्ने व्यक्तिहरूलाई जरिवाना सहित १० वर्षसम्मको जेल सजाय हुनसक्छ र यो एक निकै गम्भीर प्रकृतिको अपराध हो,” भिक्टोरिया प्रहरीका एक प्रवक्ताले भने।

राज्यकी प्रहरी मन्त्री लिसा नेभिलले भने यस्ता मामिलाहरू हाल गर्न प्राय गाह्रो हुने भएता पनि प्रहरीले यस्ता गतिविधिलाई निकै गम्भीरता पूर्वक लिने र दोषीलाई हदैसम्मको कारबाही हुने बताइन्।

Victorian Police Minister Lisa Neville announced the new Farm Crime Coordination Unit.
Victorian Police Minister Lisa Neville announced the new Farm Crime Coordination Unit. Source: AAP

3 min read

Published

Source: ABC Australia




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now