SKIP TO MAIN CONTENT

अस्ट्रेलिया जान उपयुक्त नरहेको चीन सरकारको सल्लाह

जातिभेद र रंगभेदका क्रियाकलाप पछिल्ला दिनहरुमा निकै बढेका भन्दै, चीनले आफ्ना नागरिकहरुलाई अस्ट्रेलिया नजान सल्लाह दिएको छ।

Chinese tourists take in the sites of the Sydney Harbour Bridge and the Sydney Opera House from Mrs Macquarie's Chair in Sydney.
Chinese tourists take in the sites of the Sydney Harbour Bridge Source: AAP

2 min read

Published

By SBS Nepali

Source: SBS


Skip to article content

चीनको पर्यटन तथा सँस्कृति मन्त्रालयले हिजो जारी गरेको एक विज्ञप्तिमा अस्ट्रेलियामा हालै जातिभेदी र रंगभेदी बढ्दै गरेको कुरा उल्लेख छ। 

कोरोनाभाईरस पछि विशेषगरी चिनियाँ वा अन्य एशियाली मूलका मानिसहरुमाथि यस किसमको दुर्व्यावहार बढ्दै गएको कुरा प्रकाशमा आएको उक्त विज्ञप्तिले जानकारी दिएको छ।

“यसै कुरालाई मध्देनजर गर्दै चीनका पर्यटकहरुलाई सुरक्षित-उपाय अपनाउन र अस्ट्रेलिया भ्रमण नगर्न सल्लाह दिन्छ,” प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।

चीन सरकारको यस निर्णय- त्यहाँबाट प्रकाशित हुने एक पत्रिकामा यससम्बन्धमा समाचार प्रकाशित भएपछि आएको हो। चिनियाँ सरकारको स्वामित्वमा रहेको ग्लोबल टाईम्सले अस्ट्रेलियामा गई पढ्ने योजनामा रहेका चिनियाँ विधार्थीहरुको विशेष ध्यानाकृष्टगरेको थियो।

“अस्ट्रेलिया गई पढ्ने ईच्छा हुनेले निकै सजगता अपनाउन अपरिहार्य छ,” उक्त पत्रिकाको समपादकियमा भनिएको थियो।

चीन सरकारको यो पछिल्लो सल्लाहले अस्ट्रेलियाको अर्थतन्त्रलाई प्रभाव पार्ने प्रष्ट देखिन्छ। चिनियाँ पर्यटकहरु अस्ट्रेलियामा सबैभन्दा बढी संख्यामा आउनेमा पर्छन् र उनीहरुको स्थानिय अर्थतन्त्रका लागि झण्डै १२ अर्ब डलरको योगदान रहेको बताईन्छ।

Graduation photo shoot at Curtin University , Western Australia, Australia.
Chinese students studying abroad dressed in academic gowns pose during a graduation photo shoot at Curtin University in Bentley, Perth Source: Imaginechina

त्यस्तै चिनियाँ बिधार्थीहरुको पनि यहाँको अर्थतन्त्रमा ठूलो प्रभाव रहेको छ।

यता कोरोनाभाईरसका कारण चिनियाँ मूलका मानिसहरुमाथि दुर्व्वहार बढको कुरा समाचारहरुमा आउदै गरेका छन्। 

अस्ट्रेलियाको मानब अधिकार आयोगले यसबर्षको फेब्रुररि महिनामा जातिभेद सम्बन्धि गुनासो निकै मात्रामा आएको जानकारी दिएको छ।

द एशियन अस्ट्रेलियान एलायंसले यस सम्बन्धका गुनासोहरु सँगाल्ने एक अनलाईन मञ्च पनि तयार गरेको छ। यसका अनुसार यसरी कोरोनाभाइरसका कारण दुर्व्यवहारको पीडा पाउनेहरुमा ६० प्रतिशतभन्दा बढी महिलाहरु रहेको र यि मध्ये धेरैले प्रहरि समक्ष गुनासो नगरेको उल्लेख गरेको छ।

चिनियाँ सरकारको यो पछिल्लो निर्णयले दुई देश बिचको सम्बन्धमा बढ्दै गएको तनाव झनै बल्झिन सक्ने संभावना बढेर गएको छ।

गत महिना मात्र चीनले अस्ट्रेलियाका जौ उत्पादनमा ८० प्रतिशत कर थपेको थियो भने, चार प्रमुख कषि उत्पादकहरुलाई गलत सूचना संप्रेषण गरेको भन्दै प्रतिबन्धित गरेको थियो।

कोरोनाभाईरसको सम्बन्धमा एक स्वतन्त्र जाँच हुनु पर्छ भन्ने अस्ट्रेलियाको आग्रहले गर्दा चीनले दुई पक्षिय सम्बन्ध बिगार्दै गरेको केहिले आरोप लगाउदै आएका छन्।

तर चीनले भने आफ्ना निर्णयहरुको बदलाको भावनाले अभिप्रेरित नभएको दावी गरेको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now