मुख्य विषय
- अस्ट्रेलिया चीन सम्बन्धमा थप दरार
- चीन भन्छ “तिमीहरूको सामानको आवश्यकता छैन”
- अस्ट्रेलियाको ४० प्रतिशत वाइन चीनमा खपत
अस्ट्रेलियामा उत्पादित वाइन,तामा,जौ,कोइला, काठ र लोब्स्टर लगायतमा प्रतिबन्ध लगाउने सरकारी निर्णयको चिनियाँ पत्रिकाले पुष्टि गरेको हो ।
सांघाईमा भइरहेको संसारकै सबैभन्दा ठुलो व्यापार मेलामा संसारभरबाट मानिसहरूलाई आउन र खरिदका लागि आग्रह गरिरहेको छ ।
तर उसले अस्ट्रेलियालाई भने तिमीहरूको समानको आवश्यकता छैन भन्ने सन्देश दिएको छ ।
दुई देश बिचको तनाव बढ्दो अवस्थामा रहेका बेला बेइजिङका लागि अस्ट्रेलियाली राजदूत ग्राहम फ्लेचर भने व्यापार मेलामा देखिएका छन् ।
चिनिया विश्लेषकहरूको विश्वास छ कि संघाईमा भइरहेको चिनिया अन्तर्राष्ट्रिय आयात एक्सपोमा अस्ट्रेलियाली राजदूतको उपस्थितिले अस्ट्रेलियाका लागि चिनिया बजारको आवश्यकता झल्काउँछ , चीनले अस्ट्रेलियाका ७ प्रकारका सामान आयात गर्नबाट रोकेको छ
सरकार नियन्त्रित समाचार संस्था ग्लोबल टाईम्सले अस्ट्रेलियाबाट आयात हुने ७ किसिमका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लाग्ने कुराको पुष्टि गरेको छ ।

पत्रिका लेख्छ “चिनिया विश्लेषकहरूको विश्वास छ कि संघाईमा भइरहेको चिनिया अन्तर्राष्ट्रिय आयात एक्सपोमा अस्ट्रेलियाली राजदूतको उपस्थितिले अस्ट्रेलियाका लागि चिनिया बजारको आवश्यकता झल्काउँछ , चीनले अस्ट्रेलियाका ७ प्रकारका सामान आयात गर्नबाट रोकेको छ ”
चीन अस्ट्रेलियाका लागि वाइनका लागि सबैभन्दा ठुलो बजार हो ।
यहाँ उत्पादित ४० प्रतिशत वाइन चीनमा बिक्री हुन्छ ।
अस्ट्रेलियन ग्रेप एन्ड वाइनका टोनि बट्टागलिन साना वाइन व्यापारी चिनिया प्रतिबन्ध पछि सञ्चालन हुन नसक्ने अवस्थामा पुग्ने बताउँछन् ।
यदि चीनको यो कदम साँचो हो भने यस अघि निर्यात प्रतिबन्धमा परेका कोइला, काठ र लोब्स्टर जस्तै वाइनले पनि यसलाई पछ्याउनेछ ।
व्यापार विश्लेषक एवम् बोलोग्ना विश्वविद्यालय जियोभन्नी डी लेतो भन्छन् कि चीनले मध्यम आकारका व्यापारलाई लक्षित गरेको छ ।
६० अर्व डलरको फलाममा प्रतिबन्ध नलगाएर समुन्द्री खाना र वाइन जस्ता उत्पादनमा प्रतिबन्ध लगाइएको छ ।
डी लेटो भन्छन् “यस्तो लाग्दै छ की चीन सँगको सम्बन्धमा निर्दोष व्यक्तिहरू परी रहेका छन्। ”
प्रतिबन्धको पुष्टि हुनु अघि सम्म पनि विदेश मन्त्री मरिस पाइन चीनले अन्तर्राष्ट्रिय व्यापारको नियमलाई नजर अन्दाज नगर्न आग्रह गदै थिइन् ।

उनी भन्छिन् “हामी चीनलाई प्रोत्साहित गछौ, हाम्रा उद्योगहरू सँग काम गर्न र सामानहरू उचित तरीकाले चीनमा प्रवेश गराउनका लागि मद्दत गर्न ”
लिन्कोनफिल्डका डेमियल ह्वाईट जस्ता केही वाइन उत्पादकहरूका लागि भने यो अस्थिरताले व्यापारका नयाँ गतव्यको खोजी गर्न बाध्य बनाएको छ ।
उनी भन्छन् “हामी सदैव एक बलियो साझेदार सँग सम्बन्ध गाँस्न खोजिरहेका हुन्छौ,हामी अहिले युरोपमा बजार खोजी रहेका छौ, बेल्जियम राम्रो साझेदारका रूपमा देखिएको छ”
चीनलाई स्थानीय उत्पादकबाट पनि अस्ट्रेलिया सँगको व्यापार सम्बन्ध सुर्धान दबाब परी रहेको छ ।
