SKIP TO MAIN CONTENT

चिनियाँ सरकारी मिडियाद्वारा अस्ट्रेलिया माथि जासुसीको आरोप

चीनको कम्युनिस्ट पार्टीद्वारा सञ्चालित ग्लोबल टाइम्स अखबारले अस्ट्रेलियाद्वारा बेजिङ्ग विरुद्ध बृहत् रूपमा जासुसी क्रियाकलाप गरेको समाचार प्रकाशित गरेको छ।

The Chinese flag is seen at the Chinese Embassy in Canberra.
The Chinese flag is seen at the Chinese Embassy in Canberra. Source: AAP

2 min read

Published

Updated



Skip to article content

केही समय यतादेखि अस्ट्रेलिया-चीन दौत्य सम्बन्धमा देखिएको फाटो बढ्दै जाँदा, अस्ट्रेलियाले बेजिङ्ग विरुद्ध जासुसी काम कारबाही बढाएको आरोप लागेको हो।

उक्त प्रकाशनका अनुसार, अस्ट्रेलियाले विगत केही समयदेखि आफ्ना थुप्रै जासुसहरू चीन पठाएर जासुसी क्रियाकलापमा तदारुकता देखाएको छ।

ग्लोबल टाइम्सले अस्ट्रेलियाद्वारा चिनियाँहरूलाई पलायनका निमित्त भड्काइ रहेको आरोप लगाउनुका साथै चिनियाँ विद्यार्थीहरू माथि पनि जासुसी गरिरहेको एवं चिनियाँहरूद्वारा जासुसी गरिरहेको भन्दै मिडियालाई “फेक न्युज” बाँडिरहेको जनाएको छ।

एक चिनियाँ कानुन कार्यान्वयन निकायमा कार्यरत स्रोतको हवाला दिँदै उक्त पत्रिकाले सो समाचार छापेको हो।

समाचारमा अस्ट्रेलियाद्वारा क्यानबेरा स्थित चिनियाँ राजदूतावासमा गरिएको कुराकानी सुन्न गोप्य संयन्त्र जडान गरेको दाबी गरिएको छ।

सोमबार आयोजित एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्कट मरिसनले यो विषय माथि सोधिएको प्रश्न सम्बोधन गर्न चाहेनन्।

“तपाईँको प्रश्नको आधार चिनियाँ सरकारी मिडिया हो जसमा म भर गर्दिन,” मरिसनले संक्षिप्त उत्तर दिँदै भने।

ग्लोबल टाइम्सद्वारा उक्त समाचारसँगै प्रकाशित गरेको केही तस्बिरहरूमा जासुसी गर्न प्रयोग गरिएको सर-सामान भन्दै एक थान दिशा बोध गराउने यन्त्र - कम्पास, फ्लाश ड्राइभ, नोट बुक, मास्क, पन्जा, चिनियाँ युयान र शाङ्घाइ रेलको नक्सा देखाइएको छ।

उक्त पत्रिकाका अनुसार ती सामाग्रीहरू अस्ट्रेलियाली एजेन्टहरूलाई पक्राउ गर्दा बरामद गरिएको हो र चिनियाँ संयन्त्रहरूले यस किसिमको गतिविधि माथि कडा रवैया अपनाइने नीति अख्तियार गरेका छन्।

Australia wants a global inquiry into coronavirus - but how would it work?
Liberal MP Dave Sharma. Source: AAP

पूर्व कुटनितिग्य तथा सङ्घीय लिबरल सांसद देव शर्माका अनुसार ग्लोबल टाइम्समा प्रकाशित समाचारमा विस्वास्नियताको कमी छ।

“यो पानीलाई हिलो पार्न डिजाइन गरिएको एक क्लासिक डिसफर्मेशन अभियान हो,” उनले स्काई न्युजलाई भने।

केही दिन अगि मात्र अस्ट्रेलियाका सुरक्षा एवं जासुसी एजेन्सीहरूद्वारा विपक्षी लेबर पार्टीका न्यु साउथ वेल्स राज्यमा सांसद रहेका एक नेता, शौकात मोसल्मानेको सिड्नी स्थित रक्डेलमा रहेको घरमा छापा मारेका थिए।

अस्ट्रेलियाली सङ्घीय प्रहरी र गुप्तचरी निकाय - एजियोद्वारा गरिएको उक्त कारबाहीको कारण ती नेताको कार्यालयमा चिनियाँ एजेन्टहरूको घुसपैठ रहेको बताइएको छ।

सो छापा पछि पहिलो पटक सार्वजनिक रूपमा सोमबार बोल्दै मोसल्मानेले अस्ट्रेलियाली अनुसन्धानमा आफू सन्दिग्ध व्यक्ति नरहेको बताएका छन्।

“मैले केही पनि बिगार गरेको छैन। मैले कहिले पनि यो राष्ट्रलाई जोखिममा पारेको छैन,” उनले भने।

अघिल्लो हप्ता पार्टीबाट निष्कासित गरिएका शौकात मोसल्मानेलाई न्यु साउथ वेल्स संसद्बाट निलम्बन गरिने आशङ्का छ।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now