SKIP TO MAIN CONTENT

अस्ट्रेलिया दिवसको दिन स्थानिय काउन्सिलहरूले नागरिकता समारोह आयोजना गर्नै पर्ने सङ्घीय सरकारको उर्दी

सङ्घीय सरकारले जारी गरेको एक नयाँ नियमानुसार स्थानीय काउन्सिलहरूले अब २६ जनवरी या अस्ट्रेलिया दिवसका दिन नागरिकता वितरण समारोह अनिवार्य रूपमा आयोजना गर्नुपर्नेछ।

A citizenship ceremony at Willoughby Council.
A citizenship ceremony at Willoughby Council. Source: Twitter - Willoughby Council

1 min read

Published

Updated

By Aneeta Bhole



Skip to article content

अध्यागमन मन्त्री डेभिड कोल्म्यनले अस्ट्रेलिया दिवस सबै पृष्ठभूमिका अस्ट्रेलियालीहरूका लागि आफ्नो देशको उत्सव मनाउने दिन रहेको बताउँदै भने, “हामी चाहान्छौं कि धेरै भन्दा धेरै मानिसहरूले २६ जनवरीमा आफ्नो नागरिकताको प्रमाणपत्र लिन पाउन् ।”

आदिवासिय अस्ट्रेलियालीहरूको सम्मानका लागि भन्दै दर्जनौँ काउन्सिलहरूले अस्ट्रेलिया दिवसको दिन नयाँ नागरिकहरूलाई स्वागत गर्ने लगायतका अन्य औपचारिक कार्यक्रमहरू रद्द गरेका थिए।

अब भने, उक्त निर्देशनको पालना नगर्ने स्थानीय निकायहरूको नागरिकता समारोह गर्ने अधिकार खोसिने पनि बताइएको छ।

Minister for Immigration David Coleman at a press conference at Parliament House in Canberra, Tuesday, September 17, 2019. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Immigration Minister David Coleman will bring on legislation to strengthen the character test this week. Source: AAP

“अस्ट्रेलिया दिवसको दिन नागरिकता समारोह आयोजना नगर्ने काउन्सिलहरूको त्यस्तो अधिकार हामी फिर्ता लिनेछौँ र सङ्घीय सरकारले नै ती स्थानहरूमा नागरिकता समारोहहरू आयोजना गर्नेछ,” उनले सिड्नीका रेडियो प्रस्तोता रे ह्याडलीलाई भने।

साथै, ती स्थानीय निकायहरूले त्यस्ता कार्यक्रममा लगाउनु पर्ने पोसाक सम्बन्धी नियमहरू निर्माण र लागु पनि गराउनु पर्नेछ तर राष्ट्रिय एवं सांस्कृतिक पोसाकहरू लगाउन भने कुनै प्रतिबन्ध नहुने बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now