कोभिड-१९ अपडेट: गत हप्ता अस्ट्रेलियाको सङ्क्रमण सङ्ख्या विश्वव्यापी रूपमा तेस्रो स्थानमा

यो मङ्गलबार मे २३ तारिखको अस्ट्रेलियाको कोरोनाभाइरस अपडेट हो।

Australian states and territories reported fewer deaths over the weekend, but hospitalisations are rising in many jurisdictions. (file)

Source: AAP Image/Brendon Thorne

सोमबार अस्ट्रेलियामा कोभिड-१९ का कारण कम्तीमा ११ जनाको ज्यान गएको छ, जस मध्य भिक्टोरिया र न्यु साउथ वेल्सबाट प्रति राज्य पाँच जना र क्वीन्सल्यान्डबाट एक जना थिए। 

गत सप्ताहान्तमा अस्ट्रेलिया भर नयाँ सङ्क्रमण सङ्ख्या कम भएको थियो, तर केही क्षेत्रहरूमा अस्पताल भर्ने हुनेहरूको क्रम बढ्दो छ। 

भिक्टोरियामा ५५५ जनाको अस्पतालमा उपचार भइरहेको छ, जुन गत ४ अप्रिलदेखिको अधिक सङ्ख्या हो। 

त्यस्तै, उता अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ९१ जनाको कोभिड-१९ का लागि अस्पतालमा उपचार भइरहेको छ। आइतबार प्रदेशमा यो सङ्ख्या ९२ पुगेको थियो, जुन महामारी सुरु भए देखिको उच्च सङ्ख्या हो।

गत वर्ष विश्वभर सबैभन्दा धेरै साप्ताहिक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका देशहरू मध्य अस्ट्रेलिया तेस्रो स्थानमा परेको थियो। उक्त सात दिनमा देशभर ३,६५,१६८ सङ्क्रमित फेला परेका थिए। 

अमेरिका ७,००,१३१ सङ्क्रमितसँग पहिलो स्थानमा थिए भने चीन ५,०२,०६५ सङ्क्रमितसँग दोस्रो स्थानमा थियो। त्यसभन्दा अघिल्लो हप्तामा अस्ट्रेलिया चौथो स्थानमा थियो। 

उच्च र न्यून आय भएका देशहरू बीच कोभिड-१९ खोप उपलब्धतामा रहेको भिन्नतालाई हटाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। सङ्गठनका अनुसार न्यून आय भएका देशहरूमा केवल १६ प्रतिशत बासिन्दाहरूको खोपको पहिलो खुराक लगाएका छन् भने उच्च आय भएका देशमा उक्त सङ्ख्या ८० प्रतिशत रहेको छ। 

सङ्गठनका प्रमुख टेड्रोस अधानम गेब्रेयेसस भन्छन् कि महामारी जादु जसरी रूपमा हराउने छैन। 

"सबै ठाउँमा नसकिएसम्म कुनै ठाउँमा पनि हराउँदैन," उनले भने। 

परीक्षण दर घटे तापनि सङ्क्रमण सङ्ख्या सबै क्षेत्रका करिब ७० राष्ट्रहरूमा बढिरहेको उनले जानकारी दिए।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now