कोरोनभाइरसले मान्छेको दिमागमा के बिगार गर्छ?

कोभिड-१९ ले मानव मस्तिष्कमाथि गर्ने हानीहरु मध्य डेलिरियम, मस्तिष्कको सुन्निने, र स्ट्रोकजस्ता घातक समस्याहरु पर्ने युनिभर्सिटी कलेज अफ लन्डनको एक अनुसन्धान टोलीले बताएका छन्।

Brain scan

Source: Dateline

ए.डी.इ.एम. अर्थात् एक्युट डिस्सेमिनेटेड इन्सेफ्यलोमाइलेटिस नाम गरेको एक विरल अवस्था कोरोनाभाइरसका बिरामीहरूमा देखापरेको छ।

यसमा मानव मस्तिष्क तथा मेरुदण्ड सुन्निएको देखिन्छ। 

केही बिरामीहरूमा सङ्क्रमणको समयमा गम्भीर श्वासप्रश्वासको समस्या नदेखिँदै मस्तिष्क सम्बन्धी समस्या देखिएको अनुसन्धानकर्ताहरूको भनाइ आएको हाे।

'ब्रेन' नामक पत्रिकामा प्रकाशित सो रिपोर्टका संयुक्त वरिष्ठ लेखक डाक्टर माइकल ज्यान्डीका अनुसार, कतिपय बिरामीहरूमा स्वास्प्रस्वासको समस्या धेरै गम्भीर नदेखिए पनि, दिमागको सुन्निएको भने देखापर्ने गरेको छ।

"Mini" strokes Illustration of a cerebrovascular accident (CVA) caused by an occlusion (atheromatous plaque which diminishes or obstructs the arterial lumen) in the carotid.
प्रतिकात्मक तस्विर Source: BSIP/Universal Images Group via Getty Images

यसले झन्डै एक शताब्दी अघि भएको इन्फ्लुएन्जा महामारीको जस्तै अवस्था सिर्जना गर्न सक्ने उनको भनाइ छ - "कोभिड-१९ का बिरामीहरूमा मस्तिष्क सम्बन्धी समस्या कत्तिको देखा पर्छ भन्ने बारे हामी सतर्क हुनुपर्छ।

१९१८ मा भएको इन्फ्लुएन्जा महामारीपछि १९२० र १९३० मा आएको एन्सेफलाइटिस लेथार्जिका प्रकोप जस्तै अवस्था फेरी पनि दोहोरिन सक्छ कि - त्यो हेर्नै बाँकी छ।"

१९१८ को इन्फ्लुएन्जा महामारीले अमेरिका, युरोप र चीनमा गरी संसारभर करिब ५ करोडको ज्यान लिएको थियो।

Influenza victims crowd into an emergency hospital near Fort Riley, Kansas in this 1918 file photo. The 1918 Spanish flu pandemic killed at least 20 million people worldwide and officials say that if the next pandemic resemblers the birdlike 1918 Spanish
Influenza victims crowd into an emergency hospital near Fort Riley, Kansas in this 1918 file photo. (AP Photo/National Museum of Health) Source: NATIONAL MUSEUM OF HEALTH AND ME

एन्सेफलाइटिस लेथार्जिकालाई "सुत्ने रोग" पनि भनिन्छ, जसमा बिरामीहरूमा उच्च ज्वरो, टाउको दुखाइ र शारीरिक र मानसिक प्रतिक्रियामा सुस्तपन जस्ता लक्षणहरू देखा पर्दछन्। अझै गहन अवस्थाहरूमा बिरामीहरू कोमामा समेत जान सक्छन्।

लन्डनको नेशनल हस्पिटल फर न्युरोलोजी एन्ड न्युरोसर्जरी (युसीएलएच) मा गरिएको यस अनुसन्धान अनुसार, कोभिड-१९ भएका या हुन सक्ने १६ देखि ८५ वर्षका ४३ जना व्यक्तिहरूको स्वास्थ्य अवस्थाको विस्तृत अध्ययन गरिएको हो।

परीक्षण गरिएका मध्य दस जनामा डेलिरियमका साथ ट्रान्सियेन्ट इन्सेफ्यालोप्याथी देखा परेको थियो।

यसमा बिरामीहरूको दिमागी प्रक्रियामा असामान्यता र सुस्तपना देखिनुका साथै सोच्ने, सुत्ने, सम्झिने, र ध्यान दिने कार्यहरूमा पनि अवरोध आउँदछ।

त्यस्तै १२ जनामा मस्तिष्कको सुन्निएको (ती मध्य ९ जनामा ए.डी.इ.एम.), ८ जनामा स्ट्रोक अर्थात् झड्का र अन्य ८ जनाको स्नायुमा हानी पुगेको पत्ता लागेको थियो।

Mental Health (image representational)
A woman with her head rested on her hand. Source: Flickr

यी सबै बिरामीहरूको मस्तिष्कमा कोभिड-१९ भाइरस भने देखा नपरेको हुनाले, यी दिमागी समस्याहरू भाइरसकै कारण नभएको हुन सक्ने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ।

केही बिरामीहरूमा भाइरस विरुद्ध शरीरले देखाएको प्रतिरोधक क्षमताका कारण पनि दिमागी रूपमा अवरोध आएको हुन सक्ने अध्ययनले देखाउँछ।

तर, सबै बिरामीमा यी समस्याहरू किन देखा परेको हो भन्ने बारे थप अनुसन्धान जारी छ।

युसीएल क्वीन स्क्वेर इन्स्टिच्युटमा कार्यरत यस रिपोर्टका संयुक्त लेखक डाक्टर रस प्याटर्सनका अनुसार, कोरोनाभाइरसक महामारी सुरु भएको केवल केही महिना भएको कारणले गर्दा यसले लामो अवधिसम्म दिमागमा के-कस्तो क्षति पुर्‍याउन सक्छ  भन्ने विषयमा ठोस निर्णय गर्न अझै समय लाग्ने छ।

यद्धपि, प्रारम्भिक निदान र उपचार गर्न सके सजिलो हुने भएकाले उपचारकर्ता र बिरामी दुवै यस विषयमा सतर्क हुनु पर्ने उनको भनाइ छ।

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या १ करोड नाघेको छ भने, मात्र अस्ट्रेलियामा करिब १०,००० मामिलाहरू देखा परेका छन्। 

अस्ट्रेलियामा भइरहेका कोरोनाभाइरसको अनुसन्धानका विषयमा जानकारीका लागि हामीले केही अनुसन्धानकर्ताहरूलाई सम्पर्क गरेका छौँ।

Coronavirus Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

3 min read

Published

Updated

By Dinita Rishal

Source: Reuters, SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now