अस्थायी भिसामा रहेकाहरुका लागि अस्ट्रेलियाली रेड क्रसको कोभिड-१९ आपतकालीन आर्थिक सहयोग अझै उपलब्ध

खाना, औषधि र बासस्थान जस्ता आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ महसूस गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरुको राहतका लागि भन्दै अस्ट्रेलियाली रेड क्रस द्वारा गत वर्ष देखिने आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

International students line up for food vouchers outside the Melbourne Town Hall.

International students lining up in the rain for food vouchers outside Melbourne Town Hall in June 2020. Source: Getty

कोरोनाभाइरसका कारण आर्थिक संकटमा रहेका अस्थायी भिसा धारकहरुलाई आपतकालीन सहयोगका लागि आवेदन हाल्न अस्ट्रेलियाली रेड क्रस द्वारा आग्रह गरिएको छ

अस्ट्रेलियामा हाल कोभिड-१९ का ४१ वटा सकृय केस रहेको बताइदा, रेड क्रस द्वारा उक्त आग्रह गरिएको हो।

खाना, औषधि र बासस्थान जस्ता आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ महसूस गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरुको राहतका लागि भन्दै अस्ट्रेलियाली रेड क्रस द्वारा गत वर्ष देखिनै आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

उक्त संस्था कि आप्रवासन सहायता बिभाग कि प्रमुख भिकी माउ भन्छिन कि मेडिकेयर वा सेन्टरलिंक जस्ता सरकारी सेवाहरुको प्रयोग गर्न नसक्नेहरुका लागि उपलब्ध उक्त राहत सहयोगका लागि अहिले सम्म झन्डै एक लाख अस्थायी भिसा धारकहरुले आवेदन हालिसकेका छन्।

साथै नयाँ आवेदकहरुलाई पनि सहायताको लागि अगाडी आउन प्रोत्साहित गर्दै उनले पहिला सहयोग पाईसकेकाहरुले पनि पुनः आवेदन हाल्नसक्ने बताइन।

Temporary visa holders face significant financial hardship during the coronavirus crisis.
Temporary visa holders face significant financial hardship during the coronavirus crisis. Source: AAP

अस्ट्रेलियाली नागरिक वा स्थायी निवासी नरहेका, धेरै वर्ष देखि अस्ट्रेलियामै बस्दै आएता पनि आफ्नो जागिर गुमाएका, आफ्नो घर फर्कनसक्ने अवस्थामा नरहेका, बैंक बचत घट्दै गएका र सामाजिक सहायता संजाल धेरै बलियो नरहेकाहरुले सहयोग पाउन सक्ने भिकी माउको भनाइ छ।

"रेड क्रसको आपतकालीन राहतका साथ् तपाईंलाई खाना, औषधि वा बिजुली र पानीको शुल्क तिर्न जस्ता आधारभूत आवश्यकता प्राप्त गर्न सहयोग गर्न सक्दछ", उनि भन्छिन्।

आपतकालीन राहत प्राप्त गर्न आवेदकहरुले आफ्नो भिसाको पछिल्लो अवस्थाका साथै आर्थिक संकटमा रहेको पुष्टि गर्ने बैंक खाता विवरण जस्ता प्रमाण पेश गर्नुपर्ने छ।

तर बैंकिंग विवरण दुई हप्ता भन्दा पुरानो हुन मिल्दैन।

अस्ट्रेलियाली रेड क्रसका अनुसार हाल प्रदान गरिएका औसत आर्थिक सहायता अन्तर्गत एक जनाले २०० डलर, दम्पत्तिले ३०० डलर र परिवारहरुले ४०० डलर सम्म पाउनसक्ने छन्।

उक्त सहायता पाउनेहरुको भिसा माथि कुनै असर नपर्ने पनि रेड क्रसको भनाइ छ।

राहत सहायताका लागि आवेदन निम्न वेबसाइटमा बुझाउन सकिन्छ: www.redcross.org.au/emergencyrelief 

आवेदनका शर्तहरुका साथै थप जानकारी नेपाली भाषामा पनि उपलब्ध रहेका छन्।


Share

2 min read

Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now