SKIP TO MAIN CONTENT

निम्न स्थानमा बस्नु वा काम गर्नुहुन्छ भने कोभिड-१९ को परिक्षण गराउन सजिलो हुने भएको छ।

न्यु साउथ वेल्स र भिक्टोरियाका केहि सबर्बहरुमा कोभिड-१९ भाइरस जाँच गर्ने क्लिनिकहरू प्राथमिकताका साथ सञ्चालन हुने क्रम बढ्दो छ।

COVID-19
COVID-19 clinic Source: AAP

2 min read

Published

Updated



Skip to article content

भिक्टोरियाली एवं न्यु साउथ वेल्सका राज्य सरकारहरूले कोभिड-१९ परीक्षणको दायरा बढाउँदै प्रासङ्गिक लक्षणहरू देखा परेका मानिसहरूदेखि ज्वरो वा श्वासप्रश्वास सम्बन्धी कडा लक्षणहरू भएका व्यक्तिहरूसम्मकाले सजिलोसँग जाँच गर्न चाँजोपाँजो मिलाइएको बताएका छन्।

अहिलेसम्म राज्यका स्वास्थ्य अधिकारीहरूको ध्यान विदेशबाट फर्किएका मानिसहरूमा रहेको बताउँदै, भिक्टोरियाली स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले मङ्गलवारदेखि भने कोभिड-१९ परीक्षण मापदण्डको दायरा फराकिलो बनाइएको बताएकी हुन् भने न्यु साउथ वेल्सको स्वास्थ्य विभागले पनि सिड्नीका केही क्षेत्र विशेषहरूमा मानिसहरूले कोरोनाभाइरसको लक्षण देखा परे सजिलै परीक्षण गर्न मिल्ने बताएको हो।

यसै सिलसिलामा, निम्न लिखित भिक्टोरियाली अस्पतालहरूमा परीक्षण केन्द्रहरू स्थापना गरिएको छ जुन मध्ये कुनै एकमा तपाईंले फोन नै नगरीकन आफ्नो लक्षण जँचाउन उपस्थित हुन सक्नुहुनेछ (जिलंग बाहेक):

 

  • अल्फ्रेड अस्पताल
  • अस्टिन अस्पताल
  • बक्स हिल अस्पताल
  • केसी अस्पताल
  • ड्यानडेनङ्ग अस्पताल
  • फ्र्यांक्सटन् अस्पताल
  • मोनाश मेडिकल सेन्टर, क्लेटन
  • नर्दन अस्पताल
  • रोयल चिल्ड्रेन्स बाल अस्पताल
  • रोयल मेलबर्न अस्पताल
  • सेन्ट भिन्सेन्ट्स् अस्पताल
  • सनशाइन अस्पताल
  • बालाराट बेस अस्पताल
  • बार्वन हेल्थ उत्तरी जिलंग*
  • बार्वन हेल्थ विश्वविद्यालय अस्पताल जीलंग*
  • बेण्डिगो अस्पताल
  • मेल्टन जेरिवाराह स्वास्थ्य सेवा
  • अल्बरी वडंगा

 

* उपस्थित हुनु अघि ०३-४२१५-४४४५ फोन गर्नुहोला।

क्षेत्रीय भिक्टोरियामा बस्नुहुन्छ भने थप अस्पतालहरूको सूची यहाँ उपलब्ध छ।

न्यु साउथ वेल्सको हकमा भने निम्न लिखित स्थानहरूमा कोभिड-१९ का थप परीक्षणहरू सञ्चालन गरिएका छन्:

  • पेनरिथ
  • इनर वेस्ट
  • लिभरपूल
  • र्यान्डविक
  • वेभर्ली
  • वूलाहरा
  • ब्लाकटाउन
  • कम्बर्ल्याण्ड
  • वेस्टमीड
  • राइड
  • म्यान्निङ्ग
  • लेक मक्वारी

माथि उल्लेखित कुनै पनि स्थानमा तपाईँ बसोबास वा काममा जानुहुन्छ वा कुनै कारणवश क्रियाशील हुनुहुन्थ्यो र तपाईँलाई ज्वरो आएको, खोकी लागेको , घाँटी दुखेको वा स्वाँ-स्वाँ भइरहेको छ भने आफ्नो जीपी वा हेल्थडाइरेक्टलाई १८०० ०२२ २२२ मा फोन गर्नुहोस्।

Coronavirus explained in Nepali

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now