SKIP TO MAIN CONTENT

कोभिड–१९ विशेष अपडेट: कोभिड–१९ सङ्क्रमितको निकट रहेका मानिसहरूको नयाँ परिभाषा

३० डिसेम्बरमा बसेको राष्ट्रिय मन्त्रीपरिषद् बैठकले 'क्लोज कनट्याक्ट' अर्थात् कोभिड–१९ सङ्क्रमितका नजिकको सम्पर्कमा रहेकाहरूको व्याख्या परिवर्तन गरेको छ।

Scott Morrison announces the reset of the 'close contact' criteria
Scott Morrison announces the reset of the 'close contact' criteria Source: AAP

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

प्रधानमन्त्री स्कट मोरीसनले 'क्लोज कनट्याक्ट' अर्थात् कोभिड–१९ सङ्क्रमितका नजिकको सम्पर्कमा रहेकाहरूको राष्ट्रिय परिभाषा परिवर्तन भएको घोषणा गरेका छन् । ३० डिसेम्बरमा बसेको राष्ट्रिय मन्त्रीपरिषद् बैठकले यसलाई स्वीकार गरेको छ।


  • 'क्लोज कनट्याक्ट' भन्नुको अर्थ विशेष परिस्थिति बाहेक कोभिड–१९ सङ्क्रमितको घरेलु सम्पर्क अथवा घर, आवास वा स्याहारकेन्द्रहरुमा चार घण्टा भन्दा बढी समय बिताएको व्यक्ति भनेर बुझिनेछ।
  • यदि कुनै व्यक्ति 'क्लोज कनट्याक्ट' भित्र परेमा लक्षण नभएता पनि ऱ्यापिड एन्टीजेन टेस्ट (ऱ्याट) भनिने द्रुत कोभिड–१९ जाँच आवश्यक पर्नेछ।
  • ऱ्यापिड एन्टीजेन टेस्ट (ऱ्याट) जाँच रिपोट नेगेटिभ आएको खण्डमा कोभिड-१९ सङ्क्रमित निकट आएको दिनको गणनाले सात दिन सम्म आइसोलेसनमा बस्न जरुरी हुनेछर पुन छैठौ दिनमा ऱ्याट जाँच गर्नु पर्नेछ।
  • यदि ऱ्याट जाँच पोजेटिभ आएको खण्डमा पिसिआर जाँच गर्नु पर्नेछ।
  • लक्षण भएका खण्डमा पिसिआर जाँच गरी सात दिन आईसोलेसलनमा बस्नु पर्नेछ।
  • नयाँ व्याख्या बिहीबार रातिबाट न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, साउथ अस्ट्रेलिया र राजधानी एसिटिमा लागु भएको छ।
  • टास्मेनियामा यो नियम जनवरी एक तारिखबाट लागु हुनेछ भने नदर्न टेरिटरी र वेस्र्टन अस्ट्रेलियाले यसका बारेमा केही दिन भित्रै जानकारी गराउनेछन्।
  • साउथ अस्ट्रेलियाले 'क्लोज कनट्याक्ट'को परिभाषालाई मान्यता दिए पनि आइसोलेसनको अवधि अन्य राज्यमा जस्तो सात दिन नभई दश दिन कायम राख्ने भएको छ।


विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now