शुक्रवार अस्ट्रेलियामा कम्तीमा पनि ५८ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।
ज्यान गुमाउनेमा २५ जना भिक्टोरियाका, १५ जना न्यु साउथ वेल्सका र १० जना क्वीन्सल्याण्डका बासिन्दा रहेका छन्।
अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्।
उक्त समयमा मानसिक समस्या भोगेका ३३ लाख मानिस एन्जाइटीबाट गुज्रिएको बताइएको छ, उनीहरूलाई तनाव, डिप्रेसन, डर जस्ता समस्या पैदा भएका थिए। पुरुषहरूको तुलनामा महिलामा यस्ता समस्या बढी देखिएका छन्।
विभागको अध्ययन अनुसार सन् २०२१ मा मात्र करिब ३४ लाख मानिसले मानसिक स्वास्थ्य सम्बन्धी सेवा वा परामर्श लिएका छन्।
शुक्रवारबाट सङ्घीय सरकारले कोभिड–१९ को एन्टीभाइरल उपचारका लागि नयाँ विज्ञापन योजना सुरु गरेको छ।
स्वास्थ्य मन्त्री मार्क बटलरले एन्टीभाइरल उपचार विधि कोभिड–१९ रोकथामका लागि महत्त्वपूर्ण हुने बताए।
विश्व स्वास्थ्य सङ्गठन अन्तर्गत कोभिड–१९ प्राविधिक प्रमुख डाक्टर मारिया भान खेरकोभले बिए.४ र बिए.५ भाइरस हालसम्मकै सबैभन्दा सङ्क्रमणयुक्त रहेको बताएकी छन्।
यद्यपि यस अघिका भेरीएन्ट भन्दा बढी गम्भीर रोग निम्त्याउने प्रकृतिका भने नरहेको उनले बताएकी छन्।
विश्व स्वास्थ्य सङ्गठनले बिए.२.७५ प्रति विशेष निगरानी राखिरहेको भए पनि ओमिक्रन भेरीएन्ट बारेमा कम मात्र जानकारी रहेको पनि उनले बताइन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ सङ्क्रमित बनेका छन्। खोपको चार डोज लगाएका बाइडेनमा सामान्य लक्षण देखिएको र उनले एन्टीभाइरस चक्की प्याक्सलोभिड खाइरहेको बताइएको छ।
अस्ट्रेलियाको व्यापार सङ्गठन एसिटियुकी सचिव स्याली म्याकमनुसले ओमिक्रनको सङ्क्रमण उच्च रहेका बेला रोजगारदाता कम्पनिहरूले, कामदारलाई घरबाटै काम लगाउनका लागि अनुरोध गरेकी छन्।
मानसिक स्वास्थ्य सेवा २४ घण्टा उपलब्ध छ
लाइफलाइन: १३ ११ १४
सुसाईड कल व्याक सेवा: १३०० ६५९ ४६२
बियोन्ड ब्लु: १३०० २२४ ६३६
मेन्सलाईन अस्ट्रेलिया: १३०० ७८९ ९७८
किड्स हेल्प लाइन: १८०० ५५१ ८००
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।
