कोभिड–१९ अपडेट: महामारीको पहिलो वर्षमा ३४ लाख मानिसले मानसिक स्वास्थ्य सेवा लिए

यो शुक्रवार २२ जुलाईको कोरोनाभाइरस अपडेट हो।

Pedestrians wearing face masks in Melbourne, Monday.

Pedestrians wearing face masks in Melbourne. Source: AAP Image/Joel Carrett

शुक्रवार अस्ट्रेलियामा कम्तीमा पनि ५८ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।

ज्यान गुमाउनेमा २५ जना भिक्टोरियाका, १५ जना न्यु साउथ वेल्सका र १० जना क्वीन्सल्याण्डका बासिन्दा रहेका छन्।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्
अस्ट्रेलियाली तथ्याङ्क विभागको पछिल्लो जानकारी अनुसार सन् २०२१/२२ मा प्रत्येक पाँच मध्ये एक अस्ट्रेलियाली मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएका छन्।

उक्त समयमा मानसिक समस्या भोगेका ३३ लाख मानिस एन्जाइटीबाट गुज्रिएको बताइएको छ, उनीहरूलाई तनाव, डिप्रेसन, डर जस्ता समस्या पैदा भएका थिए। पुरुषहरूको तुलनामा महिलामा यस्ता समस्या बढी देखिएका छन्।

विभागको अध्ययन अनुसार सन् २०२१ मा मात्र करिब ३४ लाख मानिसले मानसिक स्वास्थ्य सम्बन्धी सेवा वा परामर्श लिएका छन्।

शुक्रवारबाट सङ्घीय सरकारले कोभिड–१९ को एन्टीभाइरल उपचारका लागि नयाँ विज्ञापन योजना सुरु गरेको छ।

स्वास्थ्य मन्त्री मार्क बटलरले एन्टीभाइरल उपचार विधि कोभिड–१९ रोकथामका लागि महत्त्वपूर्ण हुने बताए।

विश्व स्वास्थ्य सङ्गठन अन्तर्गत कोभिड–१९ प्राविधिक प्रमुख डाक्टर मारिया भान खेरकोभले बिए.४ र बिए.५ भाइरस हालसम्मकै सबैभन्दा सङ्क्रमणयुक्त रहेको बताएकी छन्।

यद्यपि यस अघिका भेरीएन्ट भन्दा बढी गम्भीर रोग निम्त्याउने प्रकृतिका भने नरहेको उनले बताएकी छन्।

विश्व स्वास्थ्य सङ्गठनले बिए.२.७५ प्रति विशेष निगरानी राखिरहेको भए पनि ओमिक्रन भेरीएन्ट बारेमा कम मात्र जानकारी रहेको पनि उनले बताइन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ सङ्क्रमित बनेका छन्। खोपको चार डोज लगाएका बाइडेनमा सामान्य लक्षण देखिएको र उनले एन्टीभाइरस चक्की प्याक्सलोभिड खाइरहेको बताइएको छ।

अस्ट्रेलियाको व्यापार सङ्गठन एसिटियुकी सचिव स्याली म्याकमनुसले ओमिक्रनको सङ्क्रमण उच्च रहेका बेला रोजगारदाता कम्पनिहरूले, कामदारलाई घरबाटै काम लगाउनका लागि अनुरोध गरेकी छन्।

मानसिक स्वास्थ्य सेवा २४ घण्टा उपलब्ध छ

लाइफलाइन: १३ ११ १४

सुसाईड कल व्याक सेवा: १३०० ६५९ ४६२

बियोन्ड ब्लु: १३०० २२४ ६३६

मेन्सलाईन अस्ट्रेलिया: १३०० ७८९ ९७८

किड्स हेल्प लाइन: १८०० ५५१ ८००
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand