SKIP TO MAIN CONTENT

कोभिड अपडेट: अस्ट्रेलियामा ४२ जनाको मृत्यु र नयाँ भेरीएन्ट देखा पर्दा विश्व स्वास्थ्य सङ्गठनद्वारा खोप लगाउन जोड

यो ४ मे २०२२ को कोरोनाभाइरस अपडेट हो।

A health worker administers the third dose of the Moderna COVID-19 vaccine at the Royal Exhibition building in Melbourne. (file)
A health worker administers the third dose of the Moderna COVID-19 vaccine at the Royal Exhibition building in Melbourne. (file) Source: AAP Image/Diego Fedele

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

बुधवारका दिन अस्ट्रेलियामा कोरोनाभाइरसको सङ्क्रमणका कारण कम्तीमा ४२ जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा न्यु साउथ वेल्सका २१ र भिक्टोरियाका ११ जना परेका छन्।

वेस्टर्न अस्ट्रेलियामा आज ९,७८२ जनामा नयाँ सङ्क्रमण फेला परेको छ। यो चार अप्रिल पछाडिको सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या हो।

नयाँ केस सङ्ख्या,अस्पताल भर्ना र मृत्यु बारेमा पछिल्लो तथ्यांकका लागि यहाँ जानुहोस्।


कोभिड–१९ सम्बन्धी जानकारी केन्द्रहरू निम्न स्थानमा ८ मेसम्मका लागि राखिएका छन्:

  • न्यु साउथ वेल्स: लिभरपुल, वेस्टफिल्ड लिभरपुल
  • न्यु साउथ वेल्स: ब्ल्याकटाउन, वेस्ट पोईन्ट एससि
  • क्वीन्सल्याण्ड: साउथपोर्ट, अस्ट्रेलिया फेयर
  • क्वीन्सल्याण्ड: बेनलि,बेनलि मार्केट
  • भिक्टोरिया: मेल्टन वेस्ट, उडग्रोभ एससि
  • भिक्टोरिया: विरबी, प्साीफिक विरबी
  • नर्दर्न टेरिटरी: पाल्मेर्सटन, गेट वे एससि
  • साउथ अस्ट्रेलिया: सालिसब्युरी, हलिउड प्लाजा
  • साउथ अस्ट्रेलिया: स्मीथफिल्ड, मुन्नो पारा एससि

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को नयाँ भेरीएन्ट बिए.४ र बिए.२.१२.१ बिश्व व्यापी रिर्पोट गरिएका कारण खोपको आवश्यकतालाई जोड दिएको छ।

विश्व स्वास्थ्य सङ्गठनकी कोभिड–१९ विशेषज्ञ डाक्टर मारिया भान केरखोभले बिए.४ र बिए.५ को सबैभन्दा सङ्क्रमण दक्षिण अफ्रिकामा रहेको बताइन्।

“ओम्रिकनका सबै भेरीएन्टमा जस्तै यसले पनि प्रतिरक्षा प्रणालीलाई छल्ने केही सम्भावना छ,” उनले भनिन्।

उनले बिए.२.१२.१ सबैभन्दा बढी अमेरिकामा देखिएको र हाल अस्ट्रेलियामा फैलिएको बिए.२ भन्दा बढी सङ्क्रामक भएको बताइन्।

न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियामा बिए.४ र बिए.५ फेला पारिएको छ भने भिक्टोरीयाको फोहर पानीमा बिए.२.१२.१ को अवशेष फेला परेका छन्।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now