शुक्रबारसम्मको २४ घण्टे गणना अवधिमा अस्ट्रेलिया भर कोभिड-१९ सङ्क्रमणका कारण ४५ जनाको ज्यान गएको छ। ती मध्य भिक्टोरियामा १८ जना, न्यु साउथ वेल्समा १३ जना र क्वीन्सल्यान्डमा १२ जना सङ्क्रमित थिए।
वेस्टर्न अस्ट्रेलियामा १५,५६५ नयाँ सङ्क्रमित पुष्टि भएका छन्। यो सङ्ख्या बिहीबारको १६,६७० बाट थोरै मात्रामा घटेको हो। त्यस्तै, राज्यमा सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ।
कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ।
उत्तर कोरियाले एक अज्ञात ज्वरोका कारण ६ जनाको मृत्यु भएको, र देशमा पहिलो कोभिड-१९ सङ्क्रमण पुष्टि भएको भनी बिहीबार बताएको छ।
गत अप्रिल महिनादेखि ३,५०,००० भन्दा बढी मानिसहरूलाई ज्वरोको उपचार गरिएको राज्यको मिडियाले बताएको हो।
महामारी सुरु भएदेखि अमेरिकामा अहिलेसम्म करिब १० लाख जनाको मृत्यु भएको छ। यस दुखद तथ्याङ्कलाई औँल्याउँदै, राष्ट्रपति जो बाइडेनले "महामारी अझै नसकिएको" बताए।
महामारीको अन्त्य गर्ने रणनीतिहरूबारे छलफल गरिने ग्लोबल कोभिड-१९ सम्मिटमा बोल्दै उनले त्यसो भनेका हुन्।
ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।
