कोभिड-१९ अपडेट: बढ्दो सङ्क्रमणमा ७० जनाको मृत्यु, नयाँ भेरिएन्टबाट अस्पताल भर्ना

यो जुन २८ तारिखको अस्ट्रेलियाको कोभिड-१९ अपडेट हो।

People are seen lining up outside of a retail store in Melbourne, Friday, October 29, 2021. At 6pm, the border between Melbourne and the regions will come down, masks will no longer need to be worn outdoors, indoor entertainment venues, gyms and retail ca

Australian states and territories are bracing for a new COVID-19 wave. (file) Source: AAP/JAMES ROSS

मङ्गलबार सार्वजनिक भएको तथ्याङ्क अनुसार अस्ट्रेलियाको पछिल्लो २४ घन्टे गणना अवधिमा ७० जनाको कोभिड-१९ का मृत्यु भएको छ। 

ती मध्य ४० जना न्यु साउथ वेल्सबाट, १९ जना क्वीन्सल्यान्डबाट र ११ जना भिक्टोरियाबाट हुन्। त्यस्तै, वेस्टर्न अस्ट्रेलियामा ४ जनाको ज्यान गएको छ। 

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)मा महामारी भएदेखि निरन्तर रूपमा अधिक सङ्ख्यामा अस्पताल भर्ना भइरहेका छन्। सोमबार ११९ जना अस्पतालमा थिए भने मङ्गलबार उक्त सङ्ख्या बढेर ११९ पुगेको छ। 

क्यानबेरा अस्पतालको एक क्यान्सर वार्डमा भएको कोभिड-१९ सङ्क्रमणको बारेमा एसीटीका स्वास्थ्य अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। सङ्क्रमण फैलनबाट नरोकिएसम्म कुनै वार्डमा कुनै नयाँ बिरामी भर्ना नगर्ने बताइएको छ। 

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ हेर्नुहोस्।

क्वीन्सल्यान्डमा अस्पताल भर्ना हुनेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार ५९३ जनाको अस्पतालमा उपचार भइरहेको छ - यो गत दुई महिनामा अधिकतम सङ्ख्या हो। 

राज्यमा बीए.५ (BA.5) र बीए.४ (BA.4) भेरिएन्टहरूको वृद्धिका कारण सङ्क्रमणको नयाँ लहर आइरहेको प्रमुख स्वास्थ्य अधिकारी जोन जेरार्डले एबीसीसँगको कुराकानीमा बताए। 

नयाँ सङ्क्रमणहरू मध्य ३८% बीए.५ र बीए.४ रहेको उनले बताए। चार हप्ता अगाडीको सङ्ख्या २% भन्दा कम थियो। 

आउँदो समयमा अस्पताल भर्ना हुनेहरू बढ्ने अनुमान सहित योग्य  बासिन्दाहरूलाई कोभिड-१९ को तेस्रो र चौथो खोप लगाउन जेरार्डले आग्रह गरेका छन्। क्वीन्सल्यान्डरहरूलाई आफू कोभिड-१९ एन्टी-भाइरल औषधीका लागि योग्य छु कि छैन भनेर पनि जाँच गर्न पनि उनले आदेश दिए। 

नेशनल सेन्टर फर इम्युनाइजेसन रिसर्च एण्ड सर्वेलेन्स नामक संस्थाले गरेको अध्ययनले देखाएको छ कि ओमिक्रनबाट हुन सक्ने अस्पताल भर्ना र मृत्युबाट खोपको तेस्रो डोज अर्थात् बुस्टरले दुई वटा डोजको तुलनामा ६५% बढी सुरक्षा प्रदान गर्दछ। 

सन् २०२२ को जनवरी र फेब्रुअरी महिनामा ओमिक्रनको अधिक सङ्क्रमण रहेको समयमा यो अध्ययन गरिएको थियो। 

त्यस्तै, मङ्गलबार सार्वजनिक भएको सन् २०२१ जनगणनामा सन् २०२० र २०२१ मा महामारीका कारण नयाँ आप्रवासीहरूको आगमन कम भएको देखिएको छ। 

उक्त समय अवधिमा अस्ट्रेलियामा १,६५,००० मानिसहरू आएको तथ्याङ्कले देखाउँछ। सन् २०१७ र २०१९ को बीचमा भने ८,५०,००० भन्दा बढी मानिसहरू आएका थिए।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now