SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: देशभर अहिलेसम्मकै धेरै - ९३ जनाको मृत्यु

यो शुक्रबार २८ जनवरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Paramedics tending to their ambulance outside St. Vincent hospital in Melbourne.
Paramedics tending to their ambulance outside St. Vincent hospital in Melbourne. Source: AAP

3 min read

Published

Updated



Skip to article content

  • अस्ट्रेलिया पहिलो पटक कोरोनाभाइरसका कारण २४ घन्टे अवधिमा ९३ जनाको ज्यान गएको छ। 
  • १६ र १७ वर्ष उमेर समूहका मानिसहरूले अब कोभिड-१९ को बुस्टर खोप लगाउन पाउने छन्। खोप नियामक समितिले अस्थायी रूपमा यसको अनुमति दिएको छ। यस भन्दा अधि वयस्कहरूले मात्र बुस्टर खोप लगाउने मिल्ने बताइएको थियो। 
  • भिक्टोरिया र न्यु साउथ वेल्सका अधिकारीका आग्रह पछि स्वास्थ्य विज्ञहरूले "पूर्ण खोप" लगाएको हुनलाई तीन वटा खोप् लगाउनु पर्ने नियमलाई लागु गर्ने कि नगर्ने भनी छलफल गरिरहेका छन्। 
  • नर्दन टेरिटरीका प्रमुख आदिवासी निकायहरूले कोरोनाभाइरस सङ्क्रमण रोक्न त्यहाँका मुख्यमन्त्रीलाई सेन्ट्रल अस्ट्रेलिया भर तुरुन्तै लकडाउन जारी गर्न आह्वान गरेका छन्। 
  • अस्पताल र आइसियुहरूमा दबाब बिस्तारै घट्दै गएको राज्य तथा प्रदेशले बिहीबार भएको राष्ट्रिय मन्त्री परिषद्को बैठकमा बताएका थिए।
  • विभिन्न राज्यहरूमा विद्यालयहरू पुनः खोल्ने तयारी जारी छ। न्यु साउथ वेल्समा आउँदो हप्तादेखि खोलिने सबै विद्यालयहरूमा पर्याप्त र्यापिड एन्टिजेन परीक्षणहरू छन् र नयाँ बस तथा ट्रेन सेवाहरूको पनि घोषणा गरिएको छ। 
  • भिक्टोरियामा राज्य, क्याथलिक र इन्डिपेन्डेन्ट विद्यालयहरूका लागि २० लाख र्याट (RAT) किट दिइएका छन्। विद्यालय सुरु हुनु भन्दा अघि थप ६० लाख वटा किटहरू वितरण गरिने बताइएको छ। 
  • क्वीन्सल्यान्डमा भने विद्यालय पुनः खोल्ने राज्यको योजनाका लागि अभिभावकहरू अझ पर्खाइमा रहेका छन्। 
  • क्वीन्सल्यान्डमा अहिले सम्मैकै धेरै - १८ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ। त्यस मध्य १२ जना वृद्ध हेरचाह केन्द्रमा रहेका थिए। 
  • न्यु साउथ वेल्समा आइसियुमा रहेका मानिसहरूको सङ्ख्या "सोचेको भन्दा" कम रहेको, र आउँदो हप्ता अस्पताल भर्ना हुनेहरूको सङ्ख्या कम हुने आङ्कलन गरिएको छ। 

कोभिड-१९ पछिल्लो तथ्याङ्क:

न्यु साउथ वेल्समा १३,३३३ सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु र २,७३७ जना अस्पतालमा छन् जस मध्य १८९ जना आइसियुमा रहेका छन्। 

भिक्टोरियामा १२,७५५ नयाँ सङ्क्रमण, ३९ जनाको मृत्यु, ९८८ अस्पताल भर्ना जस मध्य ११४ जनाको आइसियुमा उपचार भइरहेको छ।

क्वीन्सल्यान्डमा ९,९७४ नयाँ सङ्क्रमण, १८ जनाको मृत्यु र ८१८ जना अस्पतालमा छन् जस मध्य ५४ जना आइसियुमा छन्। 

टास्मेनियामा ५८४ नयाँ सङ्क्रमित पुष्टि भएका छन् र यो जनवरी ३ देखि राज्यको सबै भन्दा कम २४ घन्टे सङ्क्रमण सङ्ख्या हो। १९ जना अस्पतालमा छन् जस मध्य १ जनाको आइसियुमा उपचार भइरहेको छ। 

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now