कोभिड-१९ अपडेट: आगामी दिन वेस्टर्न अस्ट्रेलियाको लागि चुनौतीपूर्ण, राहतको घोषणा

यो बिहीवार फेब्रुअरी २४ को संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

WA Premier Mark McGowan.

WA Premier Mark McGowan. Source: AAP Image/Richard Wainwright

आजको अपडेट

वेस्टर्न अस्ट्रेलियामा ६ करोड ७० लाख डलरको व्यापार राहत प्याकेज प्रिमियर मार्क मक्गवानले घोषणा गरेका छन्।

तर उनी भन्छन् कि राज्यभरका मानिस एवं व्यवसायहरूका आउँदा दिनहरू चुनौतीपूर्ण छन्।

वेस्टर्न अस्ट्रेलियाको विड्याडांगाको समुदायमा १७ जनालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले उक्त स्थान लकडाउनमा छ।

यो उक्त राज्यको सबैभन्दा ठुलो दुर्गम आदिवासी समुदाय हो, जहाँ लगभग ८५० मानिसहरूको घर छ।

प्रिमियर मार्क मक्गवानले समुदायमा पहिलो डोज खोपको दर लगभग ९० प्रतिशत  र ७० प्रतिशतभन्दा बढी दोस्रो डोज रहेको बताएका छन्, जसलाई उनी "उत्साहजनक" भन्छन्।

आजदेखि ६ देखि ११ वर्षका बालबालिकाका लागि मोडर्ना खोपको बुकिङ खुल्ला गरिएको छ।

न्यु साउथ वेल्सका लेबर संसद् सदस्य वाल्ट सेकोर्डले राज्य सरकारलाई खोप सम्बन्धी दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।

राज्यका प्रिमियर डोमिनिक पेरोटेले भने खोप नलगाएका लिबरल सांसदहरू बारे आफू अनजान रहेको बताएका छन्।

उनी भन्छन् कि ती सांसदहरूलाई खोप लगाउनै पर्ने आदेश दिने आफ्नो कुनै मनसाय छैन।

साउथ अस्ट्रेलियामा हिजो बुधवार कोभिड-१९ सम्बन्धी मामिलाहरूमा तीव्र वृद्धि भएको छ।

उक्त राज्यमा अघिल्लो दिन नयाँ सङ्क्रमण सङ्ख्या १,३७८ रहेकोमा पछिल्लो २४ घण्टामा थप १,९५८ नयाँ सङ्क्रमण पुष्टि भएको छ।

प्रिमियर स्टिभन मार्सलले प्रतिबन्धहरूमा थप सहजताको घोषणा गर्ने अपेक्षा थियो।

कोभिड-१९ सम्बन्धी पछिल्ला अस्ट्रेलियाली तथ्याङ्कहरू

न्यु साउथ वेल्सले १,२११ बिरामीहरूलाई अस्पतालमा भर्ना गरेको रिपोर्ट गरेको छ जसमा ५९ जना सघन उपचार कक्षमा भर्ती छन्।

राज्यमा पछिल्लो गणना अवधिमा १२ जनाको मृत्यु भएको छ, र कोरोनाभाइरसका ८,२७१ नयाँ मामिलाहरू थपिएका छन्।

भिक्टोरियामा, ३२२ जना अस्पतालमा भर्ती छन् जसमा ४३ आइसियुमा र ५ को उपचार भेन्टिलेटरमा राखेर छन्। मध्यरातसम्मको गणना अवधिमा राज्यमा १६ जनाको मृत्यु दर्ता गरिएको थियो भने ६,७१५ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।

क्वीन्सल्याण्डमा ६,०९४ नयाँ मामिलाहरू दर्ता गरिएको छ भने ८ जनाको मृत्यु भएको थियो। राज्यमा हाल ३३४ जना कोरोनाभाइरसका बिरामीहरु अस्पतालमा भर्ना छन् जसमध्ये ३० जना बिरामीहरू सघन उपचारमा छन्।

टास्मेनियामा पछिल्लो गणना अवधिमा कोभिड-१९ का ८५३ नयाँ मामिलाहरू पुष्टि गरिएको छ। हाल राज्यका अस्पतालहरूमा १२ जना कोभिड-१९ का बिरामी अस्पतालमा छन्। उनीहरूमध्ये दुई आइसियुमा छन्।

अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ४१ जना कोरोनाभाइरस बिरामीहरूको उपचार अस्पतालमा भइरहेको छ भने ३ जना आइसियुमा छन्। प्रदेशमा ६६१ नयाँ केसहरू थपिएको छ। 

वेस्टर्न अस्ट्रेलियाले ६१७ नयाँ केसहरू रिपोर्ट गरेको छ, र राज्यका अस्पतालहरूमा ५ कोभिड-१९ बिरामीहरूको उपचार भइरहेको छ।
कोभिड-१९ खोपका बारेमा तपाईँको भाषामा जानकारी 


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम


विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्। थप जानकारी यहाँ उपलब्ध छ। 

कोभिड-१९ सम्बन्धी शब्दावली नेपाली तथा अन्य भाषामा पाउन यहाँ थिच्नुहोस्


६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

Share

Published


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand