SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: ओमिक्रन प्रकोपको प्रतिक्रियाका बारेमा एज्डकेयर मन्त्रीले कोभिड-१९ छानबिन समितिको प्रश्नहरूको सामना गर्नु पर्ने

यो बुधवार २ फेब्रुअरीको संक्षिप्त कोरोनाभाइरस अपडेट हो।

Minister for Aged Care Services Richard Colbeck during Question Time in the Senate chamber at Parliament House in Canberra, Wednesday, June 16, 2021.
Minister for Aged Care Services Richard Colbeck during Question Time in the Senate chamber at Parliament House in Canberra, Wednesday, June 16, 2021. Source: AAP

3 min read

Published



Skip to article content


  • एज्ड केयर सम्बन्धी मन्त्री रिचर्ड कोलबेकले महामारी प्रति सरकारले देखाएको प्रतिक्रियामा सम्बन्धित भएर सिनेटको कोभिड-१९ छानबिन समितिलाई उत्तर दिनु पर्ने भएको छ। उनलाई ऱ्यापिड एन्टीजेन परीक्षण किटको अभाव, पिपिई अभाव र बुस्टर डोजको ढिलाइका विषयमा प्रश्न सोधिने बताइएको छ।
  • पछिल्लो कोभिड-१९ प्रकोपमा परि बृद्धास्याहार केन्द्रमा बसोबास गर्ने ५६६ जना मानिसको मृत्यु भइसकेको छ।
  • न्यु साउथ वेल्सका बृद्धास्याहार केन्द्रमा हाल ११,००० सङ्क्रमण रहेका छन्, र त्यहाँ बसोबास गर्ने प्रत्येक १० मध्ये एक व्यक्तिले मात्र कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।
  • प्रधानमन्त्री स्कट मोरिसन माथि महामारीको प्रतिक्रियाका विषयमा आलोचना भएको छ, मोरिसनले गल्ती स्विकारेता पनि माफी भने मागेका छैनन्।
  • औषधि नियामक निकाय थेराप्युटिक गुड्स एडमिनीस्ट्रेसनले ऱ्यापिड एन्टीजेन परीक्षण गलत नतिजा नआओस भन्नका लागि स्वाब लिनु १० देखि ३० मिनेट अघि खाने, पिउने, धूम्रपान गर्ने, चुईगम चपाउने वा दाँत माझ्ने जस्ता कार्य नगर्न चेतावनी जारी गरेको छ।
  • न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियामा ओमिक्रनका कारण बन्द भएका वैकल्पिक शल्यक्रियाहरू अर्को हप्ताबाट चरणबद्ध रूपमा पुन सुचारु हुने भएका छन्।
  • भिक्टोरियामा भने अत्यावश्यक बाहेकका शल्यक्रिया अर्को हप्ताबाट सुरु हुन सक्नेछन्, यद्यपि नर्सहरूले यसको विरोध गरिरहेका छन्।
  • सुनामी प्रभावित राष्ट्र टोंगामा कोरोनाभाइरसका दुई नयाँ केस फेला परे पछि दुई दिने लकडाउन हुने भएको छ। फेला परेका सङ्क्रमितहरू अस्ट्रेलियाली सहायता टोलीसँग सम्बन्धित छैनन्। गत वर्ष सेप्टेम्बरमा टोंगामा कोरोनाभाइरसका केस फेला परेका थिए।

कोभिड-१९ पछिल्लो तथ्याङ्क:

न्यु साउथ वेल्समा आज ११,८०७ जनामा सङ्क्रमण पुष्टि, २,६२२ जना अस्पतालमा, १७० जनाको सघन उपचार कक्षमा उपचार हुँदै, २७ जनाको मृत्यु।

भिक्टोरियामा आज १४,५५३ जनामा सङ्क्रमण, ७६८ जना अस्पतालमा ,९९ जनाको सघन उपचार उपचार हुँदै र २५ जनाको मृत्यु

क्वीन्सल्याण्डमा ९,६३० जनामा सङ्क्रमण, १६ जनाको मृत्यु, ७६३ जना अस्पतालमा, ४९ सघन उपचार कक्षमा।

टास्मेनियामा ६६६ नयाँ केस, १३ जना अस्पतालमा, २ जना सघन उपचार कक्षमा।

साउथ अस्ट्रेलियामा एक जनाको मृत्यु, २३३ जना अस्पतालमा, २१ जना सघन उपचार कक्षमा उपचार हुँदै।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now