Explainer

कोभिड-१९ अपडेट: केसहरूमा ठुलो वृद्धि हुँदै गर्दा न्यु साउथ वेल्स प्रिमियरद्वारा खोप लगाउन बिन्ती

यो बुधवार, १८ अगस्ट २०२१ को अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

NSW Premier Gladys Berejiklian wears a face mask during a press conference to provide a COVID-19 update, in Sydney, Wednesday, August 18, 2021.

NSW PremierBerejiklian during a press conference August 18. NSW recorded 633 new locally acquired cases of COVID-19 (AAP Image/Bianca De Marchi) Source: AAP Image/Bianca De March

मुख्य बुँदाहरू:

  • पश्चिमी तथा दक्षिण-पश्चिमी सिड्नीका सबर्बहरु बारे ठुलो चासो,
  • भिक्टोरियामा ५०० भन्दा बढी स्थानहरू सङ्क्रमित,
  • अस्ट्रेलियन क्यापिटल टेरिटरीमा २० सामुदायिक सङ्क्रमण र
  • क्वीन्सल्यान्ड र नर्दर्न टेरिटरीमा शून्य सामुदायिक सङ्क्रमण।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्सले मङ्गलवार बेलुका आठ बजेसम्मको गणना अवधिमा रेकर्ड तोड ६३३ थप सामुदायिक सङ्क्रमण तथा तीन मृत्यु दर्ता गरेको छ।

प्रिमियर ग्लाडिस बेरिजिक्लियनका अनुसार ती ६३३ सङ्क्रमित मध्ये ६२ जना सामुदायिक रूपमा सक्रिय रहेका थिए भने ४४७ जनाका बारेमा छानबिन जारी छ।

त्यसै गरी ६३३ मध्ये ५५० केस पश्चिमी तथा दक्षिण-पश्चिमी सिड्नीमा बसोबास गर्ने मानिसहरू रहेको बताइएको छ।

बुधवार बिहान पत्रकार सम्मेलनका क्रममा उनले डेल्टा प्रकोपको सबैभन्दा नराम्रो क्षण अझै आई नसकेको भन्दै राज्यवासीहरूलाई सतर्क गराएकी छिन्।
उनले विशेष गरी मेरील्यान्ड्स, गीलफर्ड, अबर्न, ग्रीनएकर, सेन्ट मेरीज र स्ट्राथफिल्डमा सङ्क्रमण सङ्ख्या उच्च रहेको भन्दै यी सबर्बहरुलाई सावधान गराएकी हुन्।

भोलि, १९ अगस्ट बिहीवारदेखि १२ अति कोरोना प्रभावित काउन्सिल क्षेत्रमा बसोबास गर्ने १६ देखि ३९ वर्षका मानिसहरूलाई फाइजरद्वारा निर्मित खोपका लागि प्राथमिकतामा राखिने भएको छ।
कोभिड-१९ का कारण गए रातीसम्म न्यु साउथ वेल्समा मृत्यु हुनेहरूमा लिभरपूल हस्पिटलमा भर्ती गरिएका एक ६० वर्ष कटेका पुरुष र नेपिएन हस्पिटलमा उपचार गराइरहेका ७० वर्ष माथिका दुई पुरुषहरू रहेको बताइएको छ।

प्रिमियरका अनुसार ६० वर्ष कटेका मानिसले कोरोनाभाइरस विरुद्ध खोप लगाइसकेका थिएनन् भने ७० वर्ष कटेका मध्ये एक जनाले खोपको दुवै मात्रा र अर्का पुरुषले एक डोज मात्र पाएका थिए।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डा केरी चान्टका अनुसार न्यु साउथ वेल्समा सङ्क्रमित हुने प्रत्येक व्यक्तिले एक भन्दा बढी मानिसहरूलाई भाइरस सारिरहेका छन्।

उनी भन्छिन् कि बढ्दो केस सङ्ख्या चिन्ताजनक स्थिति हो।

"अहिलेको हाम्रो खोप सङ्ख्या एकदमै कम छ," उनले भनिन्।
"खोप लगाउने मानिसहरूको सङ्ख्या जतिसक्दो बढाउनु निकै जरुरी छ।"

भिक्टोरिया

भिक्टोरियाले बितेका २४ घण्टा यता, कोभिड-१९ सामुदायिक सङ्क्रमणका थप २४ नयाँ मामिलाहरू दर्ता गरेको छ।

योसँगै, राज्यका कोभिड-१९ परीक्षण कमान्डर जेरोइन वाइमरले भिक्टोरियामा कोरोनाभाइरस सङ्क्रमितका प्राथमिक सम्पर्कका रूपमा १५,००० जना मानिसहरू सूचीकृत भएको बताएका छन्।

उनी भन्छन् कि सङ्क्रमित स्थानहरूको सूचिमा हाल ५२० भन्दा पनि बढी ठाउँहरू परिसकेका छन्।

आज सार्वजनिक गरिएका सङ्क्रमण मामिलाहरू मध्ये १० जना अल-ताक्वा कलेजका विद्यार्थी तथा तिनका घरमा बस्ने अन्य मानिसहरू रहेको समेत उनले बताए।
यसै गरी ४ जना चाहिँ ग्लेनरोइ वेस्ट प्राइमरी स्कूल र ग्लेनरोइ वेस्ट क्लस्टरसँग सम्बन्धित व्यक्तिहरू हुन् भने दुई-दुई जना क्यारोलाइन स्प्रिङ्ग्स सपिङ सेन्टर र ४८० लाइगन स्ट्रिट स्थित सामुदायिक हाउसिङसँग जोडिएका केसहरू हुन्।

र, एक जना न्युपोर्ट फुटबल क्लबसँग सम्बन्धित केस रहेको बताइएको छ।

वाइमर भन्छन् कि बाँकी मामिलाहरूको छानबिन जारी छ।

भिक्टोरियाली स्वास्थ्य मन्त्री मार्टिन फोलीका अनुसार हाल १२ जना कोभिड-१९ का कारण अस्पतालमा भर्ती छ जसमध्ये दुई जनाको आइसियुमा उपचार भइरहेको छ।

अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)

क्यानबेरामा थप २२ नयाँ सामुदायिक सङ्क्रमणका घटनाहरू दर्ता गरिएका छन्।

यी सामुदायिक सङ्क्रमण पछिल्लो २४ घण्टामा रेकर्ड गरिएका हुन्।

मुख्यमन्त्री एन्ड्रू बार्रले प्रदेशवासीहरूलाई एक-अर्काको सम्पर्कमा रहिरहन भनेका छन्।
ACT Chief Minister Andrew Barr
ACT Chief Minister Andrew Barr Source: AAP
उनी भन्छन् कि लकडाउनका बेला एक-अर्कालाई सन्चो बिसन्चो सोध्नुहोस्।

"घरै बस्नुहोस्, तर आफन्तजनसँग अनलाइन र टेलिफोन मार्फत उहाँहरूको हालखबर सोध्नुहोस्," उनले भने।

प्रदेशकी मुख्य स्वास्थ्य अधिकारी केरीन कोल्म्यानका अनुसार हाल एसीटीमा कुल ६७ सङ्क्रमणका मामिलाहरू सक्रिय छन् र ती मध्ये ४ को छानबिन हुँदैछ।

क्वीन्सल्यान्ड

पछिल्लो २४ घण्टामा क्वीन्सल्यान्डमा कुनै पनि सामुदायिक सङ्क्रमणका मामिलाहरू दर्ता नभएको बताइएको छ।

तर, विदेशबाट आएका मानिसहरू मध्ये चार जना कोभिड-१९ सङ्क्रमित रहेको राज्यका स्थानीय अधिकारीहरूको भनाई छ।

यी मध्ये एक जना होटेल क्वारेन्टिनमा रहेका छन् भने तीन जना हाल क्वीन्सल्यान्डको तटीय क्षेत्रमा रहेको एक ग्याँस ट्याङ्कर जहाजका कर्मचारी हुन्।
प्रिमियर अनास्टेसिया पलाशेका अनुसार हाल राज्यका विभिन्न स्थानमा लागू कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू आगामी आइतवारको साटो यही शुक्रवारदेखि खुकुलो हुनेछन्

नयाँ लागू हुने नियमानुसार मास्कको प्रयोग घर तथा अन्य भवन बाहिर अनिवार्य नभएता पनि कार्यालय तथा सपिङ सेन्टरहरूमा भने पहिले झैँ लगाउनु पर्नेछ।

"हाम्रो प्रतिबन्ध खुकुलो पार्दा गर्नुपर्ने यो सानो त्याग हो," पलाशेले भनिन्।

उनले न्यु साउथ वेल्सको हालको परिस्थिति निकै गम्भीर रहेको भन्दै त्यसले क्वीन्सल्यान्डका लागि ठुलो जोखिम उत्पन्न गराएको बारेमा आफ्ना राज्यवासीहरूलाई सतर्क रहन आग्रह गरेकी छिन्।

उनी भन्छिन् कि सीमा काटेर ओहोरदोहोर गर्न सक्ने अत्यावश्यक कामदारहरूको परिभाषामा क्वीन्सल्यान्डले कडाइ गर्नेछ।

"भाइरस फैलाउन एकै जना मात्र पनि काफी छ र हामी फेरी लकडाउनमा हुनेछौँ," पलाशेले भनिन्।
"अहिले थुप्रै मानिसहरूले सीमा काटेर ओहोरदोहोर गरिरहेका छन्।"

नर्दर्न टेरिटरी

हिजो राती आठ बजेसम्मको २४ घन्टे अवधिमा नर्दर्न टेरिटरीमा सामुदायिक सङ्क्रमणका थप कुनै मामिला पुष्टि भएका छैनन्।

प्रदेशका मुख्यमन्त्री माइकल गनरले एक फेसबुक पोस्ट मार्फत उक्त जानकारी आज बिहान सार्वजनिक गरेका थिए।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

Published

Updated

By SBS/ALC Content
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand