SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: अटागीद्वारा किशोरावस्थाका जोखिममा रहेकाहरूको लागी बुस्टरको सुझाव

यो ९ जुन, २०२२ बिहीबारको अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

12-15 year olds at risk of severe COVID-19 will be able to get booster
12-15 year olds at risk of severe COVID-19 will be able to get booster Source: Getty Images/Mikimad

2 min read

Published

Updated



Skip to article content

बिहीबार अस्ट्रेलियामा कम्तीमा पनि ५९ कोभिड-१९ सँग सम्बन्धित मृत्यु दर्ता गरिएको छ। जसमध्ये भिक्टोरियामा २२, न्यु साउथ वेल्समा २१ र ९ जना क्वीन्सल्याण्डका रहेका छन्। 

न्यु साउथ वेल्समा १५ केही समय अघि नै, प्राय मे महिनाको मध्यतिर मृत्यु भएकाहरू रहेका छन्। 

त्यस्तै वेस्टर्न अस्ट्रेलियामा पनि ५ केही समय अगाडीका मृत्युहरू दर्ता गरिएको छ। 

अस्ट्रेलियाभरको पछिल्लो कोभिड-१९ तथ्याङ्क हेर्न यहाँ थिच्नुहोस्

फाइजर कोभिड-१९ खोप सो उमेर समूहका  रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर प्रभाव परेका, अशक्तता भएका र जटिल स्वास्थ्य अवस्था भएकाहरूले लगाउन सक्ने छन् जो गम्भीर कोभिड-१९ सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । 

तर उनीहरूले तिन महिना अगाडी दोस्रो खोप लगाएको हुनु पर्नेछ।  

यो उमेर समूहका लागी मडेर्ना र नोभाभ्याक्सलाई दर्ता गरिएको छैन। 

अटागीले १२ देखि १५ वर्षका सम्पूर्णलाई आठ हप्ताको फरकमा कोभिड-१९ को दुई मात्रा खोप लगाउन सुझाव दिएको छ। साथै सुझावमा कोभिड-१९ सङ्क्रमण भएकाहरूका लागी सङ्क्रमण भएको तिन महिना पश्चात् खोप लगाउन भनिएको छ। 

सम्पूर्ण अस्ट्रेलियालीहरूले फ्लुको खोप लगाउन पनि अटागीले प्रोत्साहन गरेको छ। फ्लुको खोप र कोभिड-१९ खोप एकै दिनमा पनि लगाउन सकिने छ।

शनिवार साउथ अस्ट्रेलियाका छ प्राथमिक विद्यालयहरूमा बिहान १० देखि दिउँसो ४:३० बजेसम्म कोभिड-१९ को खोप उपलब्ध गराइँदै छ। 

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रस अढानम गेब्रिएसस्ले २९ राष्ट्रहरूबाट १ हजार मङ्किपक्सका मामिलाहरू रिपोर्ट गरिएको बताएका छन्।

यी कुनै राष्ट्रमा पनि यो निश्चित स्थान र मानिसहरूमा मात्र सीमित रहेको छैन।

तर यो सङ्क्रमणबाट कसैको पनि मृत्यु दर्ता गरिएको छैन। सङ्गठनले प्रभावित राष्ट्रहरूलाई यी मामिलाहरू र नजिकको सम्पर्कमा आएकाहरू पनि पत्ता लगाई यसलाई थप फैलनबाट रोक्न आग्रह गरेको छ।

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now