कोभिड-१९ अपडेट: महामारी पश्चात् देश खुलिरहँदा अस्ट्रेलियाको ध्यान 'खोप लगाएको अर्थतन्त्रमा'

यो २४ अक्टोबर २०२१, आइतबारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

Kiongozi wa Victoria Daniel Andrews, amesema anataka idadi ya watu 80,000 wahudhurie mechi ya kriketi ya Boxing Day Test.

Kiongozi wa Victoria Daniel Andrews, amesema anataka idadi ya watu 80,000 wahudhurie mechi ya kriketi ya Boxing Day Test katika uwanja wa MCG, Melbourne. Source: AAP

मुख्य बुँदाहरू:

 

  • सङ्घीय सरकारले आदिवासी अस्ट्रेलियालीहरूका लागी नयाँ खोप वितरण कार्यक्रम सार्वजनिक 
  • क्वीन्सल्याण्डमा समुद्री तटहरूमा अस्थायी खोप क्लिनिकहरू राखिने 
  • भिक्टोरियाले ९० प्रतिशत खोप लगाउनेहरूको लक्ष पुरा गरेपछिको लागी राज्य खोल्ने रोडम्याप ल्यायो 

 

भिक्टोरिया 

 

भिक्टोरियामा आगामी सप्ताह अन्त्यमा खोप लगाउनेहरूको सङ्ख्या ८० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ। अक्टोबर २९ शुक्रवार देखि राज्य भित्र स्वतन्त्र रूपमा हिँडडुल गर्न पाइने भएको छ। 

 

राज्यका प्रिमियर ड्यानियल एन्ड्रुजले नोभेम्बर २४ सम्ममा १२ वर्ष माथिका ९० प्रतिशत राज्यवासीहरूले पूर्ण खोपको मात्रा लिने अपेक्षा गरेको बताएका छन्।

 

उनी भन्छन्, "यसको अर्थ के हो भने, कुनै पनि स्थानमा निश्चित सङ्ख्या तोकिने छैन, कहीँ पनि जनघनत्व सम्बन्धी प्रश्न सोधिने छैन।"

यद्यपि, त्यस्ता स्थानहरूमा दुवै मात्रको खोप लगाएको भने सुनिश्चित गरिने छ। 

 

"खोपयुक्त अर्थतन्त्र दिगो हुनेछ।" प्रिमियरले भने।

 

राज्यमा पछिल्लो २४ घण्टामा १, ९३५ नयाँ सामुदायिक सङ्क्रमण पुष्टि गरिएको छ भने सङ्क्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन्। 

आजै आफ्नो खोप लगाउने समय सुनिश्चित गर्न यहाँ क्लिक गर्नुहोस्। 

 

न्यु साउथ वेल्स 

 

न्यु साउथ वेल्समा थप २९६ नयाँ स्थानीय सङ्क्रमण दर्ता गरिएको छ भने ४ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। 

 

राज्यमा १६ वर्ष माथिका ८४ प्रतिशत भन्दा बढी मानिसहरूले पूर्ण खोप लगाइसकेका छन्। 

 

राज्य सरकारले प्रतिबन्धहरू हटाउँदै राज्य खुलिरहँदा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले  'न्यु साउथ वेल्सलाई महसुस गर्नुहोस्' नामको एक नयाँ अभियान ल्याएको छ। 

 

आफू नजिकको खोप केन्द्र पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्। 

 

क्वीन्सल्याण्ड 

 

आज पनि क्वीन्सल्याण्डमा शून्य सङ्क्रमण रह्यो।

 

राज्य सरकारले सर्फ लाइफसेभिङ्ग क्वीन्सल्याण्ड सँग मिलेर समुन्द्री तटहरूमा आगामी लङ्ग विकेन्ड लाई मध्यनजर गर्दै अस्थायी पप अप खोप क्लिनिकहरू राख्ने भएको छ। 

 

आफ्नो खोप लगाउने समय निश्चित गर्न यहाँ क्लिक गर्नुहोस्। 

 

पछिल्लो २४ घन्टामा अस्ट्रेलियामा

  • एसीटीमा थप ९ नयाँ संक्रमण पुष्टि गरिएको छ।
  • संघिय सरकारले एक नयाँ खोप अभियान 'स्वतन्त्रता बाडौं' सार्वजनिक गरेको छ। साथै आदिवासी अस्ट्रेलियालीहरूमा खोप लगाउनेहरूको संख्या निकै कम रहेको चिन्ताका बीच सरकारले अर्को आदिवासी समुदाय केन्द्रित अभियान 'हामि सबै' पनि ल्याएको छ।
  • अस्ट्रेलियाभर ८६ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन् तर यो संख्या आदिवासी जनसंख्यामा ६० प्रतिशतमा नै रहेको छ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now