कोभिड-१९ अपडेट: अस्ट्रेलियामा करिब १२,००० मृतक, स्वास्थ्य मन्त्रीको दीर्घकालीन राष्ट्रिय योजना

यो मङ्गलबार २ अगस्टको कोरोनाभाइरस अपडेट हो।

People are seen wearing face mask’s in the CBD of Brisbane, Wednesday, July 20, 2022. Queenslanders are being asked to carry a mask at all times as the state records more than 9600 new COVID-19 cases. (AAP Image/Darren England) NO ARCHIVING

New daily infections have declined in some states over the past few days, showing early signs that the current Omicron is peaking in these jurisdictions. (file) Source: AAP Image/Darren England

मङ्गलबारको तथ्याङ्क अनुसार अस्ट्रेलियामा कोभिड-१९ का कारण कम्तीमा पनि ९५ जनाको ज्यान गएको छ। ती मध्य न्यु साउथ वेल्समा ४७ जना, क्वीन्सल्यान्डमा २२ जना र भिक्टोरियामा १३ जना थिए। 

महामारी सुरु भएदेखि अस्ट्रेलियामा ११,९५९ जनाको मृत्यु भएको छ, र देशको लागि यो निकै गम्भीर अवस्था हो। 

पछिल्ला केही दिनहरूमा केही राज्यहरूमा नयाँ दैनिक सङ्क्रमण घटेको देखिएको छ। ती क्षेत्रहरूमा ओमिक्रन बढेको बुझ्न सकिन्छ। 

तर अस्पताल भर्ना हुने र आइसीयूमा उपचार भइरहेका मानिसहरूको सङ्ख्या भन्ने धेरै नै छ। 

न्यु साउथ वेल्समा ७६ जना कोभिड-१९ का कारण आइसीयूमा छन् - यो अप्रिल महिनादेखिको सबैभन्दा उच्च सङ्ख्या हो। 

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्


वैज्ञानिक मोडलिङको अनुसार क्वीन्सल्यान्डमा अगस्टको अन्त्य तिर ओमिक्रन सङ्क्रमण अत्यधिक सक्ने राज्यकी प्रिमियर एनेस्टेसिया पलाशेले बताइन्। राज्यमा पछिल्ला केही दिनमा अस्पताल भर्ना हुनेहरूको सङ्ख्या कम भइरहेको छ। 

भिक्टोरियाले गत हप्ता सङ्क्रमणको अत्यधिक सङ्ख्या देखेको, तर केही केसहरू गिन्ती नभएको हुन सक्ने राज्यका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

अस्ट्रेलियाले २ अगस्टमा अपरेसन कोभिड शील्ड समाप्त गरेको छ। उक्त योजना खोपमा जनतालाई विश्वास दिलाउन र सकेसम्म धेरै अस्ट्रेलियाहरूले खोप लगाएको सुनिश्चित गर्न गत वर्षको जुन महिनामा सुरु भएको थियो। 

अपरेसन समाप्त भए तापनि हाल सञ्चालनमा रहेका १०,००० भन्दा बढी खोप वितरण केन्द्र, र प्रत्येक हप्ता हप्ता ३० लाख खोप वितरण गर्ने क्षमता भने यथावत् रहने छ। 

सिड्नी मर्निङ्ग हेराल्डको अनुसार खोप कार्यक्रमको लागि अब स्वास्थ्य विभाग जिम्मेवार हुने छ। 

आउँदो बिहीबार प्रधान मन्त्री एन्थनी एल्बनेजीले एक भर्चुअल बैठकको अध्यक्षता गर्ने अपेक्षा गरिएको छ। 

अस्ट्रेलियाले लङ कोभिडको लागि छिटै एक राष्ट्रिय योजना बनाउने स्वास्थ्य मन्त्री मार्क बट्लरले बताएका छन्। सरकारले अहिले विज्ञहरूको सल्लाह लिइरहेको उनले बताए। 

करिब ४% कोभिड-१९ बिरामीहरूलाई लङ कोभिड अर्थात् सङ्क्रमणको लागि समय पछि पनि लक्षणहरू देखिने गरेको मन्त्री बट्लरले बताए। 

सङ्घीय सरकारले वृद्ध अस्ट्रेलियालीहरूको लागि गर्ने सहयोग डिसअबिलिटी सपोर्ट फर ओल्डर अस्ट्रेलियन्स (DSOA)थप्ने घोषणा गरेको छ। उक्त कार्यक्रमले सन् २०२२ को १ जनवरी पछि कोभिड-१९ बाट प्रत्यक्ष रूपमा प्रभावित भएका योग्य मानिसहरूलाई एक-पटक गरिने आर्थिक सहयोग दिन सक्ने बताइएको छ।
ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand