SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: "अस्ट्रेलिया विश्वका सबैभन्दा धेरै खोप लगाएका देशहरू मध्ये एक हो" भन्छन् प्रधानमन्त्री

यो २८ अक्टोबर २०२१, बिहीबारको अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

PM Morrison
Speaking from Parliament House, Canberra, PM Scott Morrison said that Australians will be able to travel overseas from next Monday. Source: AAP

3 min read

Published

Updated

By SBS/ALC Content

Presented by SBS Nepali

Source: SBS



Skip to article content


मुख्य बुँदाहरू:

  • नोभेम्बर ८ देखि कोभिड-१९ विरुद्धका बुस्टर डोजहरू उपलब्ध हुने प्रधान मन्त्री स्कट मोरिसनको घोषणा
  • लकडाउनको अन्त्य नजिकिँदा भिक्टोरियामा अहिलेसम्मको अधिकतम दैनिक मृत्यु दर पुष्टि
  • अनिवार्य खोप लगाउनु पर्ने नियमको सन्दर्भमा क्वीन्सल्यान्डमा करिब १५० प्रहरी अधिकृतहरू निलम्बित

भिक्टोरिया

भिक्टोरियामा पछिल्लो २४ घण्टामा १,९२३ वटा नयाँ कोभिड-१९ सङ्क्रमित पुष्टि हुँदै, २५ जनाको मृत्यु भएको छ।

राज्यमा लकडाउन हट्ने नजिकिने क्रममा रहँदा यो अहिले सम्मको सबै भन्दा धेरै दैनिक मृत्यु दर रहेको छ।

मृतकका परिवारहरू प्रति समवेदना व्यक्ति गर्दै प्रधान मन्त्री स्कट मोरिसनले भने, "यसले हामीलाई यस भयानक महामारीको यथार्थको याद दिलाउँदछ छ"।

कोभिड-१९ विरुद्धको खोप लगाउनबाट छुट चाहनेहरूले अबदेखि अस्ट्रेलियन इम्युनाइजेसन रेजिस्टरको प्रमाण देखाउनु पर्ने भिक्टोरियाली स्वास्थ्य विभागको भनाइ छ।

भिक्टोरिया अस्ट्रेलिया मेलबर्न मार्गचित्र कोरोना कोभिड
Source: SBS Nepali

न्यु साउथ वेल्स

न्यु साउथ वेल्स पछिल्लो २४ घण्टामा २९३ नयाँ सामुदायिक कोभिड-१९ सङ्क्रमण सँगै दुई जनाको मृत्यु भएको छ।

डार्लिङ्गहर्स्टको सिटी जिमसँग सम्बन्धित १५ जना सङ्क्रमित पुष्टि भएका छन्।

अक्टोबर १८ देखि अक्टोबर २३ को बिचका केही निश्चित समयमा, र अक्टोबर २५ मा उक्त जिममा गएका मानिसहरूलाई क्याजुवल कनट्याक्ट ठहर गरी, तुरुन्तै परीक्षण गर्न बताइएको छ।

सङ्क्रमण नभएको परिणाम नआए सम्म उनीहरूलाई सेल्फ-आइसोलेसनमा बस्नु पर्ने हुन्छ।

सङ्क्रमणको जोखिम रहेका ठाउँहरूमा पुगेका मानिसहरूले आउँदो शुक्रबारदेखि सर्भिस एनएसडब्लु एपबाट सूचना आउने ग्राहक सेवा मन्त्री भिक्टर डोमिनेलोले बताए।

क्वीन्सल्यान्ड

क्वीन्सल्यान्डमा अक्टोबर ४ सम्मको म्याद भित्र कोभिड-१९ खोप नलगाएका करिब १५० प्रहरी अधिकृतहरूलाई कामबाट निलम्बन गरिएको छ।

राज्यमा पछिल्लो २४ घण्टामा कुनै नयाँ सङ्क्रमण देखिएका छैनन्।

खोप केन्द्रहरु बारे आधिकारिक जानकारी यहाँ छ। 

कोभिड-१९ बारे अन्य समाचार

  • फाइजर खोपका पहिलो, दोस्रो र बुस्टर मात्राहरू नोभेम्बर ८ देखि अस्ट्रेलियाभरका फार्मेसीहरूमा उपलब्ध हुने छन्।
  • अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा ८ नयाँ कोभिड-१९ मामिला पुष्टि
  • अस्ट्रेलिया भरका तीन-चौथाइ जनसङ्ख्याले कोभिड-१९ खोपका दुवै मात्रा लगाइसकेको प्रधान मन्त्री स्कट मोरिसनको भनाइ

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ। 


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now