SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: पर्यटकहरूको खोप सम्बन्धी योग्यता बारे विभाजनका बिच थप ६८ मृत्यु दर्ता

यो, ९ फेब्रुअरी, बुधवारको सङ्क्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

AAP
Source: AAP

3 min read

Published



Skip to article content

  • न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड, क्यानबेरा र टास्मेनियामा गरेर अस्ट्रेलियाले बुधवार थप ६८ जना कोभिड-१९ सङ्क्रमणका कारण गुमाएको छ।
  • न्यु साउथ वेल्सका अस्पतालहरूमा कोरोनाभाइरस सम्बन्धी बिरामीहरूको सङ्ख्या घट्ने क्रम जारी छ। आज जारी आधिकारिक सूचना अनुसार राज्यमा हाल १,९०६ जना कोभिड-१९ सङ्क्रमित बिरामीहरू अस्पतालहरूमा भर्ती छन्। हिजो यो सङ्ख्या २,०६८ रहेको थियो। यसै गरी राज्यभर मङ्गलवार १३७ कोरोनाभाइरसका बिरामीहरू सघन उपचार कक्षमा रहेकोमा आज सो सङ्ख्यामा केही सुधार हुँदै १३२ रहेको छ।
  • सङ्घीय पर्यटन मन्त्री ड्यान टिहानले भिक्टोरिया सरकारको पर्यटकहरूद्वारा तीन मात्रा खोप लगाउनु पर्ने भनाइसँग असहमति जनाएका छन्।
  • आउँदो २१ तारिखदेखि अस्ट्रेलियाको सीमा खोलिने बताइँदै गर्दा ड्यानिएल एन्ड्रूज नेतृत्वको भिक्टोरियाली राज्य सरकारले पर्यटकहरूद्वारा कोभिड-१९ को तीन मात्रा खोप लगाउनुपर्ने कुरा अघि सारेको थियो। प्रिमियर एन्ड्रूजका अनुसार आफ्ना राज्यवासीहरूले जस्तै पर्यटकहरूले पनि हस्पिट्यालिटी वा प्रमुख कार्यक्रमहरूमा प्रवेशका लागि खोप सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ।
  • तर टिहानले भने राज्य तथा प्रदेशहरूले यस विषयमा एकजुट भएर निर्णय गर्नुपर्ने बताएका छन्।
  • क्वीन्सल्यान्ड प्रिमियर अनास्टेसिया पलासेले आफ्नो राज्यका १६ वर्षमाथिका ९० प्रतिशत मानिसहरूद्वारा कोभिड-१९ खोपको दुवै मात्रा लगाएकोमा खुसी व्यक्त गरेकी छिन्। राज्यले  कोरोनाभाइरसबाट हालसम्मकै सर्वाधिक सङ्ख्या २४ जना गुमाउँदै गर्दा उनको उक्त भनाई आएको हो।

कोभिड-१९ सम्बन्धी थप तथ्याङ्कहरू

  • भिक्टोरियामा हाल ५४२ जना अस्पतालमा भर्ती छन् भने ७१ जनाको आइसियुमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा ९,९०८ राज्यवासी सङ्क्रमित भएको बताइएको छ भने २० भिक्टोरियालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु दर्ता गरिएको छ।
  • क्वीन्सल्यान्डका अस्पतालहरूमा ६८६ जना मानिसहरू कोभिड-१९ का कारण भर्ती छन् भने ती मध्ये ४४ जनाको उपचार सघन रूपमा भइरहेको छ।
  • टास्मेनियामा भने हाल १० जना कोभिड-१९ बिरामीहरू अस्पतालमा भर्ती छन्। राज्यले पछिल्लो गणना अवधिमा ५७४ नयाँ मामिलाहरू दर्ता गरेको छ र दुई राज्यवासीहरूलाई कोरोनाभाइरस सङ्क्रमणका कारण गुमाएको छ।
  • अस्ट्रेलियन क्यापिटल टेरिटरीले पछिल्लो २४ घण्टामा ४७५ जना सङ्क्रमित भएको बताएको छ। प्रदेशको अस्पतालमा हाल ५४ जनाको कोभिड-१९ सम्बन्धी जटिलताहरूका कारण उपचार भइरहेको छ र ती मध्ये एकलाई भेन्टिलेटरमा राखिएको छ।

कोभिड-१९ का पछिल्ला प्रतिबन्धबारे जानकारी तपाईँको भाषामा यहाँ उपलब्ध छ। 


ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



न्यु साउथ वेल्स बहु सांस्कृतिक स्वास्थ्य सञ्चार सेवाले अनुवाद गरेका जानकारीहरू यहाँ उपलब्ध छन्

कोभिड-१९ खोपबारे जानकारी 

अपोइन्टमेन्ट रिमाइन्डर टूल (Appointment Reminder Tool)


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now