SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: अस्ट्रेलियामा १२५ कोभिड मृत्यु दर्ता, मङ्कीपक्सलाई राष्ट्रिय महत्त्व दिइएको घोषणा

यो बिहीबार २८ जुलाईको कोरोनाभाइरस अपडेट हो।

A resident is taken away in an ambulance from a aged care in Melbourne.
A resident is taken away in an ambulance from a aged care in Melbourne. (file) Source: AAP Image/Daniel Pockett

3 min read

Published

Updated



Skip to article content

बिहीबार अस्ट्रेलियामा १२५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।

जसमध्ये भिक्टोरियामा ३७, न्यु साउथ वेल्समा ३४ र क्वीन्सल्याण्डमा २७ जनाको ज्यान  गएको हो। 

साउथ अस्ट्रेलियामा सन् २०२२ को अप्रिल १३ देखि २७ सम्ममा १७ जनाको मृत्यु दर्ता गरिएको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्क लागि यहाँ हेर्नुहोस्

अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी पल केलीले मङ्कीपक्स (एमपीएक्स)लाई राष्ट्रिय महत्त्व पाएको सरुवा रोग भएको घोषणा गर्दै हस्तक्षेप र सार्वजनिक सन्देश आवश्यक भएको बताएका छन्।

अस्ट्रेलियाको यो घोषणा विश्व स्वास्थ्य सङ्गठनले एमपीएक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल अवस्था वा कोभिड-१९ जस्तै महामारीका रूपमा घोषणा गरेपछि आएको हो। 

प्रोफेसर केली भन्छन्  एमपीएक्स कोभिड-१९ भन्दा धेरै कम घातक र कोभिड-१९ जस्तो पनि सर्दैन।

अस्ट्रेलियामा ४४ एमपीएक्स मामिलाहरू देश फर्किएका यात्रुहरूमा पाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस टेड्रोस अधानोम गेब्रेयससका अनुसार ७८ वटा राष्ट्रहरूमा एमपीएक्सका १८ हजार भन्दा बढी मामिलाहरू र पाँच मृत्यु दर्ता गरिएको छ।

उनले ९८ प्रतिशत मामिलाहरू पुरुषले पुरुषसँग यौन सम्पर्क राख्नेहरूमा पाइएको बताए।

यद्यपि एमपीएक्स घरमा मानिसहरूको नजिकको सम्पर्कमा आउँदा जस्तै अङ्कमाल गर्दा, चुम्बन गर्दा र दूषित तौलिया वा ओछ्याउने कुरा प्रयोग गर्दा पनि सर्न सक्छ।

अस्ट्रेलियामा अधिकांश एमपीएक्स मामिलाहरू २१ देखि ४० वर्षका व्यक्तिहरूमा पाइएको छ।

न्यु साउथ वेल्स स्वास्थ्य विभागको पछिल्लो साप्ताहिक रिपोर्टले राज्यहरूमा प्रत्येक १ लाख मानिसमा कोभिड-१९ सङ्क्रमण हुने दरमा वृद्धि भएको देखाएको छ।

सबैभन्दा बढी सङ्क्रमण सङ्ख्यामा वृद्धि ९० वर्ष र सो माथिको उमेर समूहमा देखिएको छ।

न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार उक्त दर बालबालिका र किशोर किशोरीहरूमा सबैभन्दा कम देखिएको छ।  तर विद्यालयहरू फेरी खुल्दै गर्दा यो सङ्ख्यामा पनि वृद्धि भइरहेको छ।

अहिलेको लहरमा सबैभन्दा उच्च सङ्क्रमण र अस्पताल हुने सङ्ख्या अगस्ट महिनाको मध्य वा अन्त्यतिर देखिने अनुमान गरिएको छ।

भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले राज्यले गत वर्ष एकै पटकमा सबैभन्दा धेरै ७०० पारामेडिक्सहरू नियुक्ति गरेको बताएका छन्।

र उनीहरू स्वास्थ्य प्रणाली माथि परेको दबाब कम गर्न यो वर्ष पनि यति नै सङ्ख्यामा नियुक्त गर्ने पथमा रहेको उनको भनाइ छ।

साउथ अस्ट्रेलियाले हालको ओमिक्रन लहर र फ्लु सङ्क्रमणको सामना गर्न पाँचौँ श्वासप्रश्वास सम्बन्धी क्लिनिक एडिलेडको किल्केनीमा खोलेको छ।

अस्ट्रेलिया, जापान र कोरिया पर्ने पश्चिमी प्यासिफिक क्षेत्रमा गत हप्ता कोभिड-१९ मामिलाहरूमा ५२ प्रतिशतको वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो साप्ताहिक रिपोर्टमा उल्लेख गरिएको छ।

विश्वव्यापी रूपमा अमेरिका, जापान, इटाली र फ्रान्समा सबैभन्दा धेरै साप्ताहिक सङ्क्रमण देखिएको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now