SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: अस्ट्रेलिया थप २७ को मृत्यु, फ्लूको खोप लगाउन सबैलाई आग्रह

यो ७ जुन, २०२२ मङ्गलवारको अस्ट्रेलियाली कोभिड-१९ अपडेट हो।

All Australians are being encouraged to vaccinate for influenza
All Australians are being encouraged to vaccinate for influenza Source: Getty Images/Darrian Traynor

2 min read

Published

Updated



Skip to article content

देशभरका राज्य तथा प्रदेशहरूले पछिल्लो २४ घण्टे गणना अवधिभर कूल २९ जनाको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गएको बताएका छन्।

यसरी मृत्यु हुनेमा भिक्टोरियाका १२, न्यु साउथ वेल्सका आठ र साउथ अस्ट्रेलियाका पाँच जना रहेका छन् भने वेस्टर्न अस्ट्रेलियाले भने केही समय अघि भएको दुई जनाको मृत्युलाई पुनर्वगिकृत गर्दै पछिल्लो आँकडामा समावेश गरेको हो।

अघिल्लो २४ घण्टाको तुलनामा अस्ट्रेलियामा कोभिड-१९ का कारण मृत्यु र अस्पतालमा भर्ना हुने सङ्ख्या बढेको छ।

भिक्टोरियामा मङ्गलवार जारी गरिएको तथ्याङ्क अनुसार ९,१८१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सोमवार यो सङ्ख्या ७,५५७ थियो।

त्यसै गरी क्वीन्सल्यान्डमा पनि सोमवार २,५४८ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएकोमा आज ४,२८८ जनामा सङ्क्रमण पुष्टि गरिएको छ।

अस्ट्रेलियाभरको पछिल्लो कोभिड-१९ तथ्याङ्क हेर्न यहाँ थिच्नुहोस्

कार्यवाहक प्रमुख चिकित्सा अधिकारी डा सोन्या बेनेटले इन्फ्लूएन्जाको खोप लगाउन सामर्थ्य सबै अस्ट्रेलियालीहरूलाई सो कार्य गर्न आग्रह गरेकी छिन्।

नेश्नल इम्युनाइजेसन प्रोग्राम भनिने राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अस्ट्रेलिया सरकारले फ्लूबाट उच्च जोखिममा रहेका मानिसहरूलाई नि:शुल्क खोप उपलब्ध गराउँछ जसमा आदिवासी समुदायका मानिसहरूका साथै स-साना बालबालिका, गर्भवती महिला र ६५ वर्षभन्दा माथिका सबै जना पर्दछन्।

अस्ट्रेलियन क्यापिटल टेरिटरीले हिजोबाट कन्सेसन कार्ड हुने सबैका लागि आफ्नो एक्सेस एन्ड सेनसरी भ्याक्सिनेसन क्लिनिकबाट नि:शुल्क फ्लू खोप दिने व्यवस्था गरेको छ। सो कार्ड हुने र तिनका बालबालिकाका लागि ०२ ५१२४ ३९९९ मा सोमवारदेखि शुक्रवारसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मको समयमा फोन गरेर खोपका लागि समय लिन सकिने छ।

आगामी ८ जुनदेखि चाहिँ ५ वर्षभन्दा माथिका क्यानबेरावासीले खोप आफू नजिकैका फार्मेसी वा औषधी पसलहरूबाट पाउन सक्नेछन्।हाल १० वर्ष माथिकालाई मात्र फार्मेसिस्टहरूले खोप दिन सक्ने व्यवस्था एसीटीमा कायम छ।

जुन महिनाभर ६ महिनाभन्दा माथिका बासिन्दाहरूले न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलियामा साउथ अस्ट्रेलिया र टास्मेनियामा नि:शुल्क खोप लगाउन सक्नेछन्।

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now