- अस्ट्रेलियामा बिहीबार कोरोनाभाइरसका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ।
न्यु साउथ वेल्समा १६ जना, भिक्टोरियामा चार, क्वीन्सल्याण्डमा सात र साउथ अस्ट्रेलियामा तीन जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। - वेस्टर्न अस्ट्रेलियामा पनि तीन जनाको मृत्यु दर्ता भएको छ, यद्यपि पहिले नै मृत्यु भएकाहरूको आज गणना भएको हो।
- क्वीन्सल्याण्ड बाहेक अधिकांश राज्यमा सङ्क्रमित सङ्ख्या स्थिर रहेको छ, क्वीन्सल्याण्डमा बुधवार ८,५३४ केस रहेकोमा बिहीबार यो सङ्ख्या बढेर १०,९८४ पुगेको छ। क्वीन्सल्याण्डका प्रमुख चिकित्सा अधिकारी पल केलिले दैनिक कोभिड–१९ मृत्युदर घोषणा गर्नु आवश्यक नभएको बताएका छन्।
- कोभिड–१९ का टास्कफोर्स कमान्डर लेफ्टिनेन्ट जनरल जोन फ्रिवेनले सिनेटको सुनुवाइका क्रममा ४० वर्ष मुनिका मानिस बुस्टर डोज लगाउन पछि परेको बताएका छन्। उनले मानिसहरू ओमिक्रनसँग पहिलेका भेरीएन्ट जस्तो नडराएको पनि बताए।
- क्वीन्सल्याण्ड विश्वविद्यालयको सहयोगमा, अस्ट्रेलियन स्टक एक्सचेन्जमा सुचीबद्ध रेस एपले खोकीको आवाजले कोभिड–१९ पत्ता लगाउने स्मार्टफोन एपको विकास गर्न लागेको छ।
- कम्पनीका अनुसार क्लिनिकल परीक्षण अन्तर्गत अमेरिका र भारतमा ७४१ जना सङ्क्रमितमा गरिएको परीक्षणका क्रममा ९२ प्रतिशत मानिसहरूमा कोभिड–१९ पहिचान गरेको बताइएको छ– 'रयापिड एन्टिजेन परीक्षणले वास्तविक मापन गर्ने भन्दा बढी।' कम्पनीले भनेको छ।
- कम्पनीले अस्ट्रेलियन स्वास्थ्य अधिकारीहरूसँग छलफल अगाडी बढाउने पनि बताएको छ।
- भिक्टोरियाले १२ अप्रिल मङ्गलवार ११ः५९ देखि तीन महीनाकालागि महामारी घोषणालाई विस्तार गरेको छ।
- त्यहाँका बासिन्दालाई जोखिम रहेको भन्दै संक्रमणदर र अस्पताल भर्ना हुने सङ्ख्या कम गर्न सार्वजनिक स्वास्थ्य र सुरक्षात्मक उपायहरू जरुरी रहेको राज्य सरकारले विश्वास गरेको छ।
- यस अघि राज्यका धेरै मानिसहरूले सरकारलाई थप शक्ति मिल्ने भन्दै यसको विरोध गरेका थिए।
- बुधवार साउथ अस्ट्रेलियामा ५,७८४ नयाँ केस दर्ता भएका थिए जुन जुन अहिलेसम्मकै धेरै हो, यसअघि जनवरी १४ मा ५,६७९ केसको रेकर्ड बनेको थियो। यद्यपि यसअघि अनुमान गरिएको जस्तो दैनिक ८,००० नपुग्नेमा अधिकारीहरू ढुक्क छन्।
- राज्य सरकारले खोप केन्द्रहरूको सञ्चालन समय बढाएर, “खोपको दर बढाउने र अस्पतालमा मानिसहरू जाने क्रम रोक्ने कोसिस गरेको छ”
- बुधवार चीनमा एकै दिन दैनिक २०,००० भन्दा बढी नयाँ केस दर्ता भएका छन्।
७ अप्रिलका लागि अस्ट्रेलियाली कोभिड–१९ तथ्याङ्क
न्यु साउथ वेल्समा २२,२५५ नयाँ केस दर्ता, १,४३७ जना अस्पतालमा, ४८ जना आइसियुमा, १६ जनाको मृत्यु।
भिक्टोरियामा १२,३१४ नयाँ केस दर्ता, २८३ जना अस्पतालमा, १२ जना आइसियुमा र चार जनाको मृत्यु।
क्वीन्सल्याण्डमा १०,९८४ नयाँ केस, ४४४ जना अस्पतालमा, १७ जना आइसियुमा र सात जनाको मृत्यु।
वेस्टर्न अस्ट्रेलियामा ७,९९८ नयाँ केस दर्ता, २५६ जना अस्पतालमा, आठ जना आइसियुमा।
एसीटीमा १,०९४ नयाँ केस दर्ता, ४९ जना अस्पतालमा, तीन जना आइसियुमा।
टास्मेनियामा २,३६५ नयाँ केस, ४३ जना अस्पतालमा, एक जना आइसियुमा।
नर्दर्न टेरिटरीमा ५१३ नयाँ केस, २४ जना अस्पतालमा, एक जना आइसियुमा।
साउथ अस्ट्रेलियामा ६,०९१ नयाँ केस, २१० जना अस्पतालमा, १२ जना आइसियु तीन जनाको मृत्यु।
ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम
- भिक्टोरिया
- न्यु साउथ वेल्स
- क्वीन्सल्याण्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- नर्दर्न टेरिटरी
- अस्ट्रेलियन क्यापिटल टेरिटरी
विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्।
- ६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus
- तपाईँको राज्य या टेरिटरीका सम्बन्धित निर्देशनहरू: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दन टेरिटरी, अस्ट्रेलियन क्यापिटल टेरिटरी, टास्मेनिया।
- कोभिड-१९ खोपको बारेमा तपाईँको भाषामा जानकारी यहाँ उपलब्ध छ।