कोभिड-१९ अपडेट: अस्ट्रेलियामा ४८ जनाको मृत्यु, सङ्क्रमणमा वृद्धि

यो बुधबार मे २४ तारिखको कोरोनाभाइरस अपडेट हो।

People walk along Bourke Street Mall in Melbourne, Sunday, March 20, 2022. (AAP Image/Diego Fedele) NO ARCHIVING

People walk along Bourke Street Mall in Melbourne, Sunday, March 20, 2022. (AAP Image/Diego Fedele) NO ARCHIVING Source: AAP Image/Diego Fedele

मङ्गलबार अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमणका कारण ४८ जनाको मृत्यु भएको छ, जस मध्य १८ जना क्वीन्सल्यान्डबाट, १६ जना भिक्टोरियाबाट र १४ जना न्यु साउथ वेल्सबाट थिए। 

सप्ताहान्त र सोमबार ओरालो लागेको सङ्क्रमण सङ्ख्या मङ्गलबार सम्म फेरी बढेको छ। 

क्वीन्सल्यान्डमा सोमबार ३,५३४ नयाँ सङ्क्रमित पुष्टि भएका थिए भने मङ्गलबार ५,११८ जना पुष्टि भएका छन्। त्यस्तै, यो सङ्ख्या वेस्टर्न अस्ट्रेलियामा १०,०१३ बाट १२,११४ मा पुगेको देखियो। उक्त राज्यमा ६ जनाको ज्यान गएको छ। 

साउथ अस्ट्रेलियाले सन् २०२२ को मार्च २१ र २२ तारिख बीच १४ जनाको ज्यान गएको बताएको छ। 

कोभिड-१९ का पछिल्ला सङ्क्रमण, अस्पताल भर्ना तथा मृतक सङ्ख्या बारे जानकारी यहाँ उपलब्ध छ। 

थप जानकारी केही बेरमा।

साउथ अस्ट्रेलियाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई कोभिड-१९ सङ्क्रमण भएको र्‍यापिड एन्टिजेन परीक्षण (र्‍याट)बाट पता लागे, २४ घण्टा भित्र रिपोर्ट गर्न आग्रह गरेको छ। र्‍याटमा नेगेटिभ देखिए तापनि कोभिड-१९ का लक्षण भएका बालबालिकाको पीसीआर गर्न राज्य सरकारले बताएको थियो। 

न्यु साउथ वेल्सका अस्पतालहरू हाल निकै दबाबमा रहेको राज्यका स्वास्थ्य मन्त्री ब्राड हजार्डले बताए। उच्च कोभिड-१९ सङ्क्रमण, फ्लुका बिरामीहरू र कर्मचारीले बिरामी बिदा (भुक्तानी नगरिने बिदा) लिएका हुनाले यस्तो अवस्था आएको उनको भनाइ छ। 

मन्त्री हजार्डले न्यु साउथ वेल्सका बासिन्दाहरूलाई थप ढिलाइ नगरी फ्लु विरुद्धको खोप लगाउन आग्रह गरेका छन्। 

क्वीन्सल्यान्डले बुधबारदेखि ६ महिनाभन्दा बढी उमेरका सबै बासिन्दाहरूलाई नि:शुल्क फ्लुको खोप प्रदान गरेको छ। बासिन्दाहरूले उक्त खोप आफ्नो जीपीकोमा गएर जुन ३० तारिखसम्म पाउन सक्छन्। 

निम्न लिखित सपिङ सेन्टरहरू मे २९ तारिखसम्म कोभिड-१९ खोपको बारेमा जानकारी दिने कियोस्कहरू उपलब्ध हुने छन्:

न्यु साउथ वेल्स 

Tweed Heads - Tweed City Shopping Centre

Bankstown - Roselands Shopping Centre

क्वीन्सल्यान्ड 

Loganholme - Logan Hyperdome

Beenleigh - Beenleigh Marketplace

Southport - Australia Fair Shopping Centre

भिक्टोरिया 

Cardinia - Pakenham Central

 

साउथ अस्ट्रेलिया 

Salisbury Downs - Hollywood Plaza

Adelaide - Munno Para Shopping Centre

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now