कोभिड–१९ अपडेट: अस्ट्रेलियाभर सङ्क्रमणका कारण ५६ जनाको मृत्यु र ओमिक्रन लहर “उचाइ”मा पुग्दै गरेको स्वास्थ्य मन्त्रीको भनाई

यो सोमबार २४ जनवरीको कोरोनाभाइरस अपडेट हो।

Australian Health Minister Greg Hunt speaks via video link to the media during a press conference at Parliament House in Canberra

Australian Health Minister Greg Hunt speaks via video link to the media during a press conference at Parliament House in Canberra. Source: AAP


  • सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले मुख्य हटस्पटहरूमा ओमिक्रन "उचाइमा पुगेको" बताएका छन्। आज देशभर सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको छ।
  • आज देखि लागु हुने गरी भेटरन, कम आय भएका र पेन्सनरहरु सहित करिब ६० लाख मानिसले तिन महिनाको अवधिमा १० वटा द्रुत गतिको कोभिड–१९ परीक्षण किट निःशुल्क प्राप्त गर्नेछन्।
  • बजारमा परीक्षण किट अभाव देखिदा सङ्घीय सरकारले र्‍याट किटका बारेमा प्रश्नको सामना गर्नु परिराखेको छ, स्वास्थ्य मन्त्रीका अनुसार अहिले र जुलाइको अन्त्यका बिच १ करोड ६० लाख र्‍याट टेस्ट किट अस्ट्रेलिया भित्रने अपेक्षा गरिएको छ।
  • नोभाभ्याक्स खोपले अस्ट्रेलियामा वयस्कहरूका लागि प्रयोगका लागि अनुमति प्राप्त गरेको छ। फेब्रुअरी २१ तारिखबाट यसलाई लगाउन सुरु गरिने भएको छ। तिन हप्ताको फरक गरी खोपका दुई डोज दिन सकिने बताइएको छ।
  • सङ्क्रमणका कारण न्यु साउथ वेल्सका अस्पतालमा भर्ना हुनेको सङ्ख्यामा उच्च वृद्धि देखिएको छ। हाल राज्यका अस्पतालमा २,८१६ जना मानिसहरू भर्ना भएका छन्।
  • भिक्टोरियाका अस्पतालमा उपचार गराउनेको सङ्ख्या झरेर ९९८ पुगेको छ आइतबार यो सङ्ख्या १,००२ थियो।
  • क्वीन्सल्याण्डमा भने उपचार गराउनेको सङ्ख्या यथावतै अर्थात् ८६३ रहेको छ।
  • क्वीन्सल्याण्डले यसै हप्ता बिद्यालयका बारेमा आफ्नो योजना सार्वजनिक गर्ने भएको छ, आज देखि लागु हुने गरी राज्यका बासिन्दाले दोस्रो खोप लगाएको तिन महिना पछि तेस्रो बुस्टर डोज लगाउन सक्नेछन्।

ऱ्यापिड एन्टीेजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

कोभिड-१९ सङ्क्रमणका पछिल्ला तथ्याङ्कहरू:

न्यु साउथ वेल्समा २,८१६ जना सङ्क्रमणका कारण अस्पतालमा भर्ना, १९६ जना सघन उपचार कक्षमा, आज २४ जनाको मृत्यु र १५,०९१ जनामा सङ्क्रमण पुष्टि।

भिक्टोरियामा सङ्क्रमणका कारण ९९८ जना अस्पतालमा भर्ना, १७ जनाको मृत्यु र आज ११,६९५ जनामा सङ्क्रमण पुष्टि।

क्वीन्सल्याण्डमा ८७८ जना अस्पताल भर्ना, ५० जना सघन उपचार कक्षमा, १३ जनाको मृत्यु र आज १०,२१२ जनामा सङ्क्रमण पुष्टि।

टास्मेनियामा ४१ जना अस्पतालमा, एक जनाको मृत्यु र आज ६१९ नयाँ केस दर्ता।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Share

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now