SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: अस्ट्रेलियामा आज ५३,००० नयाँ केस सङ्ख्या र ९० जनाको मृत्यु

यो बुधवार २० जुलाईको कोरोनाभाइरस अपडेट हो।

Actualización COVID-19: Australia registra más de 53,000 casos positivos por día  y 90 muertes
Source: AAP Image/Joel Carrett

3 min read

Published

Updated



Skip to article content

बुधवार अस्ट्रेलियामा ९० जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गएको छ।

मृत्यु हुनेमा भिक्टोरियाका २८ जना छन् भने साउथ अस्ट्रेलियाबाट २० जना, न्यु साउथ वेल्सका २० र क्वीन्सल्याण्डका १५ जना बासिन्दा परेका छन्।

यसै गरी विभिन्न राज्यहरूमा गरी आज ५०,००० भन्दा बढी सङ्क्रमण देखिएको छ।

न्यु साउथ वेल्स एक्लैमा १५,३५२ केस फेला परेको छ भने भिक्टोरीयामा १२,९८४ र क्वीन्सल्याण्डमा ९,६५० जनामा सङ्क्रमण फेला परेको छ।

अस्ट्रेलियाभरका राज्य तथा प्रदेशहरूका कोरोनाभाइरस सम्बन्धी पछिल्लो तथ्याङ्कका लागि यहाँ हेर्नुहोस्

प्रधानमन्त्री एन्थोनि एल्बनिजीले बढ्दो केस सङ्ख्याकाबीच लकडाउन र प्रतिबन्धहरूको सम्भावनालाई भने खारेज गरिदिएका छन्।

गत हप्ताको राष्ट्रिय मन्त्रीपरिषद् बैठकमा लकडाउनको प्रस्ताव कुनै पनि राज्यबाट नआएको उनले बताए।

आफ्ना कर्मचारीहरूले फेस मास्क लगाउने र घरबाटै काम गराउने बारेमा रोजगारदाताले नै निर्णय गर्नुपर्ने पनि उनले बताए।

मेलर्वनमा मिडियासँग कुरा गदै प्रधानमन्त्रीले मुख्य स्वास्थ्य अधिकारीले फेस मास्कको अनिवार्यता बारेमा सुझाव नदिएको पनि बताएका छन्।

यद्यपि मुख्य स्वास्थ्य अधिकारीले अस्ट्रेलियामा केस सङ्ख्या, आउँदा महिनामा निरन्तर उकालो लाग्दै भन्दै भवन भित्र मास्क लगाउन भने विज्ञप्ति मार्फत अनुरोध गरेका थिए।

कोभिड–१९ का कारण मानिसहरूको मृत्यु सङ्ख्यामा बढोत्तरी हुने र खोपको पूर्ण डोज नलगाएका, गम्भीर रोग लाग्ने खतरा रहेका र ८० वर्ष माथिका मानिसहरू प्रभावित बन्ने पनि उनले बताएका छन्।

उनले रोजगारदातालाई कर्मचारीहरूलाई घरबाटै काम गर्न दिन पनि अनुरोध गरे।

कोभिड–१९ विरुद्धको चौथो खोप लगाउने मानिसहरूको सङ्ख्या निरन्तर बढी रहेको छ।

खोपको दायरा बढाय पछी एक हफ्ताको अवधिमा ५६०,००० मानिसहरूले खोप लगाएको बताइएको छ।

यता बेलायतमा भएको अध्ययनले गम्भीर कोभिड–१९ का कारण मुटु सम्बन्धी रोगमा ६ गुणा वृद्धि भएको र डाइबेटिजमा ८१ प्रतिशत वृद्धि देखिएको पत्ता लगाएको छ।

जामा नेटवर्कमा प्रकाशित अर्को एक रिर्पोटमा कोभिड–१९ बुस्टर डोज र इन्फ्लुएन्जा सम्बन्धी खोप एकै पटक लगाउँदा प्रतिकुल प्रतिक्रियाको सम्भावना ज्यादा रहने पनि देखिएको छ। तर ती प्रतिक्रिया हल्का वा मध्यम खालको मात्र हुने बताइएको छ।

अस्ट्रेलियाको खोप सम्बन्धी निकायले ३० वर्ष माथिका गर्भवती महिलालाई खोपको चौथो डोज सिफारिस नगर्ने बताएको छ।

त्यस्ता महिलाहरूलाई डाक्टरसँग खोपको आवश्यकता, फाइदा र चुनौतीका बारेमा छलफल गर्न अनुरोध गरेको छ।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्



कोभिड-१९ खोपबारे जानकारी


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now